काठमाडौं । अविरल वर्षापछि काठमाडौंको माइतीघर क्षेत्र आइतबार जलमग्न भएको छ। सडकमा पानी जम्दा सवारीसाधनको आवागमन प्रभावित हुनुका साथै पैदलयात्रीले पनि निकै सास्ती खेप्नुपरेको छ।
भारी वर्षाका कारण विशेषगरी काठमाडौं महानगरपालिका–१० अन्तर्गतको सहभागिता मार्ग डुबानमा परेको हो। सडकमा पानीको सतह बढेपछि सवारीसाधन सुस्त गतिमा सञ्चालन गर्नुपर्ने अवस्था सिर्जना भएको छ भने कतिपय सवारी बीच सडकमै रोकिएका छन्।
डुबानका कारण सर्वसाधारण पानी छिचोल्दै गन्तव्यतर्फ जान बाध्य भएका छन्। ट्राफिक व्यवस्थापनमा समेत समस्या देखिएपछि ट्राफिक प्रहरी र काठमाडौं महानगरपालिकाको टोली परिचालन गरी डुबानमा फसेका सवारीसाधनलाई सुरक्षित स्थानमा निकाल्ने काम भइरहेको महानगरले जनाएको छ।
स्थानीयका अनुसार ढल निकासको प्रभावकारी व्यवस्थापन हुन नसक्दा हरेक वर्ष भारी वर्षासँगै माइतीघर क्षेत्र डुबानमा पर्ने समस्या दोहोरिने गरेको छ।
सम्बन्धित निकायले वर्षा अझै जारी रहने सम्भावना रहेकाले जलमग्न क्षेत्रबाट यात्रा गर्दा विशेष सावधानी अपनाउन र आवश्यक परे वैकल्पिक मार्ग प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ४ गते, २०८३ - ०९:२६
काठमाडौं । स्पेनले दोस्रो पटक विश्वकप फुटबलको उपाधि उचालेसँगै अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले प्रतियोगिताका उत्कृष्ट खेलाडी र टोलीलाई प्रदान गर...
श्रावण ४ गते, २०८३ - ०९:२२
जनकपुरधाम । मधेशका गाउँबस्तीमा वर्षा सुरु भएसँगै बालबालिकाका लागि अर्को अदृश्य खतरा पनि सक्रिय हुन्छ—पानीले भरिएका खाल्डाखुल्डी। इँटा उद्योगले माटो नि...
श्रावण ४ गते, २०८३ - ०९:१२
इलाम । पूर्वी नेपालको चर्चित पर्यटकीय गन्तव्य अन्तु पछिल्ला दिनमा अव्यवस्थित र विवादित बन्दै गएको छ। पर्यटकको बढ्दो आकर्षणसँगै होटल, होमस्टे र कटेजको ...
श्रावण ४ गते, २०८३ - ०९:०९
बारा । बाराको सुवर्ण गाउँपालिका–७ चौरहियामा धान खेतमा जमेको पानीमा डुबेर १८ महिनाकी एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा महागढीमाई नगरपालिका–९ ...
श्रावण ४ गते, २०८३ - ०८:५७
बेनी (म्याग्दी) । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले म्याग्दीको विकासका लागि सडक र स्वास्थ्य पूर्वाधारलाई प्राथमिकतामा राखेर काम अघि ...
श्रावण ४ गते, २०८३ - ०८:५१
जनकपुरधाम । मधेस प्रदेश सरकारमा साउन १५ भित्र मन्त्रिपरिषद् पुनर्गठन हुने संकेत देखिएको छ। सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा एमाले र नेपाल ...
श्रावण ४ गते, २०८३ - ०८:४७
काठमाडौं । लगातारको वर्षापछि चितवनको फिस्लिङ र धादिङको जवाङ खोलामा पहिरो खसेपछि पृथ्वी राजमार्ग प्रभावित भएको छ। सडक अवरुद्ध भएपछि काठमाडौं–धादिङ सीमा...
श्रावण ४ गते, २०८३ - ०८:३६
काठमाडौं । काठमाडौं उपत्यकामा शंकास्पद गतिविधिमा संलग्न रहेको आशंकामा प्रहरीले पछिल्लो २४ घण्टामा ७० जनालाई नियन्त्रणमा लिएको छ। काठमाडौं उपत्यका प...
श्रावण ४ गते, २०८३ - ०८:३०
दाङ । दाङको घोराही उपमहानगरपालिका–१८ स्थित एक सामुदायिक वनमा विश्वकै सबैभन्दा लामो विषालु सर्प राज गोमन (किङ कोब्रा) को दुर्लभ गुँड फेला परेको छ। नेपा...
श्रावण ४ गते, २०८३ - ०८:२३
काठमाडौं । नदी किनारका सुकुम्बासी बस्ती बाढीको उच्च जोखिममा रहेको भन्दै सरकारले केही महिनाअघि काठमाडौंका विभिन्न स्थानमा डोजर चलाएर हजारौं परिवारलाई व...



प्रतिकृया लेख्नुहोस्: