Ntc summer Offer
Khabar Dabali ११ कार्तिक २०८१ आईतवार | 27th October, 2024 Sun
Investment bank

एकजुट भएर काम गरेमा नेपालको विकास सम्भव छ- प्रधानमन्त्री ओली

खबरडबली संवाददाता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका लागि पूर्वाधार तयार भइसकेकाले एकजुट भएर काम गरेमा नेपालको विकास सम्भव हुने बताएका छन् । 

गैह्रआवासीय नेपाल सङ्घ (एआरएन) द्वारा आज आयोजत गैह्रआवासीय नेपाली दिवस र वार्षिक साधारणभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रविधि र उपकरण बढ्दो भएकाले विकास गर्न नसकिने भन्ने नहुने बताएका हुन् । उनले भने- 'नेपालमा विकासका लागि बाटाघाटा र आवश्यक पूर्वाधार बनेका छन् । अहिले दुर्गम भन्ने कुनै जिल्ला र भूभाग छैन । मिलेर काम गरेमा मुलुकलाई समृद्ध बनाउन सकिन्छ ।'

प्रधानमन्त्री ओलीले आफूहरुले हतियार नचलाए पनि कसरी बिसाउनुपर्छ भन्ने जानेकाले ‘हतियार बिसाएका मात्रै हौँ’ भनेर कुनै पक्षबाट धम्की आउन नहुने पनि बताए । 

प्रधानमन्त्री ओलीले गैह्रआवासीय नेपाली सङ्घको छविलाई कायम गरी सङ्गठनलाई एकताबद्ध राख्न र ‘राजनीतिक टग अफ वार’ नगर्न आग्रह गरे ।

उनले सरकारको तर्फबाट सङ्घलाई कुनै हस्तक्षेप नहुने भएकाले स्वतन्त्ररुपमा काम गर्न आग्रह गर्दै भने, 'म अहिले प्रधानमन्त्री छु, म देशको प्रधानमन्त्री हो । एमालेको मात्रै प्रधानमन्त्री होइन । राष्ट्रपति पनि त्यही हो, राष्ट्रपति दल विशेषको हुँदैन, राष्ट्रको प्रमुख हुन्छ । सभामुख, प्रधानन्यायाधीश सबै पद साझा पद हुन् । हामीले त्यस हैसियतले काम गर्ने हो ।'

प्रधानमन्त्री ओलीले एनआरएनलाई पहिचान र आवश्यक सुविधान दिन सरकारले कञ्जुस्याईँ नगर्ने पनि स्पष्ट गरे ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जङ्गली च्याउ खाँदा पाँचजना बिरामी

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा जङ्गली च्याउ खाँदा एउटै परिवारका पाँचजना बिरामी परेका छन् । शनिबार साँझ जङ्गली च्याउ खाँदा देवचुली–२ दुम्क...

रुपन्देहीका १६ उद्योगको लाइन काटियो, व्यवसायीलाई त्रसित बनाएको आरोप

बुटवल । नेपाल विद्युत प्राधिकरणले बुटवल-भैरहवा औद्योगिक कोरिडोरका १६ उद्योगको विद्युत लाइन काटेको छ । महसुल नतिरेको भन्दै प्राधिकरणले यस क्षेत्रका १६ ...

भुटानलाई ७-१ ले हराउदै बंगलादेश साफ महिला च्याम्पियनसिपको फाइनलमा

काठमाडौँ । बंगलादेश साफ महिला च्याम्पियनसिपको फाइनलमा पुगेको छ । प्रतियोगिताको पहिलो सेमिफाइनलमा बंगलादेशले भुटानलाई ७-१ गोल अन्तरले पराजित गरेको ह...

नौ अङ्कले घट्यो नेप्से, कुन समूह कस्तो ?

काठमाडौं । आइतबार पूँजीबजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.१९ अङ्कले घटेको छ । आज नेप्से ०.३४ प्रतिशतले घटेर २६१७.९५ बिन्दुमा झरेको हो । कारोबार अ...

गौशाला धर्मशाला प्रकरण: मारवाडी समितिद्वारा न्यायिक प्रक्रियामाथि ‘अवहेलना’ गर्दै उच्च अदालतमा रिट

काठमाडौं । पशुपति क्षेत्र विकास कोषको स्वामित्वमा रहेको ९ रोपनी ९ आना २ पैसा जग्गा २१ वर्षदेखि कब्जा गरिरहेको मारवाडी सेवा समितिले काठमाडौँ जिल्ला अदा...

भारतीय एयरलाइन्समा बम पड्काउने निरन्तरका चेतावनीपछि कारबाहीको चेतावनी

काठमाडौं  । भारतले यस महिना भारतीय एयरलाइन्समा बम राखिएको सयौँ चेतावनीले हवाई यात्रालाई प्रभावित बनाएको बताउँदै सामाजिक सञ्जाल प्लेटफर्महरूलाई ‘परिणाम...

मानवीयताका आधारमा थाई एयर एसियालाई काठमाडौंमै अवतरण अनुमति

काठमाडौं । नेपालमा उडान अनुमति ‘एक्स्पायर’ (म्याद सकिएको) थाई एयर एसियाको जहाजलाई अन्ततः मानवीयताका आधारमा काठमाडौंमै अवतरण गर्न अनुमति दिइएको छ । ...

२२१ किलो गाँजासहित एक जना पक्राउ

धनुषा । जनकपुर उपमहानगरपालिका-१४ बाबा आयलस सेन्टर नजिकबाट अवैध लागूऔषध गाँजा करिब २२१ किलो ३८ ग्राम सहित मकवानपुर भिमफेदी गाउँपालिका-२ बस्ने २४ वर्षीय...

सुचनाको हक कार्यान्वयन गर्न सरकारको स्थानीय तहलाई सर्कुलर

काठमाडौँ । सुचनाको हकको कडाईका साथ कार्यान्वयन गर्न संघिय मामला तथा सामान्य प्रशासन मन्त्रालयले देशैभरीका स्थानीय तहलाई निर्देशन जारी गरेको छ । सूच...

ग्लोबल आइएमई क्यापिटलद्वारा लगानीकर्ता शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न

काठमाडौं । विश्व लगानीकर्ता सप्ताह–२०२४ को अवसरमा साताब्यापी रुपमा विविध कार्यक्रमहरु आयोजना गरी मनाउने सिलसिलामा नेपाल धितोपत्र बोर्ड तथा नेपाल मर्चे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy