Ntc summer Offer
Khabar Dabali ८ कार्तिक २०८१ बिहीबार | 24th October, 2024 Thu
Investment bank

उत्तर कोरियाले युक्रेनविरुद्ध लड्न थप १५ सय सेना पठाएको दक्षिण कोरियाको दाबी

खबरडबली संवाददाता

काठमाडौं । दक्षिण कोरियाको गुप्तचर निकायका प्रमुखले उत्तर कोरियाले रुसमा थप १५ सय सैनिक पठाएको बताएका छन् । यी उत्तर कोरियाली सैनिकहरू रसियालाई मद्दत गर्न युक्रेनको मोर्चामा लडिरहेको दाबि गरिएको छ । 

अघिल्लो साता पनि दक्षिण कोरियाले उत्तर कोरियाली सैनिक युक्रेनी मोर्चामा लडिरहेको कुरा गरेको थियो । बुधबार दक्षिण कोरियाको गुप्तचर एजेन्सीका प्रमुख चो ताए यङले संसदीय समितिलाई यसबारे जानकारी दिएका थिए । बैठकपछि दक्षिण कोरियाका सांसदहरूले पनि यसको पुष्टि गरेका छन् । 

उत्तर कोरियाले डिसेम्बरसम्ममा आफ्ना १० हजार सैनिक रुस पठाउने तयारी गरिरहेको दक्षिण कोरियाली गुप्तचर प्रमुख चो ते यङले बताएका छन् । हालै युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले पनि आफूसँग १० हजार उत्तर कोरियाली सैनिक रुसको तर्फबाट युद्ध लड्न तयार रहेको जानकारी रहेको दाबी गरेका थिए । पछिल्लो दुई वर्षमा रुस र उत्तर कोरियाबीचको सम्बन्ध निकै सुमधुर बनेको छ । 

जुन महिनामा दुवै देशले महत्वपूर्ण रक्षा सम्झौतामा हस्ताक्षर गरेका थिए जसअन्तर्गत कुनै पनि देशमा आक्रमण भएमा दुवै देशले एकअर्कालाई तत्काल सैन्य सहायता उपलब्ध गराउनेछन् । दक्षिण कोरियाको गुप्तचर निकायका प्रमुखले पनि उत्तर कोरियाले सन् २०२३ को अगस्टदेखि करिब १३ हजार कन्टेनर तोपखाना, मिसाइल र अन्य हतियार रुस पठाएको दाबी गरेका छन् । 

युक्रेन युद्धमा सहयोगको बदलामा रुसले उत्तर कोरियालाई महत्वपूर्ण हतियार र प्रविधि उपलब्ध गराउन सक्ने दक्षिण कोरियाको डर छ । उनीहरूले उत्तर कोरियाको आणविक र मिसाइल कार्यक्रममा रुसले पनि सहयोग गर्न सक्ने आशंका गरेका छन् । तर, अमेरिका र नेटो देशहरूले अहिलेसम्म उत्तर कोरियाले युक्रेनको मोर्चामा आफ्ना सेना पठाएको पुष्टि गरेका छैनन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उत्तर कोरियाले रुसमा सैनिक पठाएको प्रमाण छ:अमेरिकी रक्षामन्त्री अस्टिन

सोल । अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले बुधबार उत्तर कोरियाले रुसमा सैनिक पठाएको प्रमाण रहेको बताएका छन् । दक्षिण कोरियाली गुप्तचर प्रमुखले सांसदहरूल...

गोसाइँकुण्ड क्षेत्रमा हिमपात सुरु

रसुवा । गोसाइँकुण्ड क्षेत्रमा हिमपात सुरु भएको छ । लौरीविनायकभन्दा माथिल्लो भेग र यार्साको सातधारालगायतका स्थानमा हिमपात भएको स्थानीले बताएका छन् ।  ...

जिम्बाबेले तोड्यो नेपालको किर्तिमान, टी-२० मा बनायो सर्बाधिक रन

काठमाडौं । जिम्बाबेले टी-२० क्रिकेटमा नेपालले बनाएको अहिलेसम्मको उच्च रनको रेकर्ड तोडेको छ । बुधबार टी-२० विश्वकप छनौट अन्तर्गत अफ्रिका क्षेत्रको खेलम...

झापामा बसको ठक्करबाट साइकलमा सवार हजुरबुवा र नातिनीको मृत्यु

झापा । झापाको केरखामा बुधबार साँझ यात्रुवाहक बसले ठक्कर दिँदा विद्युतीय साइकलमा सवार हजुरबुवा र नातिनीको घटनास्थलमै मृत्यु भएको छ ।  पूर्व–पश्चिम र...

काठमाडाैंकाे चाल्नाखेलमा बन्धक बनाइएकी महिलाको उद्दार

काठमाडौं । काठमाडौंको कोटेश्वरबाट लगेर ललितपुरको चाल्नाखेलमा बन्धक बनाइएकी महिलाको उद्दार गरिएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी ...

भारतमाथि बंगलादेशको शानदार जित, दुवै साफको सेमिफाइनलमा

काठमाडौं । बंगलादेश साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । बुधबार सम्पन्न खेलमा भारतलाई ३-१ गोल अन्तरले पराजित गर्दै बंगलादेश समुह बिजेता बन...

उत्तर कोरियाले युक्रेनविरुद्ध लड्न थप १५ सय सेना पठाएको दक्षिण कोरियाको दाबी

काठमाडौं । दक्षिण कोरियाको गुप्तचर निकायका प्रमुखले उत्तर कोरियाले रुसमा थप १५ सय सैनिक पठाएको बताएका छन् । यी उत्तर कोरियाली सैनिकहरू रसियालाई मद्दत ...

नेपालले ताजकिस्तान र अफगानिस्तानसँग मैत्रीपूर्ण खेल खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले ताजकिस्तान र अफगानिस्तानसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।  अखिल नेपाल फुटबल संघ (एन्फा) आगामी नोभेम्बर १३...

महिला यू-१९ विश्वकपको एशिया क्वालिफायर खेल्ने टिमको घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ  (क्यान) ले महिला यू-१९ विश्वकपको एशिया क्वालिफायर खेल्ने १४ खेलाडी घोषणा गरेको छ ।  क्यानले तीन चरणको क्लोज क्याम्प ग...

भारतविरुद्ध पहिलो हाफमा बंगलादेश ३-१ ले अगाडी

काठमाडौं । बंगलादेशले साफ महिला च्याम्पियनसिप अन्तर्गतको खेलको पहिलो हाफमा भारतमाथि ३-१ को अग्रता लिएको छ । बंगलादेशले भारतविरुद्धको खेलको पहिलो हाफमा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy