सिराहा । सिराहाको लहान नगरपालिका– ४ मण्डल टोलमा श्रीमानको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले श्रीमतीलाई पक्राउ गरेको छ । लहानस्थित मालपोत कार्यालयमा कार्यालय सहयोगीको रूपमा कार्यरत करिब ४६ वर्षीय बद्रीनारायण ठाकुरको हत्यामा संलग्न रहेको आरोपमा उनकी श्रीमती करिब ३१ वर्षीया मालती ठाकुरलाई आइतबार पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतीले जानकारी दिए ।
उनका अनुसार पक्राउ गरिएकी मालतीलाई कर्तव्य ज्यान मुद्दामा अनुसन्धानका लागि म्याद थप गर्न अदालत लगिएको छ । ठाकुरको शव शनिबार राति आफ्नै घरको भर्याङमुनि भेटिएको स्थानीय बासिन्दाले दिएको सूचनाको आधारमा तत्काल घटनास्थलमा प्रहरी परिचालन गरी आइतबार घटनास्थलको मुचुल्कालगायतका प्रक्रिया पूरा गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घटनामा संलग्न व्यक्तिको खोजीका लागि आइतबार बिहान जनकपुरधामस्थित मधेश प्रहरी कार्यालयबाट ल्याइएको तालिमप्राप्त कुकुरको सहयोगमा मृतककी श्रीमतीलाई पक्राउ गरिएको हो । एक छोरा र एक छोरी रहेका ठाकुरको हत्याको कारण श्रीमतीको अन्य व्यक्तिसँगको सम्बन्ध हुन सक्ने प्रहरी आशंका छ । मृतकको आइतबार लहान प्रादेशिक अस्पतालमा पोस्टमार्टम गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ९ गते, २०८२ - २०:३८
जुम्ला । यार्सा सङ्कलनमा गएका जुम्लाका दुई जनाको मृत्यु भएको छ । तातोपानी गाउँपालिका वडा नम्बर ८, टोप्ला गाउँकी २७ वर्षीय कल्पना शाही र गुठिचौर गाउँपा...
जेष्ठ ९ गते, २०८२ - २०:१६
जुम्ला । जुम्लामा चट्याङ लागेर एक जना महिलाकाे मृत्यु भएको छ । बिहिवार दिउँसो ४ बजे चट्याङ लागेर जिल्लाकाे तातोपानी गाउँपालिका- ८ स्थित टाेप्ला गा...
जेष्ठ ९ गते, २०८२ - २०:११
काठमाडाैं । राष्ट्रिय मानव अधिकार आयोगले संक्रमणकालीन न्यायको विषयमा पीडितको सन्तुष्टिलाई केन्द्रमा राखेर काम गर्न आग्रह गरेको छ । आयोगले संक्रमणका...
जेष्ठ ९ गते, २०८२ - २०:०६
फुङ्लिङ । ताप्लेजुङमा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको सिदिङवा गाउँपालिका वडा नं. ६ स्थित मेहेलेको फावा खोलाले बगाउँदा मेहेले निवासी व...
जेष्ठ ९ गते, २०८२ - १९:५९
बागलुङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रप्रति जनतामा नयाँ आशा पलाएको बताएका छन् । ...
जेष्ठ ९ गते, २०८२ - १९:०६
काठमाडाैं । चीनकाे महत्वकांक्षी परियाेजना बीआरआईमा चीन-पाकिस्तान र अफगानिस्तानबीच नयाँ सहमति भएकाे छ । चिनियाँ संचारमाध्यमहरूका अनुसार आर्थिक करिडोर (...
जेष्ठ ९ गते, २०८२ - १८:५८
काठमाडाैं । हनिट्रयापमा फसाएर जग्गा र पैसा माग्दे दुई युवती पक्राउ परेका छन् । कैलालीको गोदावरी–१० दमौरा घर भएकी ममता तामाङ र भक्तपुर–१७ सल्लाघारीकी आ...
जेष्ठ ९ गते, २०८२ - १८:४८
उदयपुर । उदयपुरमा यौनधन्दा चलाउने र संलग्न हुने १३ जनाविरुद्ध मानव बेचबिखन तथा ओसारपसारको मुद्दा दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख...
जेष्ठ ९ गते, २०८२ - १८:३९
मुगु । यार्सागुम्बा संकलन गर्न हिँडेका एक युवक चिप्लिएर मुगु कर्णाली नदीमा बेपत्ता भएका छन् । मुगुको मुगुम कार्मारोङ गाउँपालिका–५, सेरोग गाउँका ४० ...
जेष्ठ ९ गते, २०८२ - १८:३५
मकवानपुर । मकवानपुरको मनहरीमा बाघको आक्रमणबाट एकजना महिला घाइते भएकी छिन् । प्रहरीका अनुसार स्थानीय ४० वर्षीया फूलमाया चेपाङ घाइते भएकी हुन् । गाउँ...
प्रतिकृया लेख्नुहोस्: