काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नेपाल–भारत सिमाना बन्द गरेर भिसा प्रणाली लागू गर्नुपर्ने बताएका छन् । बुधबार राष्ट्रिय सभाअन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सुपारीको उत्पादन र निकासीमा भएका समस्याका सम्बन्धमा छलफल गर्दै उनले यस्तो बताएका हुन् ।
सदस्य गौतमले नेपाल–भारत खुला सिमानाका कारण नेपालमा उत्पादन भएका वस्तुहरु भन्सार बाहिरबाट भारतमा निर्यात हुने गरेको भन्दै सीमानामा पर्खाल लगाउनुपर्ने जिकिर गरे । उनले सुपारी निर्यातको विषय सरकारले टुङ्ग्याउन नसक्नु सरकारको असक्षमता भएको उल्लेख गर्दै सरकारमा रहेका व्यक्तिहरु नै तस्करहरुसँग मिलेर काम गरिरहेका आरोप लगाए । उनले खुला सिमाना बन्द गर्दै भिसा प्रणाली लागू गर्नुपर्नेमा जोड दिए ।
उनले भने, ‘‘नेपाल र भारतका बिचमा सिमाना खुल्ला छ । हाम्रो देशका ठूल्ठूला पार्टीहरु ५०-६० वर्षदेखि बन्द सिमाना कायम गर भन्दै आएका छन् । नेपालमा उत्पादन भएको वस्तु भन्सार नतिरिकन खुला सिमानाबाट भारततिर गएको छ । भन्सारबाट मात्रै जाने व्यवस्था गरौँ । पर्खाल लगाऔँ । नेपाल–भारतको बिचमा तार लगाऔँ । खुला सिमाना बन्द गर । मेरो आजको प्रस्ताव यही हुन्छ । नेपाल–भारत सिमाना बन्द गर । भिसा प्रणाली लागू गर ।’’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ११ गते, २०८१ - १७:२२
काठमाडाैं । शुक्रबार साँझबाट वर्षा र हिमपात गराउने प्रणाली भित्रिने भएको छ । यसको असर शनिबारसम्म रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाख...
पौष १० गते, २०८१ - २१:०१
कैलाली । कैलालीमा सुनचाँदीका गहनासहित दुई जना पक्राउ परेका छन् । बाजुरा बुढीगंगा नगरपालिका १० बस्ने २५ वर्षीय सुजन शाही र कैलालीको लम्कीचुहा नगरपालिका...
पौष १० गते, २०८१ - २०:५१
पर्सा । पर्साको सखुवाप्रसौनी गाउँपालिका -३, कौवाबन र कटैया गाउँका मुसहरबस्तीमा न्यानो कपडा वितरण गरिएको छ । अमर क्षेत्री फाउन्डेसनले मुसहरवस्तीमा कम्ब...
पौष १० गते, २०८१ - २०:३१
काठमाडौं । नेपाली कांग्रेसले सय दिने विशेष अभियानको समयावधि थप्ने भएको छ । बाढी पहिरो, चाडपर्व, उपनिर्वाचन लगायत कारणले कार्यसम्पादन हुन नसेकका जिल्ला...
पौष १० गते, २०८१ - २०:२६
कञ्चनपुर । कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सयौँ बिघा जमीन तीन दशकदेखि भारतीयको कब्जामा परेकाे छ ।शुक्लाफाँटा निकुञ्जको नौ सय बिघा जमीन भ...
पौष १० गते, २०८१ - २०:१८
मुगु । मुगुको छायानाथ बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना सदस्यहरूलाई एम्बुलेन्स सेवामा ५० प्रतिशत छुट दिने भएको छ । मंगलबार आयोजित १०औं साधारण स...
पौष १० गते, २०८१ - २०:०५
काठमाडौं । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज क्रिश्चियन समुदायले क्रिसमस डे भव्यताका साथ मनाएका छन् । विभिन्न चर्च र मण्...
पौष १० गते, २०८१ - २०:००
काठमाडौं । योनेक्स सनराईज नेपाल इन्टरनेशनल ब्याडमिन्टन च्यालेन्ज–२०२४ मा नेपालको यात्रा एक कांस्यमा सिमित भएको छ । राष्ट्रिय खेलकुद परिषद्को कभर्ड ...
पौष १० गते, २०८१ - १९:५६
रामपुर । रामपुर नगरपालिका–५ सानीअमराईका पुरुषोत्तम ढुङ्गानाले पशुपालन व्यवसायबाट वार्षिक रु १२ लाख आम्दानी गर्दै आएका छन् । उनले गाउँमा कृषि कर्मबाट स...
पौष १० गते, २०८१ - १९:५१
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले मुलुकका दुई ठुला पार्टी मिलेर बनेको सरकारलाई असफल हुने छुट नभएको बताएका छन् । बुधबार काठमाडौं...
प्रतिकृया लेख्नुहोस्: