पोखरा । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ। पछिल्लो समय गत १६ जेठमा मुख्यमन्त्री नियुक्त पाण्डेले अघिल्लो कार्यकालमा बुझाएको सम्पत्ति विवरण तुलनामा थप सम्पत्ति जोडेका छन्।
मुख्यमन्त्री पाण्डेको गोरखाको पालुङटार नगरपालिका र काठमाडौँमा घरजग्गा छ । यो सम्पत्ति उनले पैत्रिक भनेका छन् । उनको पालुङटार, कपिलबस्तु नगरपालिका र भक्तपुरको सूर्यविनायक नगरपालिकामा जग्गा रहेको उल्लेख गरेका छन्।
धनाढ्य मूख्यमन्त्री
पालुङटारमा ३ कित्तामा करिब ३६ रोपनी, कपिलबस्तुमा २ कित्तामा ५ कठ्ठा ६ धुर, सूर्यबिनायकमा ५ कित्तामा करिब १० रोपनी जग्गा रहेको छ । उनीसँग ४५ तोला सुन, ७ सय तोला चाँदी, २ सेट हिरा र १ मोती छन् । यसअघि, सम्पत्ति विवरण बुझाउँदा सुन ४२ तोला र चाँदी ५ सय तोला रहेको बताएका उनको अहिले ३ तोला सुन बढेको हो । चाँदी २ सय तोला थप जोडेका छन्।
उनले आफू र पत्नी बिना शर्मा पाण्डे र छोरा सुयोग्यराज पाण्डेको नाममा विभिन्न बैंकमा बचत रकम जम्मा गरेका छन्। उनको एभरेष्ट बैंक, नबिल बैंक, एसबिआई बैंक र कृषि विकास बैंकमा २७ लाख ७४ हजार बचत छ । पहिले सम्पत्ति विवरण बुझाउँदा उनीसँग २४ लाख ९६ हजार बचत थियो । अहिले थप रकम पनि जोडेका हुन् ।
पत्नीको नाममा प्रभू र ग्लोबल आईएमई बैंकमा उपदानवापत २७ लाख र जग्गा बिक्रीबाट ४४ लाख मुद्दति खातामा रहेकाे उल्लेख गरेेका छन् भभने बचत खातामा ६७ हजार रहेकाे बताएका छन् । छोराको नाममा ग्लोबल आईएमई र एसबिआई बैंकमा ४ लाख ७८ हजार रुपैयाँ बचत रहेकाे बताएका छन् ।
धितोपत्र, शेयर वा ऋणपत्रतर्फ मुख्यमन्त्रीले दियालो फुडल्याण्ड प्रालिमा ६१ हजार १ सय कित्ता, बैंक तथा वित्तीय संस्थामा ५ हजार कित्ता, पत्नीको नाममा विभिन्न बैंक तथा वित्तीय संस्थामा करिब ५ हजार कित्ता र छोराको नाममा करिब ४ हजार कित्ता शेयर छ।
उनले ती शेयर कित्ता जग्गा बिक्री, व्यवसाय र तलबबाट आर्जन गरेको दाबी गरेका छन्। पत्नीको नाममा मारुती बलेरो कार छ।पाण्डे नेतृत्वमा गण्डकी ९ सदस्यीय मन्त्रिमण्डल छ । अन्य मन्त्रीहरुको पनि सम्पत्ति विवरण सार्वजनिक भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १८ गते, २०८३ - २०:०६
काठमाडौँ । १३८औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट अखिल नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)ले काठमाडौँको भृकृट...
बैशाख १८ गते, २०८३ - १९:५८
काठमाडौं । नेपाल मेडिकल काउन्सिलले थप १९ जना चिकित्सकको दर्ता प्रमाणपत्र (लाइसेन्स) खारेज गरेको छ। काउन्सिलका रजिस्ट्रार डा सतिशकुमार देवका अनुसार ...
बैशाख १८ गते, २०८३ - १९:५३
पर्सा । सिमरास्थित विशेष आर्थिक क्षेत्र (सेज) प्राधिकरण मातहत रहेको ४९० बिघा जमिन अतिक्रमण भएको छ । सेजको सो जग्गामा अहिले करिब छ सयभन्दा धेरैले घरटहर...
बैशाख १८ गते, २०८३ - १९:४८
काठमाडाैँ । टर्कीएको प्रहरीले शुक्रबार इस्तानबुलमा मे दिवसको प्रदर्शनमा अश्रुग्यास प्रहार गर्नुका साथै दर्जनौँ मानिसहरूलाई पक्राउ गरेको छ। सिएचडी लयर्...
बैशाख १८ गते, २०८३ - १९:४३
राेल्पा । रुकुमपूर्वबाट रोल्पाको जलजलातर्फ जाँदै गरेको जीप बिहीबार दिउँसो दुर्घटनामा पर्यो । उक्त दुर्घटनामा परी २० जनाको मृत्यु भयो भने एक जना घाइत...
बैशाख १८ गते, २०८३ - १९:३७
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल ले सम्पत्ति शुद्धीकरण निवारण (मनी लाउन्डरिङ) सम्बन्धी अध्यादेश जारी गरेका छन्। राष्ट्रपति कार्यालयका प्रवक्ता...
बैशाख १८ गते, २०८३ - १९:३२
काठमाडौँ । लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले एक थान पेस्तोल, म्यागेजिन र लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बूढानील...
बैशाख १८ गते, २०८३ - १९:२९
काठमाडौं । जनकपुरधामस्थित कृष्णा मेडिकल एण्ड टेक्निकल रिसर्च सेन्टरमा शल्यक्रियापछि एक महिलाको मृत्यु भएको घटनामा उत्पन्न विवाद सहमतिमा टुंगिएको छ। ...
बैशाख १७ गते, २०८३ - २०:५०
काठमाडौं । सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगले सुरक्षा निकायका डीएसपी तहसम्मका अधिकृतहरूको सम्पत्ति जाँचबुझ गर्ने भएको छ। मन्त्रिपरिषद्को निर्...
बैशाख १७ गते, २०८३ - २०:४५
नयाँ दिल्ली । अनलाइन छलीमा वृद्धि हुँदा भारतले कडा सुरक्षा उपायहरू अपनाएको छ । भारतको केन्द्रीय बैङ्कले अनलाइन अपराधमा भएको वृद्धिलाई रोक्न सिफारिसहरू...


प्रतिकृया लेख्नुहोस्: