Ntc summer Offer
Khabar Dabali ९ कार्तिक २०८१ शुक्रबार | 25th October, 2024 Fri
Investment bank

चक्रवात दानाको त्रासले दश लाखभन्दा बढी भारतीय सुरक्षित स्थानतर्फ जाँदै

खबरडबली संवाददाता

कोलकाता। भारतको पूर्वी तटमा कम्तीमा दश लाखभन्दा बढी मानिसहरू सुरक्षित आश्रयस्थल तर्फ भागिरहेको मन्त्रीहरूले बिहीबार बताएका छन् । 

चक्रवात दानाले पश्चिम बङ्गाल र ओडिसा राज्यमा–लगभग १५ करोड मानिसहरूको आश्रय स्थललाई प्रभावित गर्ने सम्भावना रहेको भारतीय मौसम ब्युरोले बताएको छ । मौसम ब्युरोले  हावाको गति १२० किलोमिटर प्रति घण्टाको गतिमा पुग्ने अनुमान गरेको छ । चक्रवातको समयमा प्रमुख एयरपोर्टहरू बन्द हुने जनाइएको छ  ।

शुक्रबार बिहान धामरा बन्दरगाह नजिकै अवतरण गर्ने पूर्वानुमान गरिएको चक्रवातले छिमेकी बङ्गालादेशलाईसमेत असर गर्ने अनुमान गरिएको छ । चक्रवातका कारण आएका छालहरूले तटीय क्षेत्रहरू डुबानमा पार्ने र पानी सामान्य ज्वारको स्तरभन्दा दुई मिटर माथि बढ्ने पूर्वानुमान गरिएको छ ।

ओडिसा राज्यका स्वास्थ्य मन्त्री मुकेश महालिङले तटीय क्षेत्रहरूबाट करिब दस लाख मानिसहरूलाई चक्रवातबाट सुरक्षित स्थानहरूमा सारिएको बताएको छ । 

छिमेकी पश्चिम बङ्गाल राज्यका सरकारी मन्त्री बङ्किम चन्द्र हजाराले अहिलेसम्म एक लाख भन्दा बढी मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको बताएको छन्  । उहाँले जीवन बचाउन समुद्र तटका रिसोर्ट तथा व्यवसायहरू बन्द गर्न आदेश दिइएको तथा पर्यटकहरूलाई उक्त स्थान छोड्न आग्रह गरिएको जनाएको छ ।

कोलकाता विमानस्थलका निर्देशक प्रवत रञ्जन बेउरियाले पूर्वानुमान गरिएको भारी हावा र वर्षा का कारण बिहीबार राति उडानहरू स्थगित गरिने बताएको छन्  । भुवनेश्वर सहरको विमानस्थलले पनि उक्त समयमा उडानहरू बन्द गर्ने जनाएको छ भने कयौँ रेलसेवाहरु स्थगित गरिएका छन् ।

बङ्गलादेशका विपद् मन्त्री फारुक–ए–आजमले उद्धार अधिकारीहरू “उच्च सतर्कता’’ का साथ बसेको बताउँदै भारतमा पनि खराब आँधी आउने पूर्वानुमान गरिएकाले निकासी आदेश जारी नगरिएको बताएको छन्  ।

वैज्ञानिकहरूका अनुसार जीवाश्म इन्धनहरू जलाइए उत्पन्न जलवायु परिवर्तनका कारण विश्व तातो हुँदै जाँदा चक्रवात तथा आँधीबेहरी अझै शक्तिशाली हुँदै गइरहेका छन् । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बराबरीमा रोकियो म्यानचेस्टर युनाइटेड

काठमाडौँ । म्यानचेस्टर युनाइटेडले युइएफए च्याम्पियन्स लिग अन्तर्गतको खेलमा टर्कीको क्लब फेनेरबाहससँग बराबरी खेलेको छ । गएराती सम्पन्न खेलमा म्यानचे...

कर्णालीमा दश हजार क्वीन्टल भन्दा बढी सहुलियतको खाद्यान्न बिक्री

सुर्खेत । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कर्णालीमा १० हजार ९२ क्वीन्टल ८५ किलोग्राम खाद्यान्न बिक्री गरेको छ । कम्पनीले नौ जिल्लामा रह...

प्रधानमन्त्रीले डाके सत्तारुढ दलको बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार दिउँसो ३ बजे सत्ता साझेदारी दलसँग बैठक डाकेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसिने बैठकम...

मस्क र अम्बानीबीच 'अन्तरिक्ष इन्टरनेट' युद्ध

के भन्छन् विज्ञहरू ?

प्राधिकरणले फेरी काट्न थाल्यो उद्योगहरुको विद्युत लाइन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले फेरि पनि उद्योगहरुको विद्युत लाइन काट्न थालेको छ । प्राधिकरणले बिहीवार साँझ अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट...

भारतमा चक्रवाती आँधी 'दाना': ३०० उडान र ५५० भन्दा बढी रेल रद्द

काठमाडौँ । भारतमा चक्रवाती आँधी 'दाना'को असर देखिन थालेको छ । यस अघि बिहीबार पश्चिम बंगाल र ओडिशा राज्यमा यसको असर बढी देखिने चेतावनी भारतको म...

फेलिक्सको दुई गोलमा चेल्सी विजयी

काठमाडौँ । चेल्सीले युइएफए युरोपा लिग अन्तर्गत ग्रीसको क्लब पानाथिनाइकोसलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा चेल्सीले पानाथिनाइकोसलाई ४-१ गोल ...

सूचना प्रविधि क्षेत्रमा लगानी गर्न अमेरिकी व्यवसायीलाई अर्थमन्त्री पौडेलको आग्रह

वासिङ्टन डिसि । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको सूचना प्रविधि उद्योगमा लगानी गर्न अमेरिका चेम्बर अफ कमर्सका प्रतिनिधिहरु...

भारतले विमानमा झुटो बम धम्कीको समस्या समाधान गर्न मेटा र एक्ससँग माग्यो सहयोग

काठमाडौँ । भारत सरकारले विमानमा झुटो बम धम्की फोन र सन्देशलाई गम्भीरतापूर्वक लिदै संलग्न व्यक्तिहरूको पहिचान गर्न कारबाही थालेको छ । भारतीय मिडियाहरुल...

रास्वपाले आजदेखि काठमाडौँ केन्द्रित आन्दोलन गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अब काठमाडौँ केन्द्रित आन्दोलन गर्ने भएको छ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपाका सभापति र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy