Khabar Dabali १४ फाल्गुन २०८२ बिहीबार | 26th February, 2026 Thu
Investment bank

उत्तर कोरियाले रुसमा सैनिक पठाएको प्रमाण छ:अमेरिकी रक्षामन्त्री अस्टिन

खबरडबली संवाददाता

सोल । अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले बुधबार उत्तर कोरियाले रुसमा सैनिक पठाएको प्रमाण रहेको बताएका छन् । दक्षिण कोरियाली गुप्तचर प्रमुखले सांसदहरूलाई तीन हजार उत्तर कोरियाली सैनिकले त्यहाँ ड्रोन र अन्य उपकरणको तालिम लिइरहेको र युक्रेनको युद्धभूमिमा खटाइने तयारी भइरहेको जानकारी दिएलगत्तै उनले सो कुरा बताए ।

रोम भ्रमणका क्रममा पत्रकारहरुसँग कुरा गर्दै अस्टिनले वासिङ्टन पोस्टले पोस्ट गरेको भिडियोअनुसार भने, “उनीहरुले ठ्याक्कै के गरिरहेका छन् ? त्यो हेर्न बाँकी छ । यी कुराहरु हामीले पत्ता लगाउनु पर्ने विषय हुन् ।” “यदि ती सैनिकहरूले रुसको पक्षमा युक्रेन युद्धमा भाग लिए भने यो ‘धेरै गम्भीर मुद्दा’ हुनेछ”, यसले युरोप र इन्डो-प्यासिफिक क्षेत्रमा प्रभाव पार्ने उल्लेख गर्दै उनले भने । 

दक्षिण कोरियाली गुप्तचर निकायले यसै महिना रुसी नौसेनाले एक हजार पाँच सय उत्तर कोरियाली विशेष युद्ध सैनिकलाई रुस लगेको रिपोर्ट सार्वजनिक गरेको थियो । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि यसअघि १० हजार उत्तर कोरियाली सैनिकलाई रुसी आक्रमणकारी सेनामा सामेल हुन तयार पारिँदै गरेको गुप्तचर जानकारी आफ्नो सरकारसँग रहेको बताएका थिए । अमेरिका र नाटोले यसअघि उत्तर कोरियाको कथित सैनिक प्रेषणलाई औपचारिकरुपमा पुष्टि गरेका थिएनन् तर यदि यो सत्य भएमा त्यस्तो विकासको खतराबारे चेतावनी दिएका थिए । रुस र उत्तर कोरियाले अहिलेसम्म सैनिक आवागमनको खण्डन गर्दै आएका छन् । 

दक्षिण कोरियाली राष्ट्रिय गुप्तचर सेवा (एनआइएस) का निर्देशक चो ताए–योङले बुधबार सांसदहरुलाई अर्को एक हजार पाँच सय उत्तर कोरियाली सैनिक रुस प्रवेश गरेको जानकारी दिएकाे ब्रिफिङमा सहभागी सांसद पार्क सनवानले बताए । चोले सांसदहरुलाई उनको एजेन्सीले उत्तर कोरियाले डिसेम्बरसम्ममा रुसमा कूल १० हजार सैनिक तैनाथ गर्ने लक्ष्य राखेको मूल्याङ्कन गरेको जानकारी दिएकाे पार्कले पत्रकारहरुलाई बताए । पार्कले चोलाई उद्धृत गर्दै भने, “रुस पठाइएका तीन हजार उत्तर कोरियाली सैनिकलाई विभिन्न सैन्य आधारमा विभाजन गरिएको छ र तालिममा छन् ।”

उनका अनुसार चोले सांसदहरुलाई ती सैनिकलाई अझै युद्धमा तैनाथ नगरिएको एनआइएसको विश्वास रहेको बताए । एनआइएस ब्रिफिङबारे पार्कसँगै बोल्दै सांसद ली सियोङ क्वेउनले एनआइएसले रुसी सेनाले अहिले ती उत्तर कोरियाली सैनिकहरूलाई ड्रोन जस्ता सैन्य उपकरण प्रयोग गर्न सिकाइरहेको पत्ता लगाएको बताए । 

लीले एनआइएस प्रमुखलाई उद्धृत गर्दै भने, “रुसी प्रशिक्षकहरुले उत्तर कोरियाली सैनिकहरूको मनोबल र शारीरिक क्षमताबारे उच्च धारणा राखेका छन् तर आधुनिक युद्धको बुझाइको कमीले गर्दा उनीहरूले अन्ततः भारी क्षति बेहोर्नेछन् भन्ने सोच्छन् ।” रुसले ठूलो सङख्यामा दोभाषेहरु भर्ती गरिरहेको चोलाई उद्धृत गर्दै लीले भने । 

एनआइएस प्रमुखले सांसदहरुलाई उत्तर कोरियाले आफ्ना जनतालाई सैनिक प्रेषणबारे खुलासा नगरेको बताए । युक्रेनी सैन्य गुप्तचर निर्देशनालयका प्रमुख किरिलो बुदानोभले युक्रेनी घुसपैठको सामना गरिरहेका रुसी सैनिकहरुलाई सहयोग गर्न उत्तर कोरियाली सैनिकहरू आज रुसको कुर्स्क क्षेत्रमा आइपुग्ने अनलाइन सैन्य समाचार आउटलेट द वार जोनलाई जानकारी दिए । 

पश्चिमसँग छुट्टाछुट्टै द्वन्द्वमा फसेका उत्तर कोरिया र रुसले विगत दुई वर्षमा आफ्नो सहकार्य तीव्ररुपमा बढाउँदै आएका छन् । जुनमा उनीहरुले एक प्रमुख रक्षा सम्झौतामा हस्ताक्षर गरे । सम्झौताअनुसार कुनै एक देशमाथि आक्रमण भएमा तत्काल सैन्य सहायता प्रदान गर्न सबै उपलब्ध माध्यमहरु प्रयोग गर्न दुवै देशलाई आवश्यक बनाउँछ । 

उत्तर कोरियाले सन् २०२३ अगस्टदेखि रुसको घट्दो हतियार भण्डार पुनःपूर्ति गर्न १३ हजारभन्दा बढी कन्टेनर तोपखाना, क्षेप्यास्त्र र अन्य परम्परागत हतियारहरु रुसमा पठाएको एनआइएसले गत हप्ता बताएको थियो । उत्तरले रुसमा सैनिक पठाइरहेको रिपोर्टले दक्षिण कोरियामा सुरक्षा चिन्ता बढाएको छ । रुसले उत्तर कोरियालाई परिष्कृत हतियार प्रविधिहरु दिएर पुरस्कृत गरेर दक्षिण कोरियालाई लक्षित गर्ने उत्तरको आणविक र क्षेप्यास्त्र कार्यक्रमहरुलाई बढावा दिन सक्ने दक्षिण कोरियालीहरुले चिन्ता व्यक्त गरेका छन् । 

दक्षिण कोरियाले मङ्गलबार उत्तरको कथित सैनिक प्रेषणको जवाफमा युक्रेनलाई हतियार आपूर्ति गर्ने विचार गर्ने बताएको छ । दक्षिण कोरियाले युक्रेनलाई मानवीय र वित्तीय सहयोग पठाएको छ तर सक्रियरुपमा द्वन्द्वमा संलग्न देशहरूलाई हतियार नदिने आफ्नो नीति अनुरुप अहिलेसम्म युक्रेनलाई सिधै हतियार आपूर्ति गरेको छैन । उत्तर कोरियासँग १२ लाख सैनिक छन् । यो विश्वकै सबैभन्दा ठूला स्थायी सेनाहरुमध्ये एक हो । यद्यपि १९५०-५३ को कोरियाली युद्धपछि यसले ठूलो स्तरको द्वन्द्व लडेको छैन । 

धेरै विशेषज्ञहरूले युद्ध अनुभवको कमीलाई औंल्याउँदै उत्तर कोरियाली सैनिकहरूले रुसलाई कति मद्दत गर्ने छन् भन्ने प्रश्न गरेका छन् । उनीहरुका अनुसार उत्तर कोरिया रुसी आर्थिक सहयोग र आफ्ना पुराना परम्परागत हतियार प्रणालीहरुको आधुनिकीकरणमा मद्दतका साथै उच्च प्रविधियुक्त हतियार प्रविधि हस्तान्तरण चाहन्छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE