Ntc summer Offer
Khabar Dabali ९ कार्तिक २०८१ शुक्रबार | 25th October, 2024 Fri
Investment bank

बाढीपहिरोले काभ्रेमा सञ्चालित एक सय खानेपानी आयोजनाको एक अर्ब बराबरको क्षति

खबरडबली संवाददाता

काभ्रेपलाञ्चोक । गत असोज दोस्रो साताको बाढीपहिरोले काभ्रेमा सञ्चालित एक सय खानेपानीका आयोजनामा क्षति पुगेको छ । हालसम्म प्राप्त क्षतिको विवरणअनुसार जिल्लामा मात्र एक अर्ब रुपियाँको क्षति पुगेको खानेपानी तथा सरसफाइ ३ नं डिभिजन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । 

कार्यालयका अनुसार बाढीपहिरोले एक सयभन्दा बढी निर्माणाधीनलगायत खानेपानी आयोजनामा क्षति पुगेको हो । जिल्लामा सञ्चालनमा रहेका दुई र निर्माणाधीन अवस्थाका सात योजनामा क्षति पुगेको जनाइएको छ । कार्यालयका निमित्त प्रमुख इन्जिनियर दिलीप कुमारका अनुसार बाढीपहिरोले लिफ्ट तथा ग्राभिटी खानेपानी आयोजनामा क्षति पुगेको छ । “बाढीपहिरोका कारण क्षति पुगेका खानेपानी आयोजनाको तथ्याङ्क आउने क्रम जारी छ, काभ्रेमा एक सयभन्दा बढी आयोजनामा क्षति पुगेको अनुमान गरेका छौँ”, उनले भने । उनका अनुसार सबै स्थानीय तहलाई खानेपानी आयोजनामा पुगेको क्षतिको विवरण पठाउन टेलिफोन तथा पत्रको माध्यमबाट अनुरोध गरिएको छ । 

कार्यालयले काभ्रेको भुम्लु बृहत् खानेपानी, कटुन्जे लिफ्टिङ, सीताघारी खानेपानी, रोशी औद्योगिक ग्राम र कालढुङ्गा बजार व्यवस्थित खानेपानी आयोजना, भूमिडाँडा बृहत् खानेपानी आयोजना, भदौरेछाप–फेट्टार–मुकुटार–सिहाले, बकुलछार–फलाङ्गे बृहत् खानेपानी, इन्द्रावती कोलाचौर लिफ्ट खानेपानी, भुम्लु सापिङ खानेपानीलगायतका योजनाको क्षतिको विवरण प्राप्त भएको जनाएको छ । 

सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना भक्तपुरका आयोजना प्रमुख इन्जिनियर राजेन्द्रप्रसाद श्रेष्ठले बाढीपहिरोबाट काभ्रेको सञ्चालनमा रहेको तिमाल बृहत् (सुक्खा क्षेत्र) खानेपानी तथा सरसफाइ आयोजनामा क्षति पुग्दा आठ हजार तीन सय ७३ घरपरिवार र चौँरीखोला–ढोकेडाँडा खानेपानी आयोजनामा क्षति हुँदा एक हजार नौ सय तीन घरपरिवार खानेपानीको सुविधाबाट वञ्चित भएको जानकारी दिए । उनका अनुसार बाढीपहिरोबाट जिल्लामा निर्माणाधीन भकुन्डेबेँसी–खनालथोक–खाक्सी–दाप्चा क्षेत्र बृहत् खानेपानी, काशीखण्ड बृहत् खानेपानी, नमोबुद्ध बृहत् खानेपानी, पनौती बसपार्क गुणस्तर खानेपानी, सुनकोशी कोशीदेखा खानेपानी गुणस्तर सुधार आयोजना, साँगा बृहत् खानेपानी आयोजना र पाँचखाल भमरकोट लिफ्ट खानेपानी आयोजनामा क्षति पुगेको छ । 

यसैगरी, बाढीपहिरोबाट खानेपानी आयोजनाको पाइपलाइन, सम्पवेल, विद्युत् ट्रान्सफर्मर, पाइपलाइन, पानी सङ्कलन ट्याङ्कीलगायतमा क्षति भएको बिवरण प्राप्त भएको कार्यालयले जनाएको छ । बाढीपहिरोका कारण सञ्चालनमा रहेको धुलिखेल खानेपानी, निर्माणाधीन पाँचखाल बृहत् खानेपानी आयोजना तथा सञ्चालनको अन्तिम तयारीमा पुगेको काभ्रे उपत्यका (तीन नगर समेटिएको)एकीकृत खानेपानी आयोजनामा ठूलो क्षति पुगेको छ । उक्त एकीकृत खानेपानीको मात्रै १० करोड रुपियाँभन्दा धेरैको क्षति भएको अनुमान गरिएको छ । 

पाँचखाल बृहत् खानेपानी आयोजनाका आयोजना प्रमुख इन्द्रमानसिं बस्नेतका अनुसार बाढीपहिरोबाट सुनकोशी नदीमा रहेको इन्टेकमा लेदो जमेको, करिब दुई किलोमिटर खानेपानीको पाइपलाइन, १२ वटा बिजुली पोल, खानेपानीको करिब दुई किलोमिटर हाइटेन्सन तार, खानेपानीको ट्याङ्की, इन्टेकको कम्पाउन्ड पर्खाल, तारबार र ग्याबिन पर्खालमा क्षति पुगेको छ । उनले उक्त निर्माणाधीन खानेपानी आयोजनाको मर्मत एवम् बाँकी काम सम्पन्न गर्न छ महिनाभन्दा बढी समय लाग्ने बताए । 

यसैबिच, काभ्रे सदरमुकाम धुलिखेलमा खानेपानीको समस्या हुन थालेको छ । बाढीपहिरोले धुलिखेलमा सञ्चालित खानेपानीको मुहानमा क्षति पुर्‍याउँदा स्थानीय बासिन्दालगायत काठमाडौँ विश्वविद्यालय, धुलिखेल अस्पताल, ७५ भन्दा धेरै होटल तथा रेस्टुरेन्ट, करिब चार दर्जन सरकारी कार्यालय, नेपाली सेना, नेपाल प्रहरीको ब्यारेक तथा प्रदेश एवम् क्षेत्रीयस्तरका सुरक्षाका कार्यालयका खानेपानीको अभाव हुन थालेको बताइएको छ । धुलिखेल खानेपानी आयोजनाको करिब चार किलोमिटर क्षेत्रमा पाइप बगाउनाका साथै पानी ट्याङ्की र इन्टेकहरुमा समेत क्षति पुगेको उपभोक्ता समितिले जनाएको छ । समितिका अनुसार आयोजनामा दुई करोड चार लाख रुपियाँको क्षति भएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

परराष्ट्रको पत्रअनुसार नै एकताको महाधिवेशन हुनुपर्छ:उपेन्द्र महतो

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष उपेन्द्र महतोले संघको एकताबद्धता र भविष्यका लागि परराष्ट्र मन्त्रालयको निर्देशन अनुसार ए...

जलवायु न्यायका लागि संवेदनशील बन्न उपप्रधानमन्त्री पौडेलको विश्व समुदायलाई आग्रह

काठमाडौं । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जलवायु वित्तका क्षेत्रमा सहायता परिचालन गर्न स्थापित विश्वव्यापी वित्तीय कोषहरुको  पर...

स्वास्थ्यमा महसुस हुने गरी सुधार हुँदैछ, बीमा ५ लाख पुग्छ: स्वास्थ्यमन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सय दिनभित्र आम नागरिकको स्वास्थ्यमा सकारात्मक असर दिने गरी सक्नेसम्मको सुधार भएको र बाँकी सुध...

सिटामोलको नियमित उत्पादन

काठमाडौं । नेपाल औषधी लिमिटेडले सिटामोलको नियमित उत्पादन भइरहेको स्पष्ट पारेको छ । लिमिटेडले बिहीबार विज्ञप्ति निकाल्दै सिटामोलको नियमित उत्पादन भइरहे...

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको एक सय दिनमा ५५ उपलब्धि

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले मन्त्रालय सम्हालेको एक सय दिनमा ५५ वटा उपलब्धि हासिल भएको विवरण सार्वजनिक गरेका छन् । ...

बिमा प्राधिकरणबाट प्रधानमन्त्री दैवी प्रकोप कोषमा एक करोड सहयोग

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि नेपाल बिमा प्राधिकरणले बिहीबार एक करोड हस्तान्तरण गरेको छ ।  ...

सूचनाको हकको लागि राष्ट्रिय महासंघ मधेश प्रदेशको अधिवेशन सम्पन्न

महोत्तरी । सूचनाको हकको लागि राष्ट्रिय माहासंघ मधेश प्रदेशले अजय साहको नेतृत्वमा १५ जनाको कार्यसमिती निर्वाचित गरेको छ ।  आज जनकपुरमा भएको माहासंघक...

नेपाल समूह बिजेता हुँदै साफको सेमिफाइनलमा

काठमाडौं । नेपाल समूह विजेता हुँदै काठमाडौंमा जारी साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ ।  समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई ६-...

मोटरसाइकल चोरी गर्ने एक पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका २ बाट विहिबार मोटरसाइकल चोरीमा संलग्न एक जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।  नियन्त्रणमा आउन...

रवि लामिछानेविरुद्ध रुपन्देहीबाट पनि पक्राउ पुर्जी जारी

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई जिल्ला अदालत रुपन्देहीले पक्राउ गर्न अनुमति दिएको छ ।  जिल्ला अदालतका न्याया...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy