सिन्धुली । धान बाली भित्र्याउने समयमा झरी परेपछि सिन्धुलीका किसान चिन्तित भएका छन् । किसानले काटेर खेतमा सुकाएको धान भित्र्याउन नपाउँदै खेतमै झरीले भिजाएपछि चिन्तित भएका हुन् ।
धेरैजसो किसानको काटी सकेको धान खेतमै भिजाएको छ भने थारैजसोले दशैँअघि नै धान भित्र्याइसकेका छन् । किसान यतिबेला लगातारको झरीले बर्खाभरी गरेको महिनेत खेर जाने हो कि भन्ने चिन्तामा छन् ।
जिल्लाका धेरैजसो ठाउँमा मौसम बदली सँगै तीन दिन देखि झरी परे पछि किसानलाई पाकेको बाली कसरी घर सम्म ल्याउने भन्ने चिन्ता थपिएको हो ।
चाडबाडको व्यस्तता सँगै काम गर्न जनशक्तीको अभाव खेपीरहेका किसानलाई धान थन्क्याउने समयमा झरी परेपछि थप समस्या भएको कमलामाई नगरपालिका –४ का ठुलोकान्छा पोख्रेलले गुनासो गरे । “ पन्ध्र कठ्ठा भन्दा बढी खेतको धान झरीले भिजायो । तिहारपछि उथन्क्याउन हुन्छ भनेर दशैपछि काटेको धान खेतमै छ । बर्षभरी खाने धान झरीले सखाप पा¥यो । हामी त बाजेको पालादेखि कृषि मै निर्भर छौँ, ” उनले भने ।
उनीसँगै छरछिमेकको पनि उस्तै हाल छ । पानी परे पछि कतिपय किसानलाई काटेको धान खेतमा उम्रने चिन्ता छ भने कतिपयलाई धान कसरी भित्रियाउने भन्ने चिन्ता बढेको छ ।
फाँट तथा पहाडी क्षेत्रका खेत काम गर्न नमिल्ने गरी हिलाम्मे भएको कमलामाई ४ की किसान मनमाया श्रेष्ठको भनाई छ । यता कृषी विकास कार्यालय सिन्धुलीले मौसम हेरेर धान काट्न किसानलाई अनुरोध गरेको छ । धान थन्क्याउने बेला क्षती भएमा जिल्लामा झन खाद्यन्न समस्या आउने भएकाले मौसमविदले जारी गर्ने सुचना हेरेर धान काट्न किसानलाई कृषी विकास कार्यालय सिन्धुलीका प्रमुख अरुण कुमार खनालको सुझाव छ ।
जिल्लामा यस वर्ष १३ हजार १ सय ९० हेक्टर क्षेत्रफलमा धान खेती गरिएकोमा ८ सय ५४ हेक्टर धान बाली लगाइएको खेती बाढीले क्षती गरेको छ । भित्रियाउने बेला पनि मौसमले साथ नदिई क्षतीको संभावना बढ्दा जिल्लामा खाद्यन्न अभाव हुने निष्चित जस्तै भएको धेरैको बुझाई छ ।
जिल्लाको कमलामाई फाँट,दुधौलीको कमलाखोँच,तीनपाटनको भिमस्थान,मरिण र हरिहरपुरगढीमा विशेष धानखेती गरिन्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १७ गते, २०८३ - २०:५०
काठमाडौं । सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगले सुरक्षा निकायका डीएसपी तहसम्मका अधिकृतहरूको सम्पत्ति जाँचबुझ गर्ने भएको छ। मन्त्रिपरिषद्को निर्...
बैशाख १७ गते, २०८३ - २०:४५
नयाँ दिल्ली । अनलाइन छलीमा वृद्धि हुँदा भारतले कडा सुरक्षा उपायहरू अपनाएको छ । भारतको केन्द्रीय बैङ्कले अनलाइन अपराधमा भएको वृद्धिलाई रोक्न सिफारिसहरू...
बैशाख १७ गते, २०८३ - २०:४१
काठमाडौं । देशका विकट र दुर्गम बस्तीहरूमा सञ्चार सेवा पुर्याउने लक्ष्यसहित नेपाल टेलिकम ले स्याटेलाइट प्रविधिमार्फत मोबाइल र डाटा सेवा विस्तारलाई तीव...
बैशाख १७ गते, २०८३ - २०:३५
काठमाडौँ । नबिल बैंक लिमिटेडले तीनधारास्थित केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात गरेको छ । बिहीबार आयोजित उद्घाटन कार्यक्रममा बैंकका अध्यक्ष...
बैशाख १७ गते, २०८३ - २०:३२
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३’ जारी गरेका छन् । राष्ट्रपति पौडेलले नेपाल सरकार, मन्त्रिप...
बैशाख १७ गते, २०८३ - २०:२७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुम पूर्व बाट थबाङ गाउँपालिका–१, रोल्पा तर्फ जाँदै गरेको जीप दुर्घटन...
बैशाख १७ गते, २०८३ - २०:०८
काठमाडौँ। त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसहित सबै पदाधिकारीले सामूहिक राजीनामा दिएका छन् । बिहीबार उपकुलपति प्रा.डा दीपक अर्याल, शिक्षाध्यक्ष खड्...
बैशाख १७ गते, २०८३ - २०:०२
काठमाडौं । सिंहदरबार मा भएको एक महत्वपूर्ण शिष्टाचार भेटमा लीला कुमारी भण्डारी र नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङ बीच द्विपक्षीय सम्बन...
बैशाख १७ गते, २०८३ - १९:५१
रौतहट । रौतहट निर्वाचन क्षेत्र नं ३ मा बन्ने आधा दर्जनभन्दा बढी पक्की पुलको काम लामो समयदेखि अलपत्र अवस्थामा छ । ठेकेदार कम्पनीको लापरबाहीका कारण ...
बैशाख १७ गते, २०८३ - १९:४८
काठमाडौं । विशेष अदालतले भ्रष्टाचार मुद्दाका प्रतिवादी नेपाली कांग्रेसका नेता एवम् पूर्वअर्थमन्त्री डा. रामशरण महतको स्वास्थ्य अवस्था परीक्षण गर्न आद...


प्रतिकृया लेख्नुहोस्: