Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

उत्तर कोरियाले युक्रेनविरुद्ध लड्न थप १५ सय सेना पठाएको दक्षिण कोरियाको दाबी

खबरडबली संवाददाता

काठमाडौं । दक्षिण कोरियाको गुप्तचर निकायका प्रमुखले उत्तर कोरियाले रुसमा थप १५ सय सैनिक पठाएको बताएका छन् । यी उत्तर कोरियाली सैनिकहरू रसियालाई मद्दत गर्न युक्रेनको मोर्चामा लडिरहेको दाबि गरिएको छ । 

अघिल्लो साता पनि दक्षिण कोरियाले उत्तर कोरियाली सैनिक युक्रेनी मोर्चामा लडिरहेको कुरा गरेको थियो । बुधबार दक्षिण कोरियाको गुप्तचर एजेन्सीका प्रमुख चो ताए यङले संसदीय समितिलाई यसबारे जानकारी दिएका थिए । बैठकपछि दक्षिण कोरियाका सांसदहरूले पनि यसको पुष्टि गरेका छन् । 

उत्तर कोरियाले डिसेम्बरसम्ममा आफ्ना १० हजार सैनिक रुस पठाउने तयारी गरिरहेको दक्षिण कोरियाली गुप्तचर प्रमुख चो ते यङले बताएका छन् । हालै युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले पनि आफूसँग १० हजार उत्तर कोरियाली सैनिक रुसको तर्फबाट युद्ध लड्न तयार रहेको जानकारी रहेको दाबी गरेका थिए । पछिल्लो दुई वर्षमा रुस र उत्तर कोरियाबीचको सम्बन्ध निकै सुमधुर बनेको छ । 

जुन महिनामा दुवै देशले महत्वपूर्ण रक्षा सम्झौतामा हस्ताक्षर गरेका थिए जसअन्तर्गत कुनै पनि देशमा आक्रमण भएमा दुवै देशले एकअर्कालाई तत्काल सैन्य सहायता उपलब्ध गराउनेछन् । दक्षिण कोरियाको गुप्तचर निकायका प्रमुखले पनि उत्तर कोरियाले सन् २०२३ को अगस्टदेखि करिब १३ हजार कन्टेनर तोपखाना, मिसाइल र अन्य हतियार रुस पठाएको दाबी गरेका छन् । 

युक्रेन युद्धमा सहयोगको बदलामा रुसले उत्तर कोरियालाई महत्वपूर्ण हतियार र प्रविधि उपलब्ध गराउन सक्ने दक्षिण कोरियाको डर छ । उनीहरूले उत्तर कोरियाको आणविक र मिसाइल कार्यक्रममा रुसले पनि सहयोग गर्न सक्ने आशंका गरेका छन् । तर, अमेरिका र नेटो देशहरूले अहिलेसम्म उत्तर कोरियाले युक्रेनको मोर्चामा आफ्ना सेना पठाएको पुष्टि गरेका छैनन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending