Khabar Dabali ७ असार २०८३ आईतवार | 21st June, 2026 Sun
Investment bank

जिम्मेवारी इमान्दारीपूर्वक पूरा गरौँ : कृषिमन्त्री अधिकारी

खबरडबली संवाददाता

खजुरा। संघीय सरकारका कृषि तथा पशुपन्क्षी विकासमन्त्री रामनाथ अधिकारीले कार्यालयका सबै कर्मचारीले आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक पूरा गर्न आवश्यक रहेको बताएको छन् । 

कृषि सम्बद्ध कार्यालयहरुको अनुगमन तथा निरीक्षणका क्रममा नेपालगन्ज आउनुभएका मन्त्री अधिकारीले मङ्गलबार बिहान कृषि अनुसन्धान निर्देशनालय लुम्बिनी प्रदेश कार्यालय खजुरामा आयोजित एक कार्यक्रममा सम्बद्ध कर्मचारीलाई निर्देशन दिनेक्रममा सो कुरा बताएको हो । 

“हामीसँग उपलव्ध कृषि वैज्ञानिक तथा प्राविधिकहरु जति हुनुहुन्छ, तपाइँहरु सबै किसानका समस्या सुन्न र समाधान गर्नका लागि उहाँहरुका खेतबारीमै पुग्नुहोस्, गरिबीको रेखामुनी रहेका किसानको मर्का बुझ्नु होस् र समस्या समाधान गर्नुहोस्, आफ्नो पदीय जिम्मेवारीअनुसार इमान्दारीताका साथ काम गर्नुहोस्” कृषिमन्त्री अधिकारीले भने।

कृषिसँग आबद्ध रहेका सबै कार्यालयले गरिबीको रेखामुनि रहेको आम नेपाली किसानको जीवनस्तर उकास्नका लागि दीर्घकालीन कार्ययोजना तथा कार्यक्रम बनाउनुहोस्” मन्त्री अधिकारीले भन्नुभयो, “आफूले सकेको र कार्यालयले सक्ने जति आवश्यक सहयोग गर्नुहोस्, कहीँ कतै पनि कमजोरी नगरेर किसानसँग आबद्ध भएर उत्पादनलाई कसरी वृद्धि गर्न सकिन्छ भन्नेतर्फ लाग्नुहोस् ।”

मन्त्री अधिकारीले आफू मन्त्री बनेर आएको करिब चार महिना पुग्न लागेको भन्दै भने, “म मन्त्री बनेर आएको चार महिना पुग्दैछ, नेपाल कृषि अनुसन्धान परिषद्मा तमाम समस्याका चाङ छन, ऐतिहासिक पृष्ठभूमि बोकेको संस्था अहिले अत्यन्तै लथालिङ्ग अवस्थामा रहेको पाएँ । सुधार गर्न समय लाग्छ, पहल गर्दैछु, सुधार गर्नका लागि आवश्यक कदम चाल्नेछु ।”

परिषद्का अध्यक्षसमेत रहेका मन्त्री अधिकारीले भने, “म मन्त्रालयको मन्त्रीका साथै कृषि अनुसन्धान परिषद्को अध्यक्षसमेत भएको नाताले यहाँभित्र देखिएका बेथितीहरुको नैतिक जिम्मेवारी मेरै हुन्छ, मेरो जिम्मेवारीमा र दायीत्वभित्र पर्ने कामलाई मैले इमान्दारीताका साथ गरेर देखिएका तमाम समस्याका समाधान गर्न पहल गर्नेछु ।”

कृषि कर्म गर्ने किसानहरुको अभिभावक भनेकै कृषि वैज्ञानिक र प्राविधिक भएको हुँदा कर्मचारीलाई मोबाइलमा तास खेलेर मात्र समय नबिताउन आग्रह गर्दै मन्त्री अधिकारीले फिल्डमै पुगेर कृषि कर्म गर्ने किसानहरुको साथ दिन निर्देशनसमेत दिए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेसले जस्तो नेतालाई 'भगवान्' र 'बा' बनाउने गल्ती रास्वपाले नगरोस्: सभापति थापा

चितवन। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिक दलले आफ्ना नेतालाई 'भगवान्' वा 'बा'बनाउने प्रवृत्तिका कार...

स्थापना भएको चार वर्षमै प्राप्त गरेको जनसमर्थन लोभलाग्दो छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थापना भएको चार वर्षमै प्राप्त गरेको जनसमर्थन लोभलाग्दो र...

वैकल्पिक राजनीतिको उपलब्धि रास्वपा हो : बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आफूले वर्षौंदेखि पैरवी गर्दै आएको वैकल्पिक राजनीतिको उपलब्धिका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्व...

रास्वपा कहाँ उभिन्छ भन्ने चासो छ : प्रदीप ज्ञवाली

चितवन । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले राष्ट्रिय राजनीतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कहाँ उभिन्छ भन्ने विषयमा सबैको चासो रहेको बताएका ...

इतिहासले दिएको अवसर चुकाए रास्वपा र नेतृत्वलाई मात्र नभई देशलाई धोका हुनेछ: अध्यक्ष लिङ्देन

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकमा विद्यमान समस्याहरूको समाधान र विकासका लागि राजनीतिक दलहरूबिच रा...

अन्य दलहरूको तुलनामा रास्वपा र नेकपाबीच धेरै विषयमा समानता छ: वर्षमान पुन

काठमाडौं । नेकपा नेता वर्षमान पुन अनन्तले आफ्नो पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच धेरै विषयमा समानता रहेको बताएका छन्। रास्वपाको प्...

ऐतिहासिक जिम्मेवारी र चुनौती अब रास्वपामाथि पनि आइपुगेको छ : अध्यक्ष यादव

काठमाडौँ। जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले आर्थिक विकास र समृद्धिको सबैभन्दा महत्वपूर्ण सर्त सुशासन भएको बताएको छन् ।  राष्ट्र...

बालेनले राजा ल्याउँछ भनेर रास्वपालाई भोट दिएका छन्: राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजावादी मतदाताको समेत समर्थन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ...

रास्वपाको शक्ति आक्रोश मात्र होइन, आशा र विकल्प हुनुपर्छ: स्वर्णिम वाग्ले

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति  एवम् अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले आफ्नो पार्टी केवल सरकार फेर्ने अभियानमा मात्र नभई समग्र...

हाम्रो प्रधानमन्त्री अलग हि लेभलका बन्दा है- सिके राउत

काठमाडौं । सिके राउतले प्रधानमन्त्री बालेन्द्र शाहको खुलेर प्रशंसा गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन समारोहलाई सम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending