काठमाडौं । नेपाली महिला यू-१९ क्रिकेट टिमले विश्वकपको एशिया क्वालिफायरको तयारी गर्न भारतको नयाँ दिल्लीमा क्लोज क्याम्प गर्ने भएको छ ।
दिल्लीतर्फ जाने नेपाली यू-१९ टिमलाई क्यानका अध्यक्ष चतुरबहादुर चन्द लगायतले आज भैरहवामा बिदाइ गरेका छन् । नेपाली टिम दिल्लीबाटै नोभेम्बर ६ देखि हुने प्रतियोगिताका लागि दुबईतर्फ प्रस्थान गर्ने छ ।
क्यानले तीन चरणको क्लोज क्याम्प गरेर एशिया क्वालिफायर खेल्न पुजा महतोको कप्तानीमा १४ सदस्यीय टिमको घोषणा गरको थियो । नेपाली टिममा पुजा महतो (कप्तान), सोनी पाख्रिन (उपकप्तान), अलिशा यादव (विकेटकिपर), मनिषा उपाध्याय, क्रिश्मा गुरुङ, साना प्रविन, स्नेहा महरा, सावित्रा धामी, त्रिशना बिक, रिया शर्मा, कुसुम गोदार, सीमाना केसी, ज्योत्स्निका मरासिनी र रचना चौधरी रहेका छन् ।
२०२५ मा हुने महिला यू-१९ विश्वकपका लागि एशिया क्वालिफायरमा नेपालसहित कुवेत, थाइल्याण्ड र युएई खेल्दै छन् । नेपालले पहिलो खेल नोभेम्बर ६ मा थाइल्याण्डविरुद्ध खेल्दै छ भने दोस्रो खेल नोभेम्बर ७ मा कुवेतविरुद्ध, नोभेम्बर ९ मा युएईविरुद्ध, नोभेम्बर १० मा फेरी थाइल्याण्डविरुद्ध, नोभेम्बर १२ मा फेरी कुवेतविरुद्ध र नोभेम्बर १३ मा फेरी युएईविरुद्ध खेल्ने तालिका रहेको छ । क्वालिफायरमा शिर्ष स्थानमा रहने देश विश्वकपका लागि छनौट हुने छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: