धनगढी । कैलालीमा ३३ ग्राम २७० मिलिग्राम लागुऔषध खैरो हेरोइनसहित पाँचजना पक्राउ परेका छन् । जिल्लाका विभिन्न स्थानबाट खैराे हेराेइनसहित पाँचजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयको अपराध अनुसन्धान शाखाबाट प्रहरी नायव निरीक्षक गजेन्द्रबहादुर चन्दको नेतृत्वको टोलीले जिल्ला धनगढी उपमहानगरपालिका-१ काे साथी होटल पछाडिको गल्लीबाट १० ग्रामसहित दुई जनालाई पक्राउ गरेकाे छ ।
पक्राउ पर्नेमा धनगढी-२ बस्ने २४ वर्षीय उमेश चौधरी र भारतकाे लखिमपुर पलिया बस्ने २५ वर्षीय प्रदिप मौरे रहेका छन् । यस्तै अछामकाे चौरपाटी गाउँपालिका-१ घर भएर धनगढी उपमहानगरपालिका-४ बस्ने प्रियंका होटेलका संचालक ३६ वर्षीय बिजय साउँदलाई पनि ३ ग्राम ३८० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको छ ।
यस्तै इलाका प्रहरी कार्यालय टीकापुर र प्रहरी चौकी कालाकुण्डाको संयुक्त टोलीले टिकापुर नगरपालिका-९ खग्रौला चेक पोष्ट नजिकैबाट लम्कीचुहा नगरपालिका-१ बस्ने २२ वर्षीय उपेन्द्र साउदलाई १९ ग्राम ६८० मिलिग्रामसहित पक्राउ गरेको हो । साउँदले चलाएको सुपप्र ०१-००९ प ३४१६ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यस्तै लम्कीचुहा नगरपालिका-२ मोतिपुर बस्ने २० वर्षीय रोशन शाहीलाई पनि पक्राउ गरिएको छ । शाहीलाई शंका लागेर चेकजाँच गर्दा उनको साथबाट शुद्ध तौल २१० मिलिग्राम लखैरो हेरोइन बरामद गरिएको छ । पक्राउ परेका सबैलाई नियन्त्रणमा राखेर अनुसन्धानक भइरहेको कैलालीका प्रमुख उपरीक्षक(एसपी) पदमबहादुर विष्टले बताए । विष्टले जिल्ला प्रहरी कार्यालयले चलाएकाे लागुऔषध दुर्व्यसनी नियन्त्रण अभियान अन्तरगत उनीहरू पक्राउ परेकाे बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - २०:३५
काठमाडौँ । नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि भोलि(बुधबार) बिहान ८ बजे मतदान हुने भएको छ । आज हुने भनिएकाे मतदान प्राविधिक समस्याका कारण स्थगित ...
पौष १ गते, २०८२ - २०:१८
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । नयाँ नेतृत्व(अध्यक्ष)का लागि केपी शर्मा ओली र ईश्वर पोखरेल चुनावी मैदानमा उत्रिएका...
पौष १ गते, २०८२ - २०:१२
खोटाङ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता हरिबोल गजुरेलले समाजवादी क्रान्तिका लागि शक्ति सञ्चय गर्न वामपन्थी राजनीतिक दलहरूबीच पार्टी एकता गरिएक...
पौष १ गते, २०८२ - १९:१२
काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा (देवराज) पक्राउ परेका छन् । ...
पौष १ गते, २०८२ - १९:०४
दुर्गा दाहाल दानवीय र अमानवीय नर नारी दुवै हुन् रे वेश्यालयमा बालिका बेच्न नारी नै छन् रे । लैगिक हिंसा र बलत्कारी महिला नै हुनै रे दिनमा नारा ...
पौष १ गते, २०८२ - १८:५३
काठमाडौं । नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपा...
पौष १ गते, २०८२ - १८:४९
कैलाली । ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले जनताले चुस्तदुरुस्त पारदर्शीतासहितको भ्रष्टाचार मुक...
पौष १ गते, २०८२ - १८:१४
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना गरेको छ । विभागले उद्योग तथा फर्म...
पौष १ गते, २०८२ - १८:१०
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाइका प्रमुख बिनेश मुनकर्मीविरुद्ध २ कर...
पौष १ गते, २०८२ - १७:५९
काठमाडौं । मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालका तीन अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ । जसअनुसार एआईजी नारायण...




प्रतिकृया लेख्नुहोस्: