पाेखरा । नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले देशैभरका सहकारीमा भएका ठगीमाथि अनुसन्धान, कारबाहीसँगै सहकारी क्षेत्र सुधारका लागि पनि सरकारले काम गरिरहेको उल्लेख गरेका छन् । नेपाल प्रेस युनियन कास्कीले बुधबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कारवाही प्रक्रियामा कतै आग्रह, पूर्वाग्रह नराखिएको प्रष्ट गरे ।
“सहकारी ठगी अनुसन्धानमा अनुहार हेरिएको छैन, प्रमाण हेरिएको छ । प्रमाण तथा जान्छ, अनुसन्धान त्यतै गएको छ,” उनले भने, “कतै राजनीतिक आग्रह/पूर्वाग्रह राखिएको छैन । बचतकर्ताको रकम फिर्तालाई केन्द्रमा राखिएको छ ।” सहकारी आन्दोलनलाई बलियो बनाउन कामकाजी अनुगमन संयन्त्र निर्माण, ऐन, कानुनहरुमा सुधार आवश्यक परेमा त्यसो पनि गरिने उनले बताए ।
पत्रकारका प्रश्नहरुको जवाफ दिँदै उनले अनुसन्धानका क्रममा कसैलाई जोगाउने र कसैलाई फसाउन भन्ने हुनै नसक्ने उल्लेख गरे । “यहाँहरुको सोधेको धनराजजी(धनराज गुरुङ)माथि पनि अनुसन्धान हुन्छ । तथ्य, प्रमाणले दोषी देखिए उनिमाथि पनि कारबाही हुन्छ ।”
देशैभर सहकारी खोली सङगठित रुपमा ठगी गर्ने जिबी राईको खोजीमा पनि सरकार लागिरहेको उनले बताए । “हालै सार्वजनिक भएको जिबी राईको इमेलबारे पनि अनुसन्धान गर्न निर्देशन दिइसकिएको छ । जिबी राईको विषयमा पनि काम भइरहेको छ, परिणाम आइनसकी धेरै कुरा भन्न मिलेन ।”
सहकारीहरुमा लाखौं बचतकर्ताको अरबौं अपचलन भएको उल्लेख गर्दै गृहमन्त्रीले संसदीय छानबिन समितिको निर्देशनबमोजिम अनुसन्धान अघि बढाइएको प्रष्ट पारे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २ गते, २०८२ - २०:५६
भोजपुर । भौगोलिक रुपमा विकट मानिने भोजपुरको षडानन्द नगरपालिका– १० साम्पाङमा केन्द्रीय विद्युत् विस्तार भएको छ । विगतमा टुकी बत्तीको भरमा रात कटाउदै आ...
आषाढ़ २ गते, २०८२ - २०:५२
काठमाडौं । ललितपुरको ग्वार्कोस्थित फ्लाइओभरमा चार दिनपछि सवारी साधन चल्ने भएका छन् । फ्लाइओभरको मुख्य संरचना निर्माण सकिएसँगै अब सवारी साधन सञ्चालनको ...
आषाढ़ २ गते, २०८२ - २०:४९
ढाका । बङ्गलादेशको युद्ध अपराध अदालतले सोमबार फरार पूर्व नेता शेख हसिनालाई मानवता विरुद्धको अपराधको आरोपमा मुद्दाको सामना गर्न फर्कन आदेश दिएको छ । ...
आषाढ़ २ गते, २०८२ - २०:४४
किन्सासा । लोकतान्त्रिक गणतन्त्र कङ्गो (डिआरसी) (डिआरसी) को राजधानीमा एह हप्तामा भारी वर्षाका कारण कम्तीमा २९ जनाको मृत्यु भएको छ । प्रभावितहरूलाई ...
आषाढ़ २ गते, २०८२ - २०:४०
काठमाडाैं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संक्रमणकालीन न्यायसम्बन्धी कामलाई छिटो सम्पन्न गर्न दबाब दिनुपर्ने बताएका छन...
आषाढ़ २ गते, २०८२ - २०:३५
सल्यान । सडकमाथिबाट आएको पहिरोले अवरुद्ध बनेको राप्ती राजमार्ग सञ्चालनमा आएको छ । राप्ती राजमार्गअन्तर्गत कपुरकोट–दाङ सडकखण्डको कपुरकोट गाउँपालिका– ३,...
आषाढ़ २ गते, २०८२ - २०:२९
काठमाडौं । प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री भगबती चौधरीले राज्यको सिस्टमले राज्यको सिस्टम (प्रणाली) ले नै सबैलाई कर तिर्नुपर्छ भन्ने कुरा महसुस गर...
आषाढ़ २ गते, २०८२ - २०:२५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले चुरे संरक्षणका कार्यक्रम कार्यान्वयन अनुभवका आधारमा सम्बन्धित नीतिगत तथा कानुनी व्यवस्थाहरूमा सुधार, सङ्गठनात्...
आषाढ़ २ गते, २०८२ - २०:१७
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले विद्युत् प्रसारण गरेवापत लिने शुल्क ‘ह्विलिङ चार्ज’को विषयलाई चाँडो टुङ्ग्याउन विद्युत् नियमन...
आषाढ़ २ गते, २०८२ - २०:१४
धरान । सुनसरीको बराहक्षेत्रमा जङ्गली हात्ती मृत फेला परेको छ । बराहक्षेत्रमा नगरपालिका वडा नं २ स्थित कौशिकी सामुदायिक वन नजिकैको मकैबारीमा उक्त हात्त...
प्रतिकृया लेख्नुहोस्: