भक्तपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल संवतले नेपालको राष्ट्रिय भावना, स्वाभीमान, स्वाधीनता, आत्मसम्मान र मौलिक संस्कृतिको प्रतिनिधित्व गर्ने भएकाले यसलाई राष्ट्रिय मान्यता प्रदान गरिएको बताएका छन् ।
नेकपा माओवादी केन्द्र मध्यपुर थिमी नगर समिति भक्तपुरले नयाँ वर्ष नेपाल संवत् ११४५ को अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल संवत् नेवारी समुदायको भावनासँग जोडिएको भए पनि यो नेपाल राष्ट्रकै मौलिक संस्कृतिको महत्वपूर्ण हिस्सा भएको बताए ।
‘नेपाल संवतले राष्ट्रिय संवतको मान्यता प्राप्त गर्नुपर्छ भनेर खासगरी काठमाडौं, ललितपुर र भक्तपुरका नेवार समुदायले धेरै वर्षदेखि आन्दोलन गर्दै आउनुभएको थियो । विभिन्न समयका सरकारहरुले त्यो आन्दोलनको एजेण्डा पूरा गर्नुको साटो दबाउन खोजेको गुनासो यो समुदायका अगुवाहरुबाट सुनिरहेको थिएँ', प्रचण्डले भने, ‘२०६५ मा पहिलोपटक प्रधानमन्त्री भएको बेलामा मैले नेपाल संवतलाई राष्ट्रिय मान्यता प्रदान गर्ने निर्णय मन्त्रिपरिषद्बाट गराएको थिएँ, त्यसका लागि मलाई अहिले पनि गर्व लागिरहेको छ ।’
नेपाल संवतले राष्ट्रिय मान्यता पाएको लामो समयसम्म पनि यसको कार्यान्वयनमा अलमल भएको देखेर गत वर्ष आफू तेस्रोपटक प्रधानमन्त्री भएको बेला विक्रम संवत् प्रयोग हुने सबै सरकारी कागजातमा नेपाल संवत् प्रयोग गर्ने निर्णय मन्त्रिपरिषदबाटै गराएको उनले स्मरण गराए ।
उनले भने-‘त्यति मात्र होइन, हाम्रो पार्टीले बागमती प्रदेश सरकारको नेतृत्व गरेको बेलामा यो प्रदेशमा नेपाल भाषा र तामाङ भाषालाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्ने निर्णय गरिएको छ, यो पनि महत्वपूर्ण उपलब्धि हो ।’
शंखधर साख्वाले गरीब जनताको ऋण मोचन गर्ने काम गरेर पवित्र कार्य गरेपछि उहाँकै सम्मानमा नेपाल संवत् सुरु गरिएको प्रसंग उल्लेख गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले भने- ‘२०६५ को एउटै मन्त्रिपरिषद बैठकबाट हामीले नेपाल संवतलाई राष्ट्रिय मान्यता दिने निर्णय मात्रै गरेनौं, शंखधर साख्वाले जस्तै हामीले पनि करिब किसानहरुको निश्चित रकम ऋण मिनाहको निर्णय पनि गर्यौं ।’
माओवादी केन्द्र मध्यपुर थिमी नगर अध्यक्ष एवं मध्यपुर नरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका उपाध्यक्ष अग्निप्रसाद सापकोटा, स्थायी समिति सदस्य एवं पूर्वमन्त्री शशी श्रेष्ठ, केन्द्रीय सदस्यहरु दिलिप प्रजापति र रामनारायण बिडारीले शुभकामना दिएका थिए । सो क्रममा सहिदहरु वैकुण्ठहरि श्रेष्ठ, सविन श्रेष्ठ र कृष्णमान श्रेष्ठका परिवारलाई अध्यक्ष प्रचण्डले सम्मान गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक २९ गते, २०८२ - २०:१९
कैलाली । सुदूरपश्चिम प्रदेशमा हलगोरु पालन गर्ने कृषकलाई प्रोत्साहन कार्यक्रम सञ्चालन हुने भएको छ । प्रदेश सरकारको बजेटमा चालु आवमा प्रदेशका नौवटै जिल्...
कार्तिक २९ गते, २०८२ - २०:१५
रुकुमपश्चिम । रुकुमपश्चिमको चौरजहारी नगरपालिका २ बगर स्थित भेरी नदिमा एक किशोर बेपत्ता भएका छन् । शुक्रबार दिउँसो चौरजहारी नगरपालिका १ मा व्यवसाय ग...
कार्तिक २९ गते, २०८२ - २०:१२
पाँचथर । जेनजी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार भएका एकजना कैदी पाँचथरको मिक्लाजुङ गाउँपालिका केन्द्र रबि बजारबाट प्रहरीले पक्राउ परेका छन् । ...
कार्तिक २९ गते, २०८२ - २०:०४
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसहित १० जना मन्त्रीले आ–आफ्नो सम्पत्ति विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुझाएका छन् । कार्याल...
कार्तिक २९ गते, २०८२ - १९:४५
कपिलबस्तु । जिल्लाको कपिलबस्तु नगरपालिका-६ सेमरीमा भर अगाडिको नालीमा डुबेर एक बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी नाय...
कार्तिक २९ गते, २०८२ - १९:१४
काठमाडौं । स्वीकृत दरबन्दीभन्दा बाहिरका करार कर्मचारी हटाउन संघीय सरकारद्वारा तीनै तहका सरकारलाई गरिएको आग्रहपछि देशका धेरै स्थानीय तहमा दैनिक अत्यावश...
कार्तिक २९ गते, २०८२ - १९:१०
काठमाडौं । जेन–जी आन्दोलनले थपिएको आगलागीको प्रभाव अहिले आर्थिक मूल्यांकनभन्दा पनि राष्ट्रको प्रमुख प्रशासनिक केन्द्रको सुरक्षा, संरचना र निरन्तरता मा...
कार्तिक २९ गते, २०८२ - १९:०७
बेइजिङ । चीनका तीन अन्तरिक्ष यात्री आफ्नै देशको अन्तरिक्ष स्टेशनमा अस्थायी रूपमा फस्नुपरेपछि, प्रतिस्थापन चालक दल ल्याइएको नयाँ अन्तरिक्ष यान प्रयोग ग...
कार्तिक २९ गते, २०८२ - १९:०४
इन्डोनेसिया । इन्डोनेसियामा पहिरो जाँदा दुई जनाको मृत्यु हुनुका साथै कम्तीमा २१ जना बेपत्ता भएको विपद् व्यवस्थापनका अधिकारीले शुक्रबार बताएका छन् । ...
कार्तिक २९ गते, २०८२ - १९:०२
किएभ । युक्रेनी राजधानी किएभ शुक्रबार बिहान ‘ठूलो’ आक्रमणको सिकार बनेको किएभका मेयरले जानकारी दिएका छन् । एएफपीका पत्रकारहरूले सहरको केन्द्रमा शक्त...




प्रतिकृया लेख्नुहोस्: