काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले पुँजी बजार, धितोपत्र व्यवसाय तथा बीमा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूसँग आज विशेष छलफल गर्ने भएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सोमबार दिउँसो १२ बजे हुने बैठकमा नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष गोपाल भट्ट, नेपाल स्टक एक्सचेन्ज ९नेप्से०का अध्यक्ष अमृत लम्साल, स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकाल तथा नासा सेक्युरिटिजका सन्दीप जलान सहभागी हुने कार्यक्रम छ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार छलफलमा नेप्सेका पूर्व प्रमुख कार्यकारी अधिकृत सीताराम थपलिया, नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख नवराज सिलवाल, नागरिक स्टक डिलर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत महेश्वरलाल श्रेष्ठ, प्रियाराज रेग्मी तथा अम्बिकाप्रसाद पौडेलको पनि सहभागिता रहनेछ।
बैठकमा पुँजी बजारको वर्तमान अवस्था, धितोपत्र व्यवसायको विकास, बीमा क्षेत्रको सुदृढीकरण, आवश्यक नीतिगत सुधारका उपाय तथा समग्र राष्ट्रिय अर्थतन्त्रसँग सम्बन्धित समसामयिक विषयमा विस्तृत छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
सरकारले वित्तीय क्षेत्रको सुधार, लगानीमैत्री वातावरण निर्माण तथा पुँजी बजारप्रति लगानीकर्ताको विश्वास अभिवृद्धि गर्ने उद्देश्यका साथ सरोकारवालासँग प्रत्यक्ष संवाद गर्न लागेको बताइएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ४ गते, २०८३ - १८:०५
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र एकता कायम राख्न नेतृत्व तहमा निरन्तर संवाद भइरहेको बताएका छन्। तर, निवर्तमान सभा...
श्रावण ४ गते, २०८३ - १६:५७
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले पुँजी बजार र धितोपत्र व्यवसाय क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। ...
श्रावण ४ गते, २०८३ - १६:३६
काठमाडौं । बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना हुँदा चालकसहित ९ जना घाइते भएका छन्। प्रहरीका अनुसार हिमाली गाउँपालिका–५, क्युडीस्थित कुवाडी–क...
श्रावण ४ गते, २०८३ - १६:२८
काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले लेबल नभएका, कम गुणस्तर र गैर–खाद्य पदार्थ मिसावटयुक्त दैनिक अत्यावश्यक खाद्यवस्तुको बिक्री नग...
श्रावण ४ गते, २०८३ - १६:२०
फिदिम। पाँचथरको फालेलुङ गाउँपालिका–२ एकतिन स्थित जोरपोखरी–एकतिन–मेमेङ सडक खण्डमा भीषण पहिरो गएको छ । पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । ...
श्रावण ४ गते, २०८३ - १६:०८
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पछिल्लो २४ घण्टामा देशभर विपद्जन्य ६२ वटा घटना भएका छन् । सो अवधिमा मुलुकका विभि...
श्रावण ४ गते, २०८३ - १६:००
काठमाडौँ। जल तथा मौसम विज्ञान विभागले बुधबारदेखि वर्षा क्रमश: कम हुँदै जाने जानकारी दिएको छ । विभागले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न...
श्रावण ४ गते, २०८३ - १५:५०
चितवन। दाह्रा काटेपछि ध्रुर्वे निकुञ्जभित्रै बस्न थालेको छ । ध्रुर्वे जङ्गली हात्ती हो । यो चितवन राष्ट्रिय निकुञ्जभित्र बस्दै आएको छ । हात्तीले ग...
श्रावण ४ गते, २०८३ - १५:४१
विराटनगर। विराटनगर भन्सार कार्यालयबाट हुने वैदेशिक व्यापारमा प्रशोधित भटमासको तेल सबैभन्दा धेरै निर्यात हुने वस्तुको सूचीमा पहिलो स्थान रहेको छ । ...
श्रावण ४ गते, २०८३ - १५:३२
काठमाडौं । नेपाली सेयर बजारले वृद्धिको लयलाई निरन्तरता दिएको छ। साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक ४१.७० अंकले बढ्दै २७१९ अंकमा पुगेको छ। ...



प्रतिकृया लेख्नुहोस्: