Ntc summer Offer
Khabar Dabali ८ कार्तिक २०८१ बिहीबार | 24th October, 2024 Thu
Investment bank

राष्ट्रसङ्घ समर्थित सैन्य मिसनको बावजुद हाइटीमा हिंसा अझै तीव्र: राष्ट्रसङ्घ

खबरडबली संवाददाता

एजेन्सी । संघर्षरत क्यारिबियन देशको प्रहरीलाई समर्थन गर्न बहुराष्ट्रिय सैन्य बल तैनाथ गरिएको भएतापनि हाइटीमा गिरोह हिंसा बढिरहेको संयुक्त राष्ट्रसङ्घका एक शीर्ष अधिकारीले मङ्गलबार बताएका छन् । 

हाइटीका लागि संयुक्त राष्ट्रसङ्घका महासचिवका विशेष प्रतिनिधि मारिया इसाबेल साल्भाडोरले सुरक्षा परिषद्मा भने, “हाइटीको सुरक्षा अवस्था अत्यन्त नाजुक छ, हिंसा तीव्र रुपमा फैलिरहेका छन् ।” मध्य सहर पोर्ट सोन्डेमा भएको गिरोहको आक्रमणमा ११५ जना सर्वसाधारण मारिएको र दर्जनौँ घाइते भएको केही हप्तापछि उनको यस्तो अभिव्यक्ती आएको हो । 

साल्भाडोरले उक्त भयानक र क्रूर घटनालाई उद्धृत गर्दै राजधानी पोर्ट–आउ–प्रिन्समा भएको अन्य आक्रमणको श्रृङ्खला साथै महिला र युवती विरुद्ध बढ्दो यौन हिंसाबारे पनि उल्लेख गरे । “हाइटीमा मानवीय अवस्था भयावह छ“, उनले बताए , “देशभर आपराधिक गिरोह गतिविधिले फैलाएको आतङ्क र त्रासले हाइटीवासीले पीडा भोग्नुपरेको छ ।” गर्मीको समयमा तैनाथ हुन थालेको हाइटी प्रहरीलाई सहयोग गर्न संयुक्त राष्ट्र समर्थित बहुराष्ट्रिय सैन्य मिसनको उपस्थितिका बावजुद हिंसा तीव्र भईरहेको छ । 

हाइटी प्रहरीले राजधानीका धेरै जिल्लामा गिरोह विरोधी अभियानहरू सुरु गरेको तर अझै पनि कर्मचारीलगायत अन्य स्रोतको अभावका कारण यी क्षेत्रमा नियन्त्रण कायम राख्न चुनौतीहरूको सामना गरिरहेको संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेरेसले हालैको एक प्रतिवेदनमा बताएका थिए । संयुक्त राष्ट्रसङ्घ विशेष गरी गिरोहको सिकार हुने बालबालिकाहरुका बारेमा चिन्तित छ । 

संयुक्त राष्ट्रसङ्घीय बाल एजेन्सी (युनिसेफ) की प्रमुख क्याथरिन रसेलले सशस्त्र समूहका ३० देखि ५० प्रतिशत सदस्य बालबालिका रहेको अनुमान गरेका छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उत्तर कोरियाले रुसमा सैनिक पठाएको प्रमाण छ:अमेरिकी रक्षामन्त्री अस्टिन

सोल । अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले बुधबार उत्तर कोरियाले रुसमा सैनिक पठाएको प्रमाण रहेको बताएका छन् । दक्षिण कोरियाली गुप्तचर प्रमुखले सांसदहरूल...

गोसाइँकुण्ड क्षेत्रमा हिमपात सुरु

रसुवा । गोसाइँकुण्ड क्षेत्रमा हिमपात सुरु भएको छ । लौरीविनायकभन्दा माथिल्लो भेग र यार्साको सातधारालगायतका स्थानमा हिमपात भएको स्थानीले बताएका छन् ।  ...

जिम्बाबेले तोड्यो नेपालको किर्तिमान, टी-२० मा बनायो सर्बाधिक रन

काठमाडौं । जिम्बाबेले टी-२० क्रिकेटमा नेपालले बनाएको अहिलेसम्मको उच्च रनको रेकर्ड तोडेको छ । बुधबार टी-२० विश्वकप छनौट अन्तर्गत अफ्रिका क्षेत्रको खेलम...

झापामा बसको ठक्करबाट साइकलमा सवार हजुरबुवा र नातिनीको मृत्यु

झापा । झापाको केरखामा बुधबार साँझ यात्रुवाहक बसले ठक्कर दिँदा विद्युतीय साइकलमा सवार हजुरबुवा र नातिनीको घटनास्थलमै मृत्यु भएको छ ।  पूर्व–पश्चिम र...

काठमाडाैंकाे चाल्नाखेलमा बन्धक बनाइएकी महिलाको उद्दार

काठमाडौं । काठमाडौंको कोटेश्वरबाट लगेर ललितपुरको चाल्नाखेलमा बन्धक बनाइएकी महिलाको उद्दार गरिएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी ...

भारतमाथि बंगलादेशको शानदार जित, दुवै साफको सेमिफाइनलमा

काठमाडौं । बंगलादेश साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । बुधबार सम्पन्न खेलमा भारतलाई ३-१ गोल अन्तरले पराजित गर्दै बंगलादेश समुह बिजेता बन...

उत्तर कोरियाले युक्रेनविरुद्ध लड्न थप १५ सय सेना पठाएको दक्षिण कोरियाको दाबी

काठमाडौं । दक्षिण कोरियाको गुप्तचर निकायका प्रमुखले उत्तर कोरियाले रुसमा थप १५ सय सैनिक पठाएको बताएका छन् । यी उत्तर कोरियाली सैनिकहरू रसियालाई मद्दत ...

नेपालले ताजकिस्तान र अफगानिस्तानसँग मैत्रीपूर्ण खेल खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले ताजकिस्तान र अफगानिस्तानसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।  अखिल नेपाल फुटबल संघ (एन्फा) आगामी नोभेम्बर १३...

महिला यू-१९ विश्वकपको एशिया क्वालिफायर खेल्ने टिमको घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ  (क्यान) ले महिला यू-१९ विश्वकपको एशिया क्वालिफायर खेल्ने १४ खेलाडी घोषणा गरेको छ ।  क्यानले तीन चरणको क्लोज क्याम्प ग...

भारतविरुद्ध पहिलो हाफमा बंगलादेश ३-१ ले अगाडी

काठमाडौं । बंगलादेशले साफ महिला च्याम्पियनसिप अन्तर्गतको खेलको पहिलो हाफमा भारतमाथि ३-१ को अग्रता लिएको छ । बंगलादेशले भारतविरुद्धको खेलको पहिलो हाफमा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy