Ntc summer Offer
Khabar Dabali ७ मंसिर २०८१ शुक्रबार | 22nd November, 2024 Fri
Investment bank

फिलिपिन्समा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या ११६ पुग्यो, ३९ अझै वेपत्ता

खबरडबली संवाददाता

मनिला । गत हप्ता फिलिपिन्समा आएको ट्रामी नाम दिइएको आँधीले निम्त्याएको बाढी तथा पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ११६ जना पुगेको छ । आँधीका कारण ३९ जना अझै बेपत्ता रहेको फिलिपिन्सको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन परिषद्ले सोमबार जनाएको छ । 

स्थानीय अधिकारीहरूका अनुसार ट्रामीले फिलिपिन्सका १७ वटा क्षेत्रमा ६७ लाखभन्दा बढी मानिसहरूलाई प्रभावित बनाएको छभने अझै बाढी पहिरोका प्रभावितहरूको खोजी कार्य जारी रहेको छ । यस वर्ष फिलिपिन्समा आएका चक्रवातमध्ये ट्रामी ११ औँ चक्रवात हो र यसले विशेष गरी बिकोल, क्यालाबारजोन र मध्य तथा दक्षिणी फिलिपिन्सका क्षेत्रहरूमा तुलनात्मक रुपमा बढी क्षति गरेको भएपनि फिलिपिन्सभरि प्रभाव पारेको थियो । आँधीसँगै आएको बाढीले राजमार्ग , पुललगायतका संरचना ध्वस्त पारी यातायात अवरुद्ध भएको छ । 

शुक्रबार ट्रामी फिलिपिन्सबाट बाहिरिए पनि पीडितहरू अझै खाना, पानीलगायतका आधारभुत आवश्यकता आपुर्तिको पर्खाइमा रहेका छन् । शनिबारदेखि बाढीपहिरोको प्रवाव कम भएपछि केही पीडितहरू आफ्नो घर फर्कन थालेका छन् । यद्यपि, परिषद्ले करिब दश लाख विस्थापितहरू अझै पनि निकासी केन्द्रमा वा आफन्तहरूसँग बसिरहेको जनाएको छ । 

चक्रवात ट्रामीले पूर्वाधारमा अनुमानित क्षति २६.३५ मिलियन अमेरिकी डलर तथा कृषिमा ४३ मिलियन अमेरिकी डलर बराबरको क्षति पुगेको जनाइएको छ । फिलिपिन्सले अर्को उष्णकटिबन्धीय चक्रवात, कङ–रेको सामनाको तयारी गरिरहेको छ, जुन लुजन टापुबाट ७५५ किलोमिटर पूर्वमा फिलिपिन्स सागरमा सोमबार बिहान अवतरण भएको छ । यो चक्रवात पनि तीव्र गतिसहित आउने हुँदा विनासकारी बन्नसक्ने मौसम विभागले चेतावनी दिएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चितवनमा मानव बेचबिखन आरोपमा एक पक्राउ

चितवन । वैदेशिक रोजगारीका लागि निःशुल्क विदेश पठाइदिन्छु भनी पाँच युवतीलाई बेच्न लगेको आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनले एकजनालाई पक्राउ गरेको छ ।...

दुई दशकदेखि सुकुम्बासीको प्रश्न: जग्गा कहिले पाइन्छ ?

कैलाली । अछाम रामारोशनका बुदे टमटा १९ वर्ष पहिले अछामबाट कैलालीको टीकापुर झरे । २०६२ सालमा टीकापुरमा जग्गा पाइन्छ भन्ने सुनेर टीकापुर झरेका उनी टीकापु...

दैलेखको सिस्नेमा बस दुर्घटना हुँदा आठ घाइते

दैलेख । कर्णाली राजमार्गको दैलेख सडकखण्ड, आठविस नगरपालिका–३ सिस्नेमा बस दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । बसको ब्रेक फेल भई भित्तामा ठोकिएर दुर्घ...

नगराइनकाे नगरसभा नहुँदा शिक्षक तथा कर्मचारीले तलबसमेत पाएनन्

धनुषा । धनुषाको नगराइन नगरपालिकाअन्तर्गत विभिन्न वडा तथा शाखामा कार्यरत कर्मचारी तथा शिक्षकले विगत चार महिनादेखि तलब सुविधा पाएका छैनन् । त्यसको विरोध...

माओवादी पार्टीहरु एकताको प्रक्रियामा छन्: अध्यक्ष प्रचण्ड

चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विभाजन भएका माओवादी पार्टीहरु एकताको प्रक्रियामा रहेको बताएक...

रुसले क्षेप्यास्त्र आक्रमण गर्ने सम्भावनापछि युक्रेनको संसद बैठक रद्द

काठमाडौँ । युक्रेनको संसदले किभमा रुसी क्षेप्यास्त्र आक्रमणको खतरालाई ध्यानमा राख्दै शुक्रबारको बैठक रद्द गरेको छ  । युक्रेनी सांसद येभगेनिया क्रभचुकल...

एआइजी ढकाल र गुरुङलाई दर्ज्यानी चिन्ह

काठमाडौं । नेपाल प्रहरीका दुई जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)ले दर्ज्यानी चिन्ह पाएका छन् । बिहीबारको मन्त्रिपरिषद बैठकले बढुवा गरेका एआइजी बु...

चितवनबाट पनि रवि र छविसहित १० जनाविरुद्ध पक्राउ पुर्जी जारी

चितवन । सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत चितवनका न्यायाधीश ...

तस्करीमा झापा प्रहरीको कारबाही, एउटै घरबाट सवा १२ लाखको कपडा बरामद

झापा । भारतसँग जोडिएको झापाको सिमावर्ती कचनकवल गाउँपालिकाबाट प्रहरीले ठूलो परिमाणमा भन्सार छलेर ल्याइएको लत्ताकपडा बरामद गरेको छ । कचनकवल गाउँपालिका व...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy