Khabar Dabali १ जेष्ठ २०८३ शुक्रबार | 15th May, 2026 Fri
Investment bank

एक वर्षदेखि टिनको टहरामा भूकम्पपीडित

खबरडबली संवाददाता

रुकुम। रुकुमपश्चिमको आठविसकोट नगरपालिका–१४ का हर्क पुन घरविहीन हुनभएको एक वर्ष भयो । एक हिउँद र एक बर्खा टिनको टहरामा कटाएका उहाँलाई यो वर्षको चिसो पनि टिनकै टहरामा बित्ने हो की भन्ने डर छ । गतवर्षको कात्तिक १७ गते रातिको भूकम्पले घर भत्काइदिएपछि केही दिन त्रिपालमुनि रहेको उनको परिवार हाल टिनको टहरामा छ । 

“हामीले एक वर्ष कष्टकर बितायौंँ । अब फेरि चिसो बढ्न थालेको छ, यो वर्षको चिसो कसरी कटाउने भन्ने पिर छ”, पुनले भने ।

भूकम्प गएको केही महिना त्रिपालमुनि र त्यसयता टहरामा बसिरहेका भूकम्प प्रभावित परिवार सुरक्षित आवासको आशामा छन् । कठ्याङ्ग्रिदो चिसोमा त्रिपाल, गर्मीमा टिनको टहरामा बस्न बाध्य यहाँका भूकम्पपीडितले अझै सुरक्षित आवास पाउन सकेका छैनन् ।

“हामीले सरकारबाट समयमै घर निर्माणका लागि सहयोग पाउन सकेनौँ । हाम्रा बालबालिका र बुढापाकालाई कसरी बचाउने भन्ने पिर छ । गतवर्षझैँ यो वर्ष पनि कतिले चिसोको कारण ज्यान गुमाउने हुन्”, सानीभेरी गाउँपालिका–४ का हीरालाल परियारले भने । 

एक वर्षमा पनि सरकारले पुनःनिर्माण कार्यविधि ल्याउन सकेको छैन । भूकम्प प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण अनुदान कार्यविधि, २०८० तयार गरेर टहरा निर्माणका लागि तत्कालै प्रतिपरिवार ५० हजार अनुदान व्यवस्था गर्ने जनाएको थियो । तर उक्त रकम पूरा नदिएको भूकम्पपीडितको गुनासो छ । 

तत्काल त्रिपाल र त्यसपछि अस्थायी आवासको प्रबन्ध भए पनि पुनःनिर्माण हुन नसकेको सानीभेरी गाउँपालिका–४ का वडा अध्यक्ष मनोज बुढाथोकीले बताउनुभयो । सङ्घीय सरकारले पुनःनिर्माणका लागि कार्यविधि ल्याउन नसकेकाले भूकम्पपीडितको आवास निर्माण ढिलाइ भएको उनको भनाइ छ ।

राष्ट्रियसभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले भूकम्प प्रभावित क्षेत्रको अवस्थाबारे स्थलगत अध्ययन गरेको थियो । समितिको अध्ययन प्रतिवेदनमा भूकम्प प्रभावितको पुनःनिर्माण र पुनःस्थापना यथाशक्य चाँडो पूरा गर्न सरकारलाई सुझाव दिइएको छ । 

जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क अनुसार जिल्लाभर ३४ हजार नौ सय ८९ लाभग्राही छन् भने ३२ हजार नौ सय ९६ घरधुरीले अस्थायी टहरा निर्माणको पहिलो किस्ता प्राप्त गरेका छन् । दुई हजार दुई जनाले पहिलो किस्ताकै रकम पाएका छैनन् । १६ हजार परिवारका लागि दोस्रो किस्ता निकासा भइसकेको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विद्यार्थी संगठनमा प्रतिबन्धको तयारीविरुद्ध राजधानीमा प्रदर्शन

काठमाडौं । संयुक्त विद्यार्थी संगठनले ६२औँ विद्यार्थी दिवसको अवसरमा राजधानीमा प्रदर्शन गरेका छन् । शुक्रबार त्रिचन्द्र क्याम्पसदेखि आरआर क्याम्पससम...

राष्ट्रिय दलित आयोगका सदस्य टुञ्जे कामीले दिए पदबाट राजीनामा

काठमाडौं । राष्ट्रिय दलित आयोगका सदस्य टुञ्जे कामीले पदबाट राजीनामा दिएका छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार कामीले जेठ...

प्रधानमन्त्री बालेन र अर्थमन्त्री वाग्लेबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री बालेन शाह र अर्थमन्त्री डा। स्वर्णिम वाग्लेबीच शुक्रबार भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको...

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली। मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका कारण भारतमा पेट्रोलियम पदार्थको मूल्य बढ्न थालेको छ । भारतीय सरकारी तेल कम्पनीले...

अमेरिकी राष्ट्रपति ट्रम्प–चिनियाँ राष्ट्रपति सीबीच व्यापार सहमति

बेइजिङ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भएको उच्चस्तरीय भेटवार्तापछि दुवै देशबीच ‘उत्कृष्ट व्यापार सम्झौता’ भएको द...

महालेखा परीक्षकको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखापरीक्षकको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन पेश गरिएको छ । शुक्रबार राष्ट्रपति भवन शीतल न...

कास्कीमा प्रहरी प्रमुखकै नेतृत्वमा ‘सरप्राइज चेकिङ’

कास्की। जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका–२५, हेमजामा विशेष ‘सरप्राइज चेकिङ’ गरेको छ । सवारी दुर्घटना न्यूनीकरण तथा प्रहरीको कार्यसम्...

हर्कलाई ज्ञानेन्द्र शाहीको अपिल: प्रधानमन्त्रीको राजीनामा माग्नुपर्ने कारण छैन, जनताको मतको सम्मान गरौं

काठमाडौं । राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीको राजीनामा माग्नु उचित नभएको बताए...

रौतहटमा एचआइभी संक्रमितको संख्या उच्च

रौतहट। रौतहटमा एचआइभीरएड्स संक्रमितको संख्या उच्च रहेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालय रौतहटको तथ्याङ्कअनुसार हाल जिल्लामा चार सय २५ जनामा एचआइभ...

पाकिस्तानमा आत्मघाती आक्रमण: नौजनाको मृत्यु २१ घाइते

पाकिस्तान । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको स्काउट्स क्याम्पमा भएको आत्मघाती आक्रमणमा नौ जना सुरक्षाकर्मीको मृत्यु हुनुका साथै २१ जना घाइते भएको...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending