Ntc summer Offer
Khabar Dabali ११ कार्तिक २०८१ आईतवार | 27th October, 2024 Sun
Investment bank

कञ्चनपुरका तीन ठाउँबाट एक हजार पाँच सय मेट्रिकटन धान खरिद गरिँदै

खबरडबली संवाददाता

कञ्चनपुर । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय महेन्द्रनगरले जिल्लाका तीन ठाउँबाट धान खरिद गर्ने भएको छ । महेन्द्रनगरमा रहेको शाखा कार्यालय, बेदकोट नगरपालिका र शुक्लाफाँटा नगरपालिका क्षेत्रमा डिपो राखेर धान खरिद गरिने भएको हो ।

“स्थानीय तहको समन्वयमा बेदकोट र शुक्लाफाँटामा स्थान निर्धारण गरी धान खरिद गर्ने तयारी गरेका छौँ”, कार्यालय प्रमुख सुदर्शन थापाले भने, “सोमबारदेखि धान खरिद प्रक्रिया सुरु गर्छौं ।” जिल्ला प्राथमिक खरिद समन्वय समितिको बैठक राखेर धान खरिदका लागि छिट्टै निर्णय गरिने उनले बताए । धेरै वर्षपछि कम्पनीले शाखा कार्यालय बाहिर डिपो राखेर धान खरिद गर्न लागेको छ । डिपो राख्नका लागि कम्पनीको प्रदेशस्थित कार्यालयको टोलीले स्थलगत अध्ययन–अनुगमनको कार्य गरिसकेको छ । किसानबाट गुणस्तरीय धान खरिद गरिने उल्लेख गर्दै शाखा प्रमुख थापाले माटो भएको, भुस, पराल भएको, भिजेको धान खरिद नगरिने बताए । कम्पनीले किसानको मात्रै धान खरिद गर्ने भएको छ । व्यापारीको धान भने कम्पनीले खरिद नगर्ने जनाएको छ । 

किसानको गुणस्तरीय धान खरिद भए नभएकाबारे जानकारी लिन प्रमुख जिल्ला अधिकारी अध्यक्ष रहेको जिल्ला खरिद समन्वय समितिले अनुगमन गर्नेछ । निर्धारित समर्थन मूल्यअनुसार प्रतिक्विन्टल तीन हजार चार सय १० रुपैयाँ ५१ पैसामा कम्पनीले किसानबाट मोटो धान खरिद गर्नेछ । जिल्लाका तीनवटै ठाउँबाट एक हजार पाँच सय मेट्रिकटन (पन्ध्र हजार क्विन्टल) धान खरिद गरिने लक्ष्य राखिएको छ । 

गत वर्ष कम्पनीले दुई हजार नौ सय क्विन्टल धान मात्रै खरिद गरेको थियो । कम्पनीले गत वर्ष निर्धारित लक्ष्यअनुसार धान खरिद गर्न सकेको थिएन । लक्ष्य पूरा गर्नका लागि तीन ठाउँमा डिपो राख्नुपरेको बताइएको छ । शाखा कार्यालयले खरिद गरिएको धान कुटानी गरी प्रदेशका माग भएका क्षेत्रमा आपूर्ति गर्दै आएको छ । कम्पनीका शाखा कार्यालय प्रमुख र सहयोगीसहित तीन कर्मचारी कार्यरत रहेका छन् । थोरै कर्मचारी हुँदा धान खरिद गर्नका लागि चुनौती रहेको छ । कम्पनीले डिपो राखेर धान खरिद गर्ने भएपछि स्थानीय किसानले खुसी व्यक्त गरेका छन् । 

“कम्पनीको धान खरिद डिपो स्थानीय तहमा नहुँदा महेन्द्रनगर बजार पुर्‍याएर बेच्नसक्ने अवस्था थिएन”, शुक्लाफाँटाका स्थानीय किसान रामकिसन डगौराले भने, “ढुवानी भाडा नै धेरै लाग्ने हुँदा स्थानीय खरिदकर्ता कहाँ थोरै मूल्यमा बिक्री गर्न बाध्य थियौँ ।” डिपोमा लगेर धान बिक्री गरी उचित मूल्य पाउनेमा उनी आशावादी देखिएका छन् । स्थानीय व्यापारीले अहिले प्रतिक्विन्टल धान रु दुई हजार तीन सयदेखि रु दुई हजार सात सयसम्ममा खरिद गरिरहेका छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अमेरिकाले टस जित्यो, नेपालले पहिला ब्याटिंग गर्ने

काठमाडौं । आइसीसी विश्वकप लिग-२ अन्तर्गत अमेरिकाले टस जितेको छ ।  अमेरिकाका कप्तान मोनांक पटेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका छन् । योसँग...

रेफ्रीले नेपालको गोल दिन अस्वीकार गरेपछि तनाव, खेल अवरुद्ध

काठमाडौं । नेपाल र भारतबीचको साफ महिला च्याम्पियनसिपको सेमिफाइनल खेलमा तनाव भएको छ ।  खेलमा नेपालले गरेको गोललाई रेफ्रीले मान्यता दिन अस्वीकार गरेप...

नेपालले रेखा पौडेललाई रातो कार्ड

काठमाडौं । नेपालकी फरवार्ड रेखा पौडेलले रातो कार्ड पाएकी छन् । भारतविरुद्धको सेमिफाइनलको दोस्रो हाफमा रेखाले दोस्रो पहेलो कार्ड पाएपछि रातो कार्ड प...

लेबनानमा इजरायली हवाई आक्रमणमा १५ को मृत्यु, पाँच घाइते

जेरुसेलम । दक्षिणी लेबनानमा आइतबार बिहान इजरायली हवाई आक्रमणमा १५ जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् । इजरायली ड्रोन र लडाकू विमानहर...

बालुवाटारमा रास्वपाले मंगलबार वृहत् प्रदर्शन गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मंगलबार बालुवाटारमा वृहत् प्रदर्शन गर्ने भएको छ । रास्वपाले मंगलबार दिउँसो १२ बजे बालुवाटारमा वृहत् ...

सहकारी ठगी गरेकाे आराेपमा एमाले सांसदका छोरा सुमन खनाल पक्राउ

विराटनगर । सहकारी ठगी आरोपमा नेकपा एमालेका कोशी प्रदेश सांसद राधाकृष्ण खनालका छोरा सुमन खनाल पक्राउ परेका छन् ।  उनलाई झापाको शिवसताक्षी नगरपालिका–...

काटिएको लाइन जडान गर्न ऊर्जामन्त्री र उद्योगमन्त्रीसँग माग

काठमाडौं । उद्योगी, व्यवसायीले नेपाल विद्युत् प्राधिकरणले उद्योगको लाइन काटेकोप्रति दुःख जनाउँदै काटिएको लाइन तत्काल जडान गरी सहज रूपमा व्यवसाय सञ्चाल...

नेपाली महिला यू- १९ टिमले दिल्लीमा चार अभ्यास खेल खेल्ने

काठमाडौं । नेपाली महिला यू-१९ क्रिकेट टिमले विश्वकपको एशिया क्वालिफायरको तयारी गर्न भारतको नयाँ दिल्लीमा चार अभ्यास खेल खेल्ने भएको छ । नेपाल क्रिकेट ...

सरकार एआईसम्बन्धी नीति निर्माणका क्रममा छ: सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले इन्टेलिजेन्स आर्टिफिसियल (एआई) र रोबर्टजन्य यन्त्रको प्रयोगले नेपालको समृद्धिको यात्र...

प्रधानसेनापतिसँग भारतीय नेशनल क्याडेट क्रप्सको भ्रमणदलको शिष्टाचार भेटघाट

काठमाडौं । प्रधानसेनापतिसँग अशोकराज सिग्देलसँग नेपाल भ्रमणमा रहेका भारतीय नेशनल क्याडेट क्रप्सको भ्रमण दलले शिष्टाचार भेटघाट गरेको छ ।  राष्ट्रिय स...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy