काठमाडौं । भारतले यस महिना भारतीय एयरलाइन्समा बम राखिएको सयौँ चेतावनीले हवाई यात्रालाई प्रभावित बनाएको बताउँदै सामाजिक सञ्जाल प्लेटफर्महरूलाई ‘परिणामी कारबाही’ गर्ने चेतावनी दिएको छ।
बमको चेतावनीपछि भारतीय विमानहरू गन्तव्यबाट क्यानडा र जर्मनीतर्फ जान बाध्य भएका थिए भने र विमानलाई लडाकु विमानले बेलायत र सिंगापुरमाथिको आकाशमा पहरा दिएका थिए।
सरकारले चेतावनीको सङ्ख्यामा देखिएको वृद्धि ‘अनियन्त्रित र जोखिमपूर्ण’ रहेको बताएको छ। यदि उनीहरूले ‘गलत सूचना पठाउने कार्यलाई तुरुन्तै रोकेनन्’ भने प्रशासनले सामाजिक सञ्जाललाई ‘कानुनमा व्यवस्था भएअनुसार कारबाही’ गर्ने चेतावनी दिएको छ ।
एयरलाइन्समा बम पड्काउने चेतावनीजस्ता दुर्भावनापूर्ण कार्यका घटनाहरूले सार्वजनिक व्यवस्था र राज्यको सुरक्षामा खतरा निम्त्याउन सक्छ, प्रशासनले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ। यस्ता भ्रामक चेतावनीको सङ्ख्याको वृद्धिले नागरिकको उडान र सुरक्षासम्बन्धी मनोबललाई असर गर्नुका साथै देशको आर्थिक सुरक्षालाई पनि अस्थिर बनाउँछ, विज्ञप्तिमा भनिएको छ।
प्रेस ट्रस्ट अफ इन्डिया (पीटीआई) समाचार संस्थाका अनुसार अक्टोबरको मध्यदेखि अहिलेसम्म कम्तीमा २७५ वटा विमानमा बम विस्फोटको धम्की दिइएको छ । अन्य भारतीय सञ्चारमाध्यमका अनुसार यो सङ्ख्या ४०० को हाराहारीमा हुन सक्छ ।कुनै पनि तेस्रो पक्ष जानकारीको लागि दायित्वको छूट पाएका त्यस्ता मध्यस्थहरूले दायित्वहरू पालना गरेनन् भने उनीहरूसँगको सम्झौता लागू हुने छैन, विज्ञप्तिमा भनिएको छ।
‘आर्थिक सुरक्षा’
नागरिक उड्डयन अधिकारीले एक्स (ट्विटर)मा पोस्ट गरिएका खतराको चेतावनीका सन्देशले प्रत्येक उडानहरू जाँच गर्नुपरेको बताएका छन् । चेतावनीले सेवा जोखिमयुक्त भएको भावना फैलिनुका साथै यसबाट प्रत्यक्ष रूपमा कम्पनी र परोक्षरूपमा राज्यलाई आर्थिक क्षति पु¥याएको उनीहरूको बुझाई रहेको छ ।
सरकारी चेतावनीमा कुनै पनि सामाजिक सञ्जाल कम्पनीको नाम उल्लेख गरिएको छैन, तर सूचना प्रविधि मन्त्रालयको परामर्श सूचनालाई उद्धृत गरिएको छ। सूचना मन्त्रालयले भनेको छ, ‘सामाजिक सञ्जाल प्लेटफर्ममा ‘फरवार्डिङ/रि –शेयरिङ रि–पोस्टिङ/रि–ट्वीटिङ’ को विकल्प उपलब्ध भएका कारण यस्ता भ्रामक बमको चेतावनीसहितका सन्देशको फैलावट र अनियन्त्रित वृद्धि देखिएको छ ।’
विज्ञप्तिमा अगाडि भनिएको छ, ‘कम्पनीहरूले देशको एकता, अखण्डता, सार्वभौमिकता, सुरक्षा वा आर्थिक सुरक्षामा खतरा उत्पन्न गर्न सक्ने कुनै पनि अपराधको रिपोर्ट गर्नु पर्दछ र अनुसन्धानमा सहयोग पुर्याउन सरकारी निकायहरूसँग द्रूत सहयोग गर्नुपर्दछ।’
सरकारले उड्डयन र विमान सुरक्षा कानुनमा आमूल परिवर्तन गर्न र त्यस्ता धम्कीलाई गम्भीर वा ‘संज्ञेय’ अपराधको दोषी बनाउन ‘विधायिकी कदम’ बारे छलफल गरिरहेको बताएको छ । लोकतान्त्रिक मुलुकका रूपमा चिनिने भारत सामाजिक सञ्जालका सामग्री हटाउन सरकारले गर्ने अनुरोधका आधारमा हेर्दा विश्वका शीर्ष पाँच मुलुकमध्ये एउटा हो ।
प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारको आलोचना गर्ने ट्विट र एकाउन्टहरू हटाउने आदेशलाई चुनौती दिएका कारा गत वर्ष भारतीय अदालतले एक्सलाई ६१ हजार अमेरिकी डलर जरिवाना गरेको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन १३ गते, २०८२ - २२:१९
काठमाडौँ । नेपाली फुटबलकी गौरव र देशको “गहना” सावित्रा भण्डारी साम्बा अहिले आफ्नो खेल जीवनको सबैभन्दा चुनौतीपूर्ण मोडमा छिन्। मैदानमा देशको झण्डा उँचो...
फाल्गुन १३ गते, २०८२ - २२:१४
कञ्चनपुर । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर–१ मा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का उम्मेदवार देपेन्द्रबहादुर शाहीले पार्टी परित्याग गर्दै नेपा...
फाल्गुन १३ गते, २०८२ - २२:०९
झापा । निर्माणाधीन ‘एसियन हाइवे’को काँकडभिट्टा–लौकही सडकखण्ड अन्तर्गत विभिन्न स्थानमा आठ किलोमिटर सडकमा पहिलो तहको कालोपत्र गरिएको छ । काँकडभिट्टाद...
फाल्गुन १३ गते, २०८२ - २२:०३
ललितपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा ललितपुर–३ निर्वाचन क्षेत्र विशेष ध्यानको केन्द्रमा छ। यहाँ यो निर्वाचन केवल उम्मेदवारहरू...
फाल्गुन १३ गते, २०८२ - २०:३२
ललितपुर । ललितपुर–१ आगामी निर्वाचनमा राजनीतिक मोडमा पुगेको छ। यहाँको चुनाव केवल उम्मेदवारहरूको मात्र होइन, प्रतीक, सन्देश र परम्पराको पनि हो। यस पटकको...
फाल्गुन १३ गते, २०८२ - २०:१५
झापा । झापा निर्वाचन क्षेत्र नं. २ यसपटक पनि राजनीतिक रूपमा चर्चामा छ। यहाँ विभिन्न राजनीतिक दलका १८ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। नेप...
फाल्गुन १३ गते, २०८२ - १९:५७
जनकपुर । २१ फागुनमा हुने निर्वाचन अगावै सीमा नाका सिल भए पनि मिथिला माध्यमिकी परिक्रमा सहभागीलाई आवतजावतमा अवरोध नहुने भएकाे छ । निर्वाचनलाई लक्षि...
फाल्गुन १३ गते, २०८२ - १९:५६
रुपन्देही । प्रहरीले बुटवलबाट साढे २७ लाख रुपैयाँ भन्दा बढीको बिलबिजक बिनाका सामान बरामद गरेको छ । मङ्गलबार बुटवल उपमहानगरपालिका–८ सुख्खानगर, मैत्र...
फाल्गुन १३ गते, २०८२ - १९:४४
दार्चुला । निर्वाचनको मिति नजिकिएको बेला दार्चुलामा आचारसंहिता उल्लङ्घनका उजुरी परेका छन्। हालैमात्र निर्वाचन आचारसंहिता उल्लङ्घनका छ वटा घट्नाबारे उज...
फाल्गुन १३ गते, २०८२ - १९:४१
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश, संविधान र शान्ति प्रक्रियामाथि खतरा उत्पन्न भए त्यसको सामना गर्न कांग्रे...



प्रतिकृया लेख्नुहोस्: