Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

गरिबी र भोकमरीबाट जनतालाई तड्पिन नदिन यो सरकार बनेको हो : प्रधानमन्त्री

खबरडबली संवाददाता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले परिवर्तनका लागि भएका आन्दोलनको इतिहास बोकेका नेकपा (एमाले) र नेपाली कांग्रेससहितका दलले सरकार सञ्चालन गरेकाले यी दलले लोकतन्त्रलाई मर्न नदिने स्पष्ट गरेको छन् ।

वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको राष्ट्रिय जलवायु सम्मेलनमा सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले लोकतन्त्र, देश र मानव जातिका लागि सर्वोत्तम प्रणाली भएकाले यस प्रणालीप्रति आफूहरु पूर्ण कटिबद्ध भएको स्पष्ट गरेको हो । “हामी केही गर्दैछौँ । जनतालाई भोकै मर्न दिँदैनौँ । गरिबीसँग तड्पिन दिँदैनौँ । त्यसका लागि अहिलेको सरकार बनेको हो ।’’

कोप–२९ मा हिमालदेखि समुद्रसम्मको अवधारणालाई स्पष्ट र सशक्तरुपमा उठाइनेछ

यसैगरी, प्रधानमन्त्री ओलीले आगामी नोभेम्बर २०२४ मा अजरबैजानको बाकुमा हुने विश्व जलवायु सम्मेलन (कोप–२९)  हिमालदेखि समुद्रसम्मको अवधारणालाई स्पष्ट र सशक्तरुपमा उठाइने बताएको छन् ।

उनले संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभाका मञ्चमा नेपालले राखेका जलवायु न्यायसम्बन्धी विषयलाई कोप सम्मेलनमा अझ प्रभावकारी रूपमा  सशक्तरुपमा उठाउन तयारी भएको बताए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा शुक्रबार भएको वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन राष्ट्रिय परिषद्को तेस्रो बैठकले जलवायु परिवर्तनमा नेपालको स्पष्ट अडान र दृष्टिकोणलाई कोप–२९ मा राख्न गरी तयारी गर्ने निर्णय गरेको थियो । कोप–२९ मा राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलले सहभागिता जनाउने कार्यक्रम रहेको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपालमा पनि टी–२० विश्वकप ट्रफी टुर हुने

काठमाडौँ। भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म आयोजना हुने आइसिसी टी–२० विश्वकपको ट्रफी नेपालमा पनिा ल्याइने भएको छ । अन्तर्...

राष्ट्र संघको सहयोगको कदर गर्छौं : प्रधानमन्त्री कार्की

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले संयुक्त राष्ट्र संघको सहयोगको नेपालले कदर गर्ने बताएको छिन्।  संयुक्त राष्ट्र संघसँग नेपालको साझेदारीको ७० ...

जेनजी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थपिँदै, यहि साता ओली र लेखकको बयान लिइने

काठमाडौं । जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते भएका घटनाबारे जाँचबुझ गर्न गठित आयोगले आफ्नो कार्य सम्पन्न गर्न एक महिना म्याद थप गर्न सरकारसँग आ...

झापा राजस्व कार्यालयमा पाँच महिनामा एक अर्ब १४ करोड राजस्व सङ्कलन

झापा। आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा रु। एक अर्ब १४ करोड ९९ लाख ६३ हजार राजस्व सङ्कलन गरेको छ ।  ...

जेन–जी आन्दोलन जाँचबुझ आयोगले अर्काे सातादेखि राजनीतिक नेताको बयान लिने

काठमाडौं । जेन–जेड आन्दोलनसम्बन्धी घटनाबारे छानबिन गरिरहेको जाँचबुझ आयोगले आगामी सातादेखि राजनीतिक तहका नेताहरूलाई बयानका लागि बोलाउने तयारी गरेको छ। ...

सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्: प्रधानमन्त्री कार्की

ललितपुर। प्रधानमन्त्री सुशीला कार्कीले सरकार अहिले सुशासन र निर्वाचन दुई मुख्य एजेन्डामा केन्द्रित रहेर काम गरिरहेको बताएको छिन् । आज ललितपुर महानग...

मधेशका मुख्यमन्त्री यादवले पुस ४ गते विश्वासको मत लिदै

जनकपुरधाम। मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी शुक्रबार प्रदेश सभाबाट विश्वासको मत लिने भएको छन् । नेपालको संविधानको धारा १६८ को...

उद्योगको डिमान्ड शुल्क घटाउने मागसहित मन्त्री घिसिङलाई ज्ञापनपत्र

कञ्चनपुर। कञ्चनपुरका उद्योगी व्यवसायीहरूले उद्योगहरूको डिमान्ड शुल्क घटाउनुपर्ने लगायतका माग राख्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यात...

एमाले महाधिवेशन निर्वाचनमा साढे दुईसम्म ५५५ मत खस्यो

काठमाडौँ । नेकपा(एमाले) को ११ औँ महाधिवेशन अन्तर्गत भइरहेको निर्वाचनमा ५५५ मत खसेको छ। राजधानीको भृकुटीमण्डपमा जारी निर्वाचन प्रक्रियामा दिउँसो २स्३० ...

एसियाली विकास बैंकले नेपाललाई १० करोड डलर ऋण दिने

काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले नेपालको सार्वजनिक वित्त व्यवस्थापन सुदृढ गर्न १० करोड अमेरिकी डलर ९करिब १४ अर्ब ५९ करोड ५० लाख रुपैयाँ० बराबर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending