Ntc summer Offer
Khabar Dabali ११ कार्तिक २०८१ आईतवार | 27th October, 2024 Sun
Investment bank

गरिब जनतामा स्वास्थ्य सेवा पुर्‍याउनेगरी सरकारले काम गरिरहेको छ : सञ्चारमन्त्री गुरुङ

खबरडबली संवाददाता

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले हालको स्वास्थ्य सेवा महँगो भएको हुँदा गरिब जनताले मार खेप्नुपरेको बताए । उनले स्वास्थ्यमा गरिब जनताको पहुँच पुग्नेगरी यस क्षेत्रलाई व्यवस्थित गर्न सरकार दत्तचित्त भएर लागेको स्पष्ट पारे । 

लमजुङ बेँसीसहर नगरपालिका–२ काफलडाँडा चिसापानीमा गाउँसहर स्वाथ्यचौकीको नवनिर्मित भवनको आज उद्घाटन गर्दै सञ्चारमन्त्री गुरुङले नेपालमै किड्नी फेर्नेदेखि कलेजोको उपचार हुने गरे पनि धेरै महँगो भएको बताए । उनले किड्नी र कलेजोजस्ता उपचारमा जनताको पहुँच पुर्‍याउन सरकारले लागिपरेको बताए । 

सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले भने, “सरकार नागरिकको स्वाथ्यप्रति गम्भीर भएकाले गाउँगाउँमा सेवा पुर्‍याउन प्रतिबद्ध छ । उपचार सेवा कसरी सस्तो बनाउन सकिन्छ, शुल्क घटाएर वा सरकार आफैँले बेहोरेर भन्ने विषयमा छलफल भइरहेको छ ।” जनताको जीवन बचाउन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै मन्त्री गुरुङले नागरिकको जीवन रक्षालाई पहिलो प्राथमिकता राखिएको स्पष्ट पारे । उनले गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्नेतर्फ सरकार लागिरहेको जानकारी दिए । 

शिक्षा क्षेत्रमा सरकारको ठूलो लगानी भए पनि यस क्षेत्र व्यवस्थित हुन नसकेको भन्दै मन्त्री गुरुङले बसाइँ सराइलगायतका कारण गाउँगाउँका विद्यालयमा विद्यार्थी टिकाउन समस्या भइरहेकाले त्यसका लागि सरकारले आकर्षक योजना ल्याउने उल्लेख गरे । गण्डकी प्रदेशका वन तथा वातावरणमन्त्री भेषबहादुर पौडेलले नवनिर्मित स्वाथ्यचौकी भवनबाट गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह हुनुपर्नेमा जोड दिए । उनले अभिभावकले आफ्ना छोराछोरीका लागि पहिलो प्राथमिकता शिक्षा र स्वास्थ्यमा ध्यानदिनुपर्ने बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सोमबारबाट केरूङ नाका सञ्चालनमा ल्याउने तयारी

रसुवा । अविरल वर्षाका कारण बन्द रसुवागढी केरूङ अन्तर्राष्ट्रिय राजमार्ग यही सोमबारदेखि सञ्चालनमा ल्याउने गरी चिनियाँ पक्षले तयारी गरेको छ ।  अविरल ...

हिमचितुवा घिमिरे बने किक बक्सिङको विश्व विजेता

काठमाडौं । नेपाली युवा किक बक्सर अविरल घिमिरे किक बक्सिङ खेल क्षेत्रमा ऐतिहासिक कीर्तिमान बनाउन सफल भएका छन् ।  इन्टरनेशनल स्पोर्टस् किक बक्सिङ एसो...

एशिया क्वालिफायरअघि नेपाली महिला यू-१९ क्रिकेट टिमको दिल्लीमा प्रशिक्षण हुने

काठमाडौं । नेपाली महिला यू-१९ क्रिकेट टिमले विश्वकपको एशिया क्वालिफायरको तयारी गर्न भारतको नयाँ दिल्लीमा क्लोज क्याम्प गर्ने भएको छ ।  दिल्लीतर्फ ज...

खानेपानी समस्या सम्बोधन गर्न ४२ अर्बको परियोजना ल्याउने तयारीमा छौँ: मन्त्री यादव

पर्सा । खानेपानी मन्त्री प्रदीप यादवले तराई मधेसका जिल्लामा देखिएको खानीपानी समस्या समाधानका लागि सरकारले रु ४२ अर्बको परियोजना ल्याउने तयारी गरेको जा...

सङ्खुवासभामा एक जनाको हत्या

सङ्खुवासभा । सङ्खुवासभाको चिचिला गाउँपालिका–४ मत्स्यपोखरीमा भीमबहादुर गुरुङको हत्या भएको छ ।  सामान्य विवादका क्रममा धारिलो खुकुरी प्रहार गरेर छिमेकी ...

गरिब जनतामा स्वास्थ्य सेवा पुर्‍याउनेगरी सरकारले काम गरिरहेको छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले हालको स्वास्थ्य सेवा महँगो भएको हुँदा गरिब जनताले मार खेप्नुपरेको बताए । उनले स्वास्थ...

एकीकृत समाजवादीका सबै प्रदेश सम्मेलन मङ्सिर भित्र हुने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले आगामी मङ्सिर मसान्तसम्म सबै प्रदेश सम्मेलन सम्पन्न गर्न निर्देशन दिएको छ । पार्टी सचिव सोमप्रस...

थारू जातिको संक्षिप्त इतिहास र संस्कृति पुस्तक लोकार्पित

चितवन । लेखक तथा समाजसेवी भजुमनराम महतोको नयाँ कृति ‘थारु जातिको संक्षिप्त इतिहास र संस्कृति’ लोकार्पण गरिएको छ । आज यहाँ आयोजित कार्यक्रममा सो कृति ल...

उद्याेगमा काटिएकाे लाइन तत्कालै जडान गर्न माग

विराटनगर । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंकलाइन उपयोग भएको यथेष्ट प्रमाण बिनै उद्योगहरूको नाममा बक्यौता रकम देखाई विद्युत् लाइन काटेक...

इजरायलको आक्रमणमा दुई इरानी सेनाको मृत्यु

काठमाडौं । इजरायलले शनिबार बिहान इरानमा गरेको हवाई हमलामा दुई इरानी सैनिकको मृत्यु भएको छ । इरानको आधिकारिक मिडिया रिपोर्टका अनुसार इरानी सेनाले इजराय...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy