चितवन । चितवन राष्ट्रिय निकुञ्ज र आसपासको क्षेत्रमा चाडपर्वको समयमा चार वटा गैँडा मृत भेटिएका छन् । कात्तिक १ गतेदेखि आजसम्म निकुञ्जका विभिन्न क्षेत्रमा ती गैँडा मृत भेटिएका निकुञ्जले जनाएको छ ।
निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार नवलपुरको मध्यविन्दु नगरपालिका–दाउन्नेदेवी मध्यवर्ती सामुदायिक वनमा अन्दाजी २० वर्षको पोथी गैँडा कात्तिक ५ गते मृत अवस्थामा भेटिएको जानकारी दिए । अनुसन्धानपछि उक्त गैँडा काल गतिले मरेको पाइएको उनले बताए ।
कात्तिक ६ गते निकुञ्जको कलकत्ता टापुमा एउटा बच्चा र एउटा वयस्क गैँडा सडेगलेको अवस्थामा र कात्तिक १३ गते अन्दाजी २५ वर्षको पोथी गैँडा निकुञ्जको भिम्ले पोस्ट नजिक मृत अवस्थामा भेटिएको उनले बताए । उक्त पोथी गैँडा दलदलमा फसेर मरेको अनुसन्धानबाट खुलेको उनले जानकारी दिए । “चालु आर्थिक वर्षको साउनदेखि असोजसम्म छ वटा गैँडा मरेका छन् । तीमध्ये एउटा करेन्ट लागेर र अन्य प्राकृतिक कारणले मरेका हुन् । यीसहित चालु आवको हालसम्म मात्र मृत भेटिएका गैँडाको सङ्ख्या १० पुगेको छ”, सूचना अधिकारी मगरले भनिन् ।
यसैबिच, निकुञ्ज र मध्यवर्ती क्षेत्रमा विभिन्न गतिविधि गर्ने १० जनालाई पक्राउ गरिएको निकुञ्ज कार्यालयले जनाएको छ । निकुञ्जले कात्तिक १ गतेदेखि हालसम्म उनीहरूलाई पक्राउ गरी कारबाही गरेको हो । निकुञ्जका सूचना अधिकारी मगरका अनुसार अनुमतिविना निकुञ्ज क्षेत्रभित्र प्रवेश गर्ने तीन, बालुवा चोरी निकासी गर्ने चार र तियारी जालको प्रयोग गरी माछा मार्ने तीन जनालाई पक्राउ गरी नियमानुसार कारबाही गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८१ - २०:५२
दमास्कस । सिरियाली सुरक्षा बलले अपदस्थ राष्ट्रपति बशर अल असदको अलावी अल्पसङ्ख्यक समुदायको बसोबास रहेको दुई जिल्लालाई लक्षित गरी होम्स शहरमा अभियान सञ्...
पौष १८ गते, २०८१ - २०:४८
गाजा । गाजाको नागरिक सुरक्षा एजेन्सीले बिहीबार इजरायली हवाई आक्रमणमा कम्तीमा ११ जनाको मृत्यु भएको बताएको छ । मृत्यु हुनेमा यस क्षेत्रको अहिले ध्वस्त ह...
पौष १८ गते, २०८१ - २०:३७
धनकुटा । कोशी प्रदेशमा नसर्ने प्रकृतिका उच्च रक्तचाप (ब्लड प्रेसर), मधुमेह, श्वासप्रश्वास एवं दम रोगसँग सम्बन्धित बिरामी बढिरहेको प्रदेश स्वास्थ्य कार...
पौष १८ गते, २०८१ - २०:३१
काठमाडाैं । नेपाल प्रहरीका पाँच एसएसपीको डिआइजीमा बढुवा सिफारिस भएको छ । ईश्वर कार्की, राजेन्द्र प्रसाद भट्ट, दिनेश कुमार आचार्य, अरुण पौडेल र गोविन्द...
पौष १८ गते, २०८१ - २०:२६
विराटनगर । कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङ्गामले आफू नेतृत्वको मन्त्रालयले सय दिन प्राप्त गरेको उपलब्धिहरु सार्वजनिक गरेका छ...
पौष १८ गते, २०८१ - २०:०८
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले झाराटारा गरेर पार्टी नचल्ने बताएका छन । नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं १ले बिहिबार सय दिने अभ...
पौष १८ गते, २०८१ - १९:४४
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीले नेपाल भ्रमणमा आउने पर्यटकसँग विमानस्थलभित्र सञ्चालित यातायातका चालकको बोल...
पौष १८ गते, २०८१ - १९:४०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबिच बुधबार भेटवार्ता भएको छ । प्रधानमन्त्री ओली पूर्व राष्ट्रपति भण्डा...
पौष १८ गते, २०८१ - १९:३७
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको आगामी कार्ययोजनामा सांस्कृतिक रुपान्तरणको क्षेत्रलाई महत्त्व दिइएको ब...
पौष १८ गते, २०८१ - १९:२७
काठमाडाैं । नेकपा (माओवादी केन्द्र)ले मदन भण्डारी लोकमार्ग र हुलाकी राजमार्गलाई केन्द्रित गरी ६ महिने अभियान चलाउने भएको छ । पेरिसडाँडामा बसेको स्थायी...
प्रतिकृया लेख्नुहोस्: