Ntc summer Offer
Khabar Dabali ३ पुष २०८१ बुधबार | 18th December, 2024 Wed
Investment bank

सहकारी ठगीको आरोपमा पक्राउ परेका छविलालकाे बयान रूपन्देहीमा, सोधियो ५७ प्रश्न

खबरडबली संवाददाता

लुम्बिनी । सहकारी ठगीको आरोपमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीसँग मंगलबार जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीमा बयान लिइएको छ । सरकारी वकिल कार्यालय रूपन्देहीले मंगलबार बिहान ११ बजेदेखि साँझ साढे ६ बजेसम्म मुद्दाका विभिन्न ५७ सवालमा बयान लिएको हो ।

रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमार्फत भएको अपचलनमा जोशी पनि संलग्न रहेको भन्दै प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय, रुपन्देहीका जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलको रोहवरमा बयान गरिएको हो । पौडेलका अनुसार जोशीसँग सहकारीका विषयमा लिनुपर्ने बयान लिइसकिएको छ । बयानमा छविलालले पूर्वगृहमन्त्री रवि लामिछानेका बारेमा समेत केही विषयहरू बोलेको बताइएको छ । ‘हाम्रो अनुसन्धानका लागि आवश्यक बयान सकिएको छ, अब प्रहरीले अनुसन्धान गर्नेछ,’ उनले भने ।

इलाका प्रहरी कार्यालय, बुटवलका प्रमुख डीएसपी विजयराज पण्डित, अनुसन्धान अधिकृतहरू यमलाल बन्जाडेसहितका प्रहरीहरूले जोशीको बयान लिएका छन् । जोशीलाई ६ असोजमा जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको थियो । सुप्रिम सहकारीबाट समेत जोशीको नाममा २ करोड ५० लाख ऋण लिएको देखिएको छ । जोशीलाई सोमबार बयानका लागि रुपन्देही ल्याइएको हो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मुम्बईमा यात्रुले भरिएको डुङ्गा समुद्रमा पल्टिँदा दुई जनाको मृत्यु

मुम्बई । मुम्बईको समुद्री तट नजिक बुधबार एउटा डुङ्गा पल्टिँदा दुई जनाको मृत्यु भएको छ । बीबीसी मराठीका अनुसार स्थानीय समयअनुसार साँझ ५ः१५ बजे नीलकमल न...

बाँकेमा लागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ

बाँके । प्रहरीले बाँकेमा गत मङ्सिरमा मात्रै लागुऔषध ओसारपसारविरुद्धको कारबाहीमा ठूलो परिमाणमा ब्राउनसुगर बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेल...

स्वास्थ्य विज्ञान प्रतिष्ठान मधेसमा एमबिबीएस अध्यापन सुरु

जनकपुरधाम । मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान जनकपुरधाममा चिकित्सा शास्त्र अध्ययनअन्तर्गत स्नातक तह (एमबिबीएस) को अध्यापन सुरु भएको छ । सङ्घीय सरकारबा...

पाेखरामा आगामी पुस १३ देखि सडक महोत्सव हुने

काठमाडौं । आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पर्यटनको राजधानी पोखरामा यही पुस १३ देखि १७ गतेसम्म २६ औँ पोखरा सडक महोत्सव हुने भएको छ ...

किन प्रधानमन्त्री ओलीले राज्य व्यवस्था समितिका सत्तारूढ दलका सांसदलाई भाेलि बालुवाटार बाेलाए ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरूलाई आफुलाई भेट्न भोलि बिहान १० बजे आफ्नो सरकारी निवास बालुव...

कोरियाको सिप, श्रम र सम्पत्ति नेपालमा सदुपयोग गर्न मन्त्री भण्डारीको आग्रह

काठमाडाैं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दक्षिण कोरियामा रहेका गैरआवासीय नेपालीलाई त्यहाँ सिकेको सिप, गरिरहेको श्रम र आर्जन गरे...

नेपालले जित्यो हङकङविरुद्धको सिरिज

काठमाडौं । नेपाली यु–१९ टोलीले एक खेल अगाबै हङकङविरुद्ध एकदिवसीय अभ्यास सिरिज जितेको छ । मुलपानी क्रिकेट मैदानमा बुधबार भएको दोस्रो खेलमा नेपालले हङकङ...

नारीवादी परराष्ट्र नीतिमा परराष्ट्रमन्त्री राणाकाे जोड

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले समानता र सबै अल्पसङ्ख्यक समूहको अधिकारको सुनिश्चितताका लागि नारीवादी परराष्ट्र नीतिमा जोड दिएकी छन् ।...

निजामती कर्मचारीलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्ने गरी ऐन बनाउन सांसदहरुकाे सुझाव

काठमाडौं । प्रतिनिधिसभाका सदस्यले निजामती कर्मचारीलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्ने गरी ऐन बनाउनुपर्ने माग गरेका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्...

माओजाम्बिकमा चक्रवातबाट मृत्यु हुनेको सङ्ख्या ४५ पुग्यो

मापुटो । मोजाम्बिकमा चक्रवात चिडोबाट मृत्यु हुनेको सङ्ख्या ११ ले बढेर ४५ पुगेको राष्ट्रिय जोखिम तथा विपद व्यवस्थापन संस्थानले बुधबार घोषणा गरेको छ । म...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy