विराटनगर । सहकारी ठगी आरोपमा नेकपा एमालेका कोशी प्रदेश सांसद राधाकृष्ण खनालका छोरा सुमन खनाल पक्राउ परेका छन् ।
उनलाई झापाको शिवसताक्षी नगरपालिका–३ स्थित उन्नति बचत तथा ऋण सहकारी संस्थामा ठगी गरेको आरोप छ । खनाल सोही सहकारीका अध्यक्ष थिए । उनले बचतकर्ता र सेयर सदस्यको झण्डै एक करोड ३८ लाख ३६ हजार ७७० रुपैयाँ ठगी गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ । पक्राउ परेका खनाल झापा क्षेत्र नम्बर ४ (क)बाट निर्वाचित एमालेका प्रदेश सभा सदस्य राधाकृष्ण खनालका छोरा हुन् ।
प्रहरीले उनलाई कात्तिक ५ गते घरबाटै पक्राउ गरिएको थियो । यद्यपि प्रहरीले उनी पक्राउ परेको सार्वजनिक गरेको थिएन । प्रदेश रजिस्टार कार्यालयमा उजुरी परेर त्यहाँबाट परिपत्र आएपछि सहकारीका अध्यक्ष खनाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । खनाललाई हाल जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा राखिएको र अदालतबाट म्याद थपेर अनुसन्धान भइरहेको जनाइएको छ ।
खनालले आर्थिक वर्ष २०७८/७९ मा ७० हजार सेयर रकम हिनामिना गरेको शिवसताक्षी नगरपालिका–३ का वडाध्यक्ष भाष्कर न्यौपानेको नेतृत्वमा गठित समितिको प्रतिवेदनमा उल्लेख छ । सञ्चालक समिति अध्यक्षले संस्था स्थापना भएदेखि नै संस्थाको नगद हिनामिना गरी व्यक्तिगत रूपमा चलाएको र उक्त रकममा संस्थाले ब्याज नपाएको हुँदा संस्थापक अध्यक्षले आर्थिक वर्ष २०७९/८० को अन्त्यसम्ममा एक करोड ६२ लाख ६२ हजार ३६९ रुपैयाँ अनियमितता गरेको देखिएको उक्त प्रतिवेदनमा उल्लेख छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक ११ गते, २०८१ - २१:०७
काठमाडौं । आइसीसी विश्वकप लिग-२ अन्तर्गत अमेरिकाले टस जितेको छ । अमेरिकाका कप्तान मोनांक पटेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका छन् । योसँग...
कार्तिक ११ गते, २०८१ - २०:२८
काठमाडौं । नेपाल र भारतबीचको साफ महिला च्याम्पियनसिपको सेमिफाइनल खेलमा तनाव भएको छ । खेलमा नेपालले गरेको गोललाई रेफ्रीले मान्यता दिन अस्वीकार गरेप...
कार्तिक ११ गते, २०८१ - २०:२५
काठमाडौं । नेपालकी फरवार्ड रेखा पौडेलले रातो कार्ड पाएकी छन् । भारतविरुद्धको सेमिफाइनलको दोस्रो हाफमा रेखाले दोस्रो पहेलो कार्ड पाएपछि रातो कार्ड प...
कार्तिक ११ गते, २०८१ - २०:१४
जेरुसेलम । दक्षिणी लेबनानमा आइतबार बिहान इजरायली हवाई आक्रमणमा १५ जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् । इजरायली ड्रोन र लडाकू विमानहर...
कार्तिक ११ गते, २०८१ - २०:०७
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मंगलबार बालुवाटारमा वृहत् प्रदर्शन गर्ने भएको छ । रास्वपाले मंगलबार दिउँसो १२ बजे बालुवाटारमा वृहत् ...
कार्तिक ११ गते, २०८१ - १९:५९
विराटनगर । सहकारी ठगी आरोपमा नेकपा एमालेका कोशी प्रदेश सांसद राधाकृष्ण खनालका छोरा सुमन खनाल पक्राउ परेका छन् । उनलाई झापाको शिवसताक्षी नगरपालिका–...
कार्तिक ११ गते, २०८१ - १९:५४
काठमाडौं । उद्योगी, व्यवसायीले नेपाल विद्युत् प्राधिकरणले उद्योगको लाइन काटेकोप्रति दुःख जनाउँदै काटिएको लाइन तत्काल जडान गरी सहज रूपमा व्यवसाय सञ्चाल...
कार्तिक ११ गते, २०८१ - १९:४६
काठमाडौं । नेपाली महिला यू-१९ क्रिकेट टिमले विश्वकपको एशिया क्वालिफायरको तयारी गर्न भारतको नयाँ दिल्लीमा चार अभ्यास खेल खेल्ने भएको छ । नेपाल क्रिकेट ...
कार्तिक ११ गते, २०८१ - १९:४१
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले इन्टेलिजेन्स आर्टिफिसियल (एआई) र रोबर्टजन्य यन्त्रको प्रयोगले नेपालको समृद्धिको यात्र...
कार्तिक ११ गते, २०८१ - १९:३५
काठमाडौं । प्रधानसेनापतिसँग अशोकराज सिग्देलसँग नेपाल भ्रमणमा रहेका भारतीय नेशनल क्याडेट क्रप्सको भ्रमण दलले शिष्टाचार भेटघाट गरेको छ । राष्ट्रिय स...
प्रतिकृया लेख्नुहोस्: