काठमाडौँ । निर्माता तथा निर्देशक सन्तोष सेनले निर्माता तथा कलाकार दीपकराज गिरीबीच नयाँ विवाद शुरु भएको छ । गिरीले एक टेलिभिजन अन्तर्वार्तामा सेनलाई ुसाइबर सेनाको कमाण्डरु भनेको विषयले दुवैबीचको विवाद सतहमा आएको हो ।
बुधबार बुधबार सामाजिक सञ्जालमा एक लामो भिडियो पोष्ट गर्दै निर्माता निर्देशक सेनले गिरीले लगाएको आरोप प्रमाणित गर्न चुनौती समेत दिएका छन् । साथै सेनले गिरीको फिल्मले २० करोड कमाउँदा सिनेमा उद्योगले के पायो भन्दै प्रश्न समेत गरेका छन् ।
उनले भनेका छन् 'एकजना मान्छेले एउटा सिनेमा बनाएर २० करोड कमाउदैमा सिनेमा इन्डस्ट्री धानिँदैन । घाटामा जाने सिनेमाको पनि यो चलचित्र उद्योगलाई अगाडि बढाउन उत्तिकै हात छ ।' साथै उनले आफुले सधै पुरै सिनेमा उद्योगलाई हित र फाइदा हुने काम गरिरहेको दाबि गर्दै गिरीलाई आफ्नो दायराभन्दा बाहिर आएर फिल्म निर्माण गर्न र उद्योगमा योगदान गर्न आग्रह समेत गरेका छन् ।
उनले आफूलाई ‘साइबर सेना’ को कमान्डर भनिएको कुराको जरासम्म पुगेर पत्ता लगाउने बताउदै यो नेपाली फिल्मका दर्शकलाई समेत भनेको बताएका छन् । उनले गिरीले दर्शकहरुलाई साइबर सेना भनेर अपमान गरेको बताउदै गिरीले भनेको कुरालाई प्रमाणित गर्नुपर्ने बताएका छन् ।
साथै सेनले आउँदो आफ्नो चलचित्र ‘बलिदान’को हिरो समीर भट्ट ‘१२ गाउँ’ मा रहेकाले आफ्नो समर्थन स्वाभाविक रुपमा उनलाई रहेको स्पष्ट गरेका थिए ।
सेनले गिरीलाई मनमा तुष राखेर बाहिर मिठो नबोल्न सुझाव पनि दिएका छन् । उनले समीर भट्टको उदयलाई उनले काठमाडौं महानगरमा बालेन शाहको उदयसँग तुलना गरेका छन् ।
साथै १२ गाउँमा समिरले गरेको परफरमेन्सप्रति नेपाली सिनेमा क्षेत्र मनदेखि खुशी नभएको र उनलाई समर्थन नगरेको आरोप समेत लगाए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २६ गते, २०८३ - १७:५०
काठमाडौं । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश सरकार गठन र मन्त्रालय बाँडफाँटलाई व्यवस्थित गर्न नयाँ मोडेल तय गरेका छन्। एमाले ...
श्रावण २६ गते, २०८३ - १७:३६
कञ्चनपुर। प्रहरीले कञ्चनपुरको महेन्द्रनगरबाट कटुवा पेस्तोल सहित चार युवकलाई नियन्त्रणमा लिएको छ । महेन्द्रनगर बजारको दक्षिण तर्फ रहेको सालघारी क्षेत्र...
श्रावण २६ गते, २०८३ - १७:२२
काठमाडौं । व्यवसायी शेखर गोल्छासँग सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा विशेष अदालतले एक करोड रुपैयाँ धरौटी माग गरेको छ। मंगलबार विशेष अदालतमा भएको ...
श्रावण २६ गते, २०८३ - १६:५७
काठमाडौं । सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका पाँच प्रमुख निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले मन्त...
श्रावण २६ गते, २०८३ - १६:५०
काठमाडौं । सरकारले सुनसरी र सिरहाका घटनामा ज्यान गुमाएका चार जनालाई शहीद घोषणा गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले सुनसरीका ...
श्रावण २६ गते, २०८३ - १६:३५
काठमाडौं । सिरियाको अदालतले अपदस्थ पूर्वराष्ट्रपति बशर अल असदलाई युद्ध अपराध र मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको फैसला सुनाएको छ। ...
श्रावण २६ गते, २०८३ - १६:१०
काठमाडौँ। सरकारले विराटनगर जुट मिल पुन: सञ्चालनका लागि अध्ययन गर्न एक कार्यदल गठन गरेको छ। उद्योगको विद्यमान आर्थिक, प्राविधिक तथा कानुनी अवस्था अध्यय...
श्रावण २६ गते, २०८३ - १५:५९
रौतहट। रौतहटको लालबकैया नदीमा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता भएका छन्। देवाही गोनाही नगरपालिका–२, लक्ष्मीनियास्थित लालबकैया नदीमा मंगलबार दिउ...
श्रावण २६ गते, २०८३ - १५:४८
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला आगामी श्रावण २९ गते आयोजना हुने विशेष भेलामा सहभागी हुने भएका छन्। डा। कोइरालाले भेलाको उद्घाटन ...
श्रावण २६ गते, २०८३ - १५:४१
नारायणगढ। चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। पश्चिम चितवनको मेघौलीमा रहेको हरियाली सामुदायिक वनम...



प्रतिकृया लेख्नुहोस्: