बर्दिया । भारतीय क्षेत्रका वन रक्षकबाट प्रहार भएको गोली लागेर चार नेपाली घाइते भएका छन् । यो घटना आइतबार साँझ भएको स्थानीयले बताएका छन् ।
दशगजा स्थित गुलरिया –८ मा पर्ने चौगुर्जी मौजा नजिक भारतीय पक्षका वन रक्षकले गोली चलाउँदा चार नेपालीको शरीरका विभिन्न भागमा गोली लागेको हो । गोली लागेका मध्ये गम्भीर अवस्थाका बलराम लोधलाई थप उपचारका लागि कोहलपुरस्थित शिक्षण अस्पताल लगिएको छ ।
यस्तै घाइते भएका राजेन्द्र पासी, रामा लोध र स्थानीय भाषामा गोलुवा नामका एक व्यक्तिलाई शरीरको विभिन्न भागमा छर्रा लागेको हो ।
नेपाल भारतको ८२ दशमलव ५ किलोमिटर खुला सीमाको ६२ र ६३ नम्बरको पिल्लर नजिकमा भारतीय पक्षका वन रक्षकले अन्धाधुन्ध गोली चलाएको स्थानीयले बताएका छन् । जिल्ला प्रशासन कार्यालयले भने घटनाको अनुसन्धान गर्न छानबिन समिति गठन गरेको बताएको छ ।
यसअघि भारतीय वन रक्षकले असार १ गते एक जनालाई नियन्त्रणमा लिएर दुई दिन बेपत्ता पारेर खुट्टा भाँचिएको अवस्थामा भेटिएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २२ गते, २०८२ - ०९:०२
पर्सा । पर्साबाट स्रोत नखुलेको २८ लाख २८ हजार रुपैयाँसहित तीन जना हुण्डी कारोबारी पक्राउ परेका छन्। पक्राउ पर्नेमा पकाहामैनपुर गाउँपालिका-२ का २६ व...
आषाढ़ २२ गते, २०८२ - ०९:००
काठमाडौं । भोजपुरको रामप्रसाद राई गाउँपालिका–२ धोद्लेखानीमा एउटै घरमा चार जनाको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख प्रहरी नायव उ...
आषाढ़ २२ गते, २०८२ - ०८:५६
काठमाडौं । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा रोपिँदै छ। एक महिनाअघि ज्येष्ठ शुक्ल हरिशयनी एकादशीका दिनमा घरघरको तुलसी मोठमा...
आषाढ़ ७ गते, २०८२ - १४:०८
काठमाडौं । डा. सुवर्ण पौडेल पाइल्स मुक्त नेपाल अभियानमा छन्। उनको अभियानले कति मानिसलाई छुन सक्ला? आफ्नै ठाउँमा छ। तर, हजारौं व्यक्ति उनको अभियान र से...
आषाढ़ ७ गते, २०८२ - १३:५६
पोखरा । पोखरामा झन्डै डेढ करोड मूल्यको सुनसहित २ जना पक्राउ परेका छन् । एक करोड ३० लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको अवैध सुनसहित दुई जनालाई पक्राउ ग...
आषाढ़ ७ गते, २०८२ - १३:५०
चितवन । पूर्व पश्चिम राजमार्गको चितवनको डडुवामा भएको दुर्घटनामा ७ जनाको मृत्यु र १८ जना घाइते भएका छन् । राप्ती नगरपालिका वडा नम्वर ४ खहरेपुल स्थित...
आषाढ़ ७ गते, २०८२ - ११:४३
बाजुरा । बाजुराको बडिमालिका नगरपालिका–८ गड्खेतका लालबहादुर ऐडी दम्पत्तिले गाउँमै व्यावसायिक खेत गर्दै आएका छन् । करिब एक दशक अगाडि काठमाडौँको थानक...
आषाढ़ ७ गते, २०८२ - ११:२३
काठमाडौँ । भारतले इरानमा फसेका नेपाली नागरिकलाई उद्धार गर्न मद्दत गर्ने भएको छ । इरानस्थित भारतीय दूतावासले आफ्नो सामाजिक सञ्जाल एक्समार्फत यसको जानका...
आषाढ़ ७ गते, २०८२ - ११:०३
झापा । झापामा ढुंगाले हानेर एक जनाको हत्या गरिएको छ । कमल गाउँपालिका–४ सितापुरी चोक बस्ने ३५ वर्षीय सूर्य बिक्रम लिम्बुले ढुंगाले हानी हत्या गरिएको ह...
आषाढ़ ७ गते, २०८२ - ११:०३
झापा । झापामा ढुंगाले हानेर एक जनाको हत्या गरिएको छ । कमल गाउँपालिका–४ सितापुरी चोक बस्ने ३५ वर्षीय सूर्य बिक्रम लिम्बुले ढुंगाले हानी हत्या गरिएको ह...
प्रतिकृया लेख्नुहोस्: