सिन्धुली । धान बाली भित्र्याउने समयमा झरी परेपछि सिन्धुलीका किसान चिन्तित भएका छन् । किसानले काटेर खेतमा सुकाएको धान भित्र्याउन नपाउँदै खेतमै झरीले भिजाएपछि चिन्तित भएका हुन् ।
धेरैजसो किसानको काटी सकेको धान खेतमै भिजाएको छ भने थारैजसोले दशैँअघि नै धान भित्र्याइसकेका छन् । किसान यतिबेला लगातारको झरीले बर्खाभरी गरेको महिनेत खेर जाने हो कि भन्ने चिन्तामा छन् ।
जिल्लाका धेरैजसो ठाउँमा मौसम बदली सँगै तीन दिन देखि झरी परे पछि किसानलाई पाकेको बाली कसरी घर सम्म ल्याउने भन्ने चिन्ता थपिएको हो ।
चाडबाडको व्यस्तता सँगै काम गर्न जनशक्तीको अभाव खेपीरहेका किसानलाई धान थन्क्याउने समयमा झरी परेपछि थप समस्या भएको कमलामाई नगरपालिका –४ का ठुलोकान्छा पोख्रेलले गुनासो गरे । “ पन्ध्र कठ्ठा भन्दा बढी खेतको धान झरीले भिजायो । तिहारपछि उथन्क्याउन हुन्छ भनेर दशैपछि काटेको धान खेतमै छ । बर्षभरी खाने धान झरीले सखाप पा¥यो । हामी त बाजेको पालादेखि कृषि मै निर्भर छौँ, ” उनले भने ।
उनीसँगै छरछिमेकको पनि उस्तै हाल छ । पानी परे पछि कतिपय किसानलाई काटेको धान खेतमा उम्रने चिन्ता छ भने कतिपयलाई धान कसरी भित्रियाउने भन्ने चिन्ता बढेको छ ।
फाँट तथा पहाडी क्षेत्रका खेत काम गर्न नमिल्ने गरी हिलाम्मे भएको कमलामाई ४ की किसान मनमाया श्रेष्ठको भनाई छ । यता कृषी विकास कार्यालय सिन्धुलीले मौसम हेरेर धान काट्न किसानलाई अनुरोध गरेको छ । धान थन्क्याउने बेला क्षती भएमा जिल्लामा झन खाद्यन्न समस्या आउने भएकाले मौसमविदले जारी गर्ने सुचना हेरेर धान काट्न किसानलाई कृषी विकास कार्यालय सिन्धुलीका प्रमुख अरुण कुमार खनालको सुझाव छ ।
जिल्लामा यस वर्ष १३ हजार १ सय ९० हेक्टर क्षेत्रफलमा धान खेती गरिएकोमा ८ सय ५४ हेक्टर धान बाली लगाइएको खेती बाढीले क्षती गरेको छ । भित्रियाउने बेला पनि मौसमले साथ नदिई क्षतीको संभावना बढ्दा जिल्लामा खाद्यन्न अभाव हुने निष्चित जस्तै भएको धेरैको बुझाई छ ।
जिल्लाको कमलामाई फाँट,दुधौलीको कमलाखोँच,तीनपाटनको भिमस्थान,मरिण र हरिहरपुरगढीमा विशेष धानखेती गरिन्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक २५ गते, २०८२ - ११:४३
काठमाडौंँ । विश्व चर्चित गजलकार गुलाम अलिका खानका तीन पुस्ता उस्ताज गुलान अलि खान, छोरा आमीर गुलान अलि खान र नाती नाजीर आमिर गुलाम अलि खानको स्वर रहेक...
कार्तिक २५ गते, २०८२ - ११:३९
काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन र निर्देशनको उल्लङ्घन गरेको ठहर गर्दै कुमारी बैंक लिमिटेड र प्राइम कमर्सियल बैंक लिम...
कार्तिक २५ गते, २०८२ - ११:१८
काठमाडौं। नेकपा (एमाले) बाट निष्कासित भइसकेका पूर्वउपप्रधानमन्त्री डा. भीम रावल अब प्रचण्ड–माधव नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश ...
कार्तिक २५ गते, २०८२ - ११:१६
काठमाडौं। तत्कालीन एकीकृत समाजवादीको निणर्यबाट असुन्तुष्ट एक समूह आज नेकपा (एमाले)मा फर्किने तयारीमा रहेको छ। पार्टी स्थायी कमिटी सदस्य रामकुमारी झाँक...
कार्तिक २५ गते, २०८२ - ११:०९
काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मधेश प्रदेशलाई स्वायत्त घोषणा गर्न सार्वजनिक आह्वान गरेका छन्। राजधानीमा चिकित्साका लागि जाने क्रममा...
कार्तिक २५ गते, २०८२ - ११:०८
जनकपुरधाम । मधेश प्रदेशमा नयाँ राजनीतिक तनाव उत्पन्न भएको छ। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोमबार एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई...
कार्तिक २५ गते, २०८२ - ११:०२
काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मधेश प्रदेश सरकारको मन्त्रीमा नियुक्त भएकी कञ्चन बिच्छालाई तत्काल फि...
कार्तिक २५ गते, २०८२ - १०:५०
काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य एकैदिनमा तोलामा २ हजार ९०० रुपैयाँले बढेको छ। लगातारको उतार–चढावपछि आज पुनः सुनको दरमा उल्लेखनीय वृद्धि भ...
कार्तिक २५ गते, २०८२ - १०:४४
काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले राजनीतिक गतिविधिमा लागेर पठनपाठन प्रभावित नगर्न शिक्षकहरूलाई अनुरोध गरेका छन् । आइतबार शिक...
कार्तिक २५ गते, २०८२ - १०:४३
झापा । नेकपा (एमाले) का पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री देवेन्द्र दाहालले अहिलेको सरकार चुनाव गराउने पक्षमै नरहेको आरोप लगाएका छन्। उनले सरकारका ग...




प्रतिकृया लेख्नुहोस्: