Ntc summer Offer
Khabar Dabali ८ कार्तिक २०८१ बिहीबार | 24th October, 2024 Thu
Investment bank

राष्ट्रपति पौडेललाई विपक्षी दलहरुको ध्यानाकर्षण

खबरडबली संवाददाता

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित विपक्षी दलका नेताहरूले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर ध्यानाकर्षण गराएका छन् । 

बुधबार अपराह्न शीतल निवासमा उनीहरूले राष्ट्रपति पौडेललाई भेटेर सरकारले गरेका कामको विषयमा ध्यानाकर्षण गराएका हुन् । विपक्षी दलहरूले यसअघि प्रधानमन्त्री केपी ओलीलाई बुझाएको १३ बुँदे ज्ञापनपत्रको विषय समेत ब्रिफिङ गरेका थिए । सरकारले विपद् व्यवस्थापनको विषयमा ध्यान नदिएको, सत्ता पक्ष र विपक्षी दलहरू मिलेर राष्ट्रिय समस्या समाधान गर्नुपर्ने बेलामा दल विभाजन गर्नतिर उद्धत रहेको लगायत विषयमा राष्ट्रपतिसमक्ष ब्रिफिङ गरिएको छ । 

राष्ट्रपति पौडेलसँगको भेटमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र शक्ति बस्नेत, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदद्वय शिशिर खनाल र सुमना श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता बुद्धिमान तामाङ र हेमजङ्ग गुरुङ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ उपाध्यक्ष राजेन्द्र प्रसाद पाण्डे तथा आम जनता पार्टीबाट नेता तिलक थापामगर सहभागी छन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दल विभाजन गर्न अध्यादेश ल्याउन खोजेको आशंका गर्दै उक्त विधेयक आएमा जारी नगर्न उनीहरुले राष्ट्रपतिलाई आग्रह गरेका थिए । यसअघि सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई विपक्षी दलहरूका तर्फबाट १३ बुँदे ज्ञापनपत्र बुझाइएको थियो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उत्तर कोरियाले रुसमा सैनिक पठाएको प्रमाण छ:अमेरिकी रक्षामन्त्री अस्टिन

सोल । अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले बुधबार उत्तर कोरियाले रुसमा सैनिक पठाएको प्रमाण रहेको बताएका छन् । दक्षिण कोरियाली गुप्तचर प्रमुखले सांसदहरूल...

गोसाइँकुण्ड क्षेत्रमा हिमपात सुरु

रसुवा । गोसाइँकुण्ड क्षेत्रमा हिमपात सुरु भएको छ । लौरीविनायकभन्दा माथिल्लो भेग र यार्साको सातधारालगायतका स्थानमा हिमपात भएको स्थानीले बताएका छन् ।  ...

जिम्बाबेले तोड्यो नेपालको किर्तिमान, टी-२० मा बनायो सर्बाधिक रन

काठमाडौं । जिम्बाबेले टी-२० क्रिकेटमा नेपालले बनाएको अहिलेसम्मको उच्च रनको रेकर्ड तोडेको छ । बुधबार टी-२० विश्वकप छनौट अन्तर्गत अफ्रिका क्षेत्रको खेलम...

झापामा बसको ठक्करबाट साइकलमा सवार हजुरबुवा र नातिनीको मृत्यु

झापा । झापाको केरखामा बुधबार साँझ यात्रुवाहक बसले ठक्कर दिँदा विद्युतीय साइकलमा सवार हजुरबुवा र नातिनीको घटनास्थलमै मृत्यु भएको छ ।  पूर्व–पश्चिम र...

काठमाडाैंकाे चाल्नाखेलमा बन्धक बनाइएकी महिलाको उद्दार

काठमाडौं । काठमाडौंको कोटेश्वरबाट लगेर ललितपुरको चाल्नाखेलमा बन्धक बनाइएकी महिलाको उद्दार गरिएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी ...

भारतमाथि बंगलादेशको शानदार जित, दुवै साफको सेमिफाइनलमा

काठमाडौं । बंगलादेश साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । बुधबार सम्पन्न खेलमा भारतलाई ३-१ गोल अन्तरले पराजित गर्दै बंगलादेश समुह बिजेता बन...

उत्तर कोरियाले युक्रेनविरुद्ध लड्न थप १५ सय सेना पठाएको दक्षिण कोरियाको दाबी

काठमाडौं । दक्षिण कोरियाको गुप्तचर निकायका प्रमुखले उत्तर कोरियाले रुसमा थप १५ सय सैनिक पठाएको बताएका छन् । यी उत्तर कोरियाली सैनिकहरू रसियालाई मद्दत ...

नेपालले ताजकिस्तान र अफगानिस्तानसँग मैत्रीपूर्ण खेल खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले ताजकिस्तान र अफगानिस्तानसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।  अखिल नेपाल फुटबल संघ (एन्फा) आगामी नोभेम्बर १३...

महिला यू-१९ विश्वकपको एशिया क्वालिफायर खेल्ने टिमको घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ  (क्यान) ले महिला यू-१९ विश्वकपको एशिया क्वालिफायर खेल्ने १४ खेलाडी घोषणा गरेको छ ।  क्यानले तीन चरणको क्लोज क्याम्प ग...

भारतविरुद्ध पहिलो हाफमा बंगलादेश ३-१ ले अगाडी

काठमाडौं । बंगलादेशले साफ महिला च्याम्पियनसिप अन्तर्गतको खेलको पहिलो हाफमा भारतमाथि ३-१ को अग्रता लिएको छ । बंगलादेशले भारतविरुद्धको खेलको पहिलो हाफमा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy