Khabar Dabali १५ बैशाख २०८३ मंगलवार | 28th April, 2026 Tue

बर्दिबासको एक पसलमा आगलागी, लाखौँको क्षति

खबरडबली संवाददाता

जनकपुरधाम । महोत्तरीको बर्दिवास नगरपालिकास्थित एक पसलमा शुक्रबार राति आगलागी हुँदा लाखौँको मूल्य बराबरको क्षति भएको छ ।

बर्दिबास नगरपालिका–५ स्थित सुदूर–उत्तरी भेगमा पर्ने ढुङग्रे गढन्ताको एक पसलमा लक्ष्मीपूजाको राति आगलागी हुँदा लाखौँको मूल्य बराबरको मालसामान जलेर नष्ट भएको हो ।

आगोले ७ लाख मूल्य बरावरको घरमा क्षति पुगेको छ । यस्तै सो घरको पसलमा रहेका किराना, कस्मेटिक, खाद्यान्न, जुत्ताचप्पल लगायत गरी करिब ८ लाख मूल्यका सामान जलेको इलाका प्रहरी बर्दीबासका प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेलले बताए ।

आगलागीबाट सबै सामान जलेर नष्ट भएका छन् । खाने–बस्ने र लत्ताकपडा सबै जलेर नष्ट भएपछि परिवार बिच्चलीमा परेका छन् । पीडित पसले यादवकी श्रीमती रवितादेवीका अनुसार आगोले पसलमा रहेको फ्रिज, रेडिमेड र थानका कपडा, कस्मेटिक, खाद्यान्न लगायतका सामान जलेको छ ।

थापाको घरमा यादवले २ वर्षदेखि पसल गर्दै आएका थिए । पसलमा विद्युतको तार सर्ट भई आगो लागेको बताइएको छ । आगो लाग्न साँझ ७ बजेतिर सुरु भएको थियो । बर्दिबासबाट पुगेको वारुण यन्त्र, प्रहरी र गाउँलेको सहयोगबाट साँझ साढे ८ बजेतिर मात्र आगो नियन्त्रणमा आएको बर्दिबास प्रहरीले जनाएको छ । घटनास्थल बर्दीबासदेखि करिब १० किमी पश्चिम–उत्तरमा पर्छ ।

त्यसैगरी सर्लाहीको धनगढामा लक्ष्मीपूजाका लागि बालेको मैनबत्तीबाट आगलागी हुँदा २ लाखभन्दा बढी मूल्यको धनमाल जलेर नष्ट भएको छ ।

प्रहरीका अनुसार जिल्लाको दक्षिण–पश्चिमी क्षेत्रमा पर्ने धनकौल गाउँपालिका–४ धनगढामा स्थानीय जितु रायको काठले बनेको घरको पूजाकोठामा मैनबत्तीबाट आगो सल्किँदा २ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको हो ।

आगलागीबाट कोठाभित्र रहेको काठको दराज, टीभी, लत्ताकपडा, सुनचाँदी लगायत अन्य सरसामान गरी २ लाख ५० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ ।

स्थानीयको सहयोगमा चाँडै आगो निभाइएकाले मानवीय क्षति भने हुन नपाएको सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी दीपक श्रेष्ठले लबताए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आङ्देम्बेलाई खड्काको सन्देश: ‘प्रतिपक्षको भूमिकालाई इतिहास बनाउने समय’

काठमाडौं । पूर्णबहादुर खड्काले संसदीय दलको नेतामा सर्वसम्मत निर्वाचित भीष्मराज आङ्देम्बे लाई बधाई दिँदै अबको जिम्मेवारीलाई ‘ऐतिहासिक उचाइ’मा पुर्‍याउन...

ट्रम्पलाई भोट दिने अमेरिकी भन्छन्–अब पछुताएर के हुन्छ ?

काठमाडौं । बेलैमा नसोच्ने, पछि पछुताउने भन्ने उखानलाई अमेरिकीहरूले महसुस गर्दैछन् । त्यहाँका आम मानिसहरूमाथि महँगीको दबाब लगातार बढ्दै गएको छ । किर...

वीरगञ्ज नाका हुँदै तीन अर्बको विद्युतीय सवारीसाधन आयात

वीरगञ्ज । चालु आर्थिक वर्षको नौ महिनामा वीरगञ्ज नाका हुँदै दुई अर्ब ९८ करोड रुपैयाँको विद्युतीय सवारीसाधन आयात गरिएको छ । गत आर्थिक वर्षको सोही अवधिको...

‘डिप ट्युबवेल’ जडानसँगै सिँचाइको असुविधा हट्यो

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१० प्रगतिटोलमा सिँचाइ सुविधा पुगेपछि स्थानीय किसानहरूमा खुसी छाएको छ । वर्षौंदेखि सिँचाइ अभाव झेल्दै आएका किसानहरूका ...

सुनसरीमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका– ५ मा गए राति दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा भोक्राहा–६ का ३५ वर्षीय राजवीरेन उराउ रहे...

यलम्बर सालिक विवाद ‘कूल’ हुँदै: एउटै मिति, एउटै मञ्चमा सहमति नजिक

खोटाङ । दिक्तेल रूपाकोट मझुवागढी–१४ बुइपामा बनेको ११० फिट अग्लो यलम्बरको सालिकको अनावरणलाई लिएर चुलिएको विवाद अब समाधानतर्फ मोडिएको छ। नगरपालिका र वडा...

ठूलो परिणामको लागूऔषधसहित भक्तपुरबाट युवक नियन्त्रणमा

भक्तपुर । ठूलो परिमाणको अवैध लागूऔषधसहित एक युवकलाई भक्तपुरबाट नियन्त्रणमा लिएको छ । हिजो साँझ सूर्यविनायक नगरपालिका–५ सल्लाघारीस्थित सडक खण्डमा चेकजा...

शैक्षिकसत्र सुरु, आजदेखि भर्ना, २१ गतेदेखि पढाइ

काठमाडौं । शैक्षिकसत्र २०८३ आजदेखि सुरु भएको छ । पढाइ भने वैशाख २१ गतेदेखि सुरु गर्ने तयारी छ । सरकारले १५ वैशाखदेखि विद्यालय भर्ना र २१ गतेदेखि पठ...

गण्डकीमा ७१ गभर्वती र सुत्केकीको हवाई उद्धार

कास्की । गण्डकी प्रदेश सरकारले सञ्चालन गरेको गर्भवती र सुत्केरीको निःशुल्क हवाई उद्धार कार्यक्रमबाट हालसम्म प्रदेशका सात जिल्लाका ७१ जना लाभान्वित भएक...

दुई वर्षमा सकिनु पर्ने बागलुङ नगर अस्पताल भवन निर्माणको काम तीन वर्षमा ४५ प्रतिशत

बागलुङ । बागलुङ नगर अस्पताल भवन निर्माणको काम अलपत्र परेको छ । बागलुङ नगरपालिकाले सो अस्पताला निर्माणलाई गौरवको आयोजनाका रुपमा राखेको छ । भवन निर्म...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending