Khabar Dabali १५ बैशाख २०८३ मंगलवार | 28th April, 2026 Tue

जुवातास खेलिरहेको अवस्थामा ३९ जना पक्राउ

खबरडबली संवाददाता

काठमाडौं । ललितपुरकाे गोदावरी नगरपालिका-७ देविचौर बस्ने छिरिङ तामाङको टहरोमा कौडा खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४१ वर्षीय श्याम तामाङ समेत ७ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी चौकी टिकाभैरवबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७६ हजार रूपैयाँ र १५ थान कौडा सहित पक्राउ गरेको हो ।

तनहुँकाे  भानु नगरपालिका-४ धोतीचौतरा बस्ने ५६ वर्षीय अक बहादुर थापाको घर पछाडि जुवातास खेलिरहेको अवस्थामा थापा समेत ५ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय भानुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४० हजार ३ सय ८५ रूपैयाँ र १ सय ६० पत्ता तास सहित पक्राउ गरेको हो ।

कञ्चनपुरकाे भिमदत्त नगरपालिका-१ बराकुण्डा रौटेलास्थित रौटेला खोला किनारमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-४ बस्ने २९ वर्षीय राजेन्द्र बहादुर शाह समेत १३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख ७४ हजार ९८ रूपैयाँ र १४ बुक तास सहित पक्राउ गरेको हो ।

यसैगरी कञ्चनपुरकै बेदकोट नगरपालिका-७ सुडास्थित ३९ वर्षीय अमर सिह धामीको न्यू हाइवे वाइन्स एण्ड क्याफेमा जुवातास खेलिरहेको अवस्थामा धामी समेत ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २६ हजार २ सय ५० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।

पाल्पा, रम्भा गाउँपालिका-१ असर्दीस्थित स्याङ्जा गल्याङ नगरपालिका-११ दिमिक घर भएका २८ वर्षीय सागर भट्टराईको रम्भा रिसोर्टमा कौडा खेलिरहेको अवस्थामा रम्भा गाउँपालिका-१ सगाहा बस्ने ५६ वर्षीय बल बहादुर रानाभाट समेत ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी चौकी हुँगी र इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९२ हजार ५० रूपैयाँ र १६ थान कौडा सहित पक्राउ गरेको हो ।

बाँके, नेपालगंज उपमहानगरपालिका-२० राझास्थित एभर ग्रिन पेट्रोल पम्पको भान्सा घरमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-४ गणेशपुर बस्ने ४७ वर्षीय प्रमेन्द्र बोहोरा समेत ७ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख १९ हजार ३ सय ३५ रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । पक्राउ परेका सबैकाे सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरी रहेकाे जनाएकाे छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आङ्देम्बेलाई खड्काको सन्देश: ‘प्रतिपक्षको भूमिकालाई इतिहास बनाउने समय’

काठमाडौं । पूर्णबहादुर खड्काले संसदीय दलको नेतामा सर्वसम्मत निर्वाचित भीष्मराज आङ्देम्बे लाई बधाई दिँदै अबको जिम्मेवारीलाई ‘ऐतिहासिक उचाइ’मा पुर्‍याउन...

ट्रम्पलाई भोट दिने अमेरिकी भन्छन्–अब पछुताएर के हुन्छ ?

काठमाडौं । बेलैमा नसोच्ने, पछि पछुताउने भन्ने उखानलाई अमेरिकीहरूले महसुस गर्दैछन् । त्यहाँका आम मानिसहरूमाथि महँगीको दबाब लगातार बढ्दै गएको छ । किर...

वीरगञ्ज नाका हुँदै तीन अर्बको विद्युतीय सवारीसाधन आयात

वीरगञ्ज । चालु आर्थिक वर्षको नौ महिनामा वीरगञ्ज नाका हुँदै दुई अर्ब ९८ करोड रुपैयाँको विद्युतीय सवारीसाधन आयात गरिएको छ । गत आर्थिक वर्षको सोही अवधिको...

‘डिप ट्युबवेल’ जडानसँगै सिँचाइको असुविधा हट्यो

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१० प्रगतिटोलमा सिँचाइ सुविधा पुगेपछि स्थानीय किसानहरूमा खुसी छाएको छ । वर्षौंदेखि सिँचाइ अभाव झेल्दै आएका किसानहरूका ...

सुनसरीमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका– ५ मा गए राति दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा भोक्राहा–६ का ३५ वर्षीय राजवीरेन उराउ रहे...

यलम्बर सालिक विवाद ‘कूल’ हुँदै: एउटै मिति, एउटै मञ्चमा सहमति नजिक

खोटाङ । दिक्तेल रूपाकोट मझुवागढी–१४ बुइपामा बनेको ११० फिट अग्लो यलम्बरको सालिकको अनावरणलाई लिएर चुलिएको विवाद अब समाधानतर्फ मोडिएको छ। नगरपालिका र वडा...

ठूलो परिणामको लागूऔषधसहित भक्तपुरबाट युवक नियन्त्रणमा

भक्तपुर । ठूलो परिमाणको अवैध लागूऔषधसहित एक युवकलाई भक्तपुरबाट नियन्त्रणमा लिएको छ । हिजो साँझ सूर्यविनायक नगरपालिका–५ सल्लाघारीस्थित सडक खण्डमा चेकजा...

शैक्षिकसत्र सुरु, आजदेखि भर्ना, २१ गतेदेखि पढाइ

काठमाडौं । शैक्षिकसत्र २०८३ आजदेखि सुरु भएको छ । पढाइ भने वैशाख २१ गतेदेखि सुरु गर्ने तयारी छ । सरकारले १५ वैशाखदेखि विद्यालय भर्ना र २१ गतेदेखि पठ...

गण्डकीमा ७१ गभर्वती र सुत्केकीको हवाई उद्धार

कास्की । गण्डकी प्रदेश सरकारले सञ्चालन गरेको गर्भवती र सुत्केरीको निःशुल्क हवाई उद्धार कार्यक्रमबाट हालसम्म प्रदेशका सात जिल्लाका ७१ जना लाभान्वित भएक...

दुई वर्षमा सकिनु पर्ने बागलुङ नगर अस्पताल भवन निर्माणको काम तीन वर्षमा ४५ प्रतिशत

बागलुङ । बागलुङ नगर अस्पताल भवन निर्माणको काम अलपत्र परेको छ । बागलुङ नगरपालिकाले सो अस्पताला निर्माणलाई गौरवको आयोजनाका रुपमा राखेको छ । भवन निर्म...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending