बार्सिलोना । पूर्वी स्पेनमा गत हप्ता आएको बाढीले भ्यालेन्सिया नजिक दुई सयभन्दा बढी मानिसको ज्यान लिएको थियो । निरन्तर आइरहेको आँधीले सोमबार बार्सिलोनामा पनि वर्षा गराउँदा अधिकारीहरूले यात्रु रेल सेवा स्थगित गर्नुपरेको छ ।
स्पेनी यातायातमन्त्री ओस्कार पुएन्टेले नागरिक सुरक्षा अधिकारीको अनुरोधमा उत्तरपूर्वी क्याटालोनियाका ८० लाख जनसङ्ख्या भएको क्षेत्रमा सबै यात्रु रेल स्थगित गरेको बताए । बार्सिलोनाका मोबाइल फोनहरूमा शहरको दक्षिणी सीमामा ‘अत्यधिक र निरन्तर वर्षा’ को चेतावनी बजेको थियो । चेतावनीमा मानिसहरूलाई सामान्यतया सुक्खा खोँच वा नहरहरूबाट टाढा रहन आग्रह गरिएको थियो ।
पुएन्टेले वर्षाका कारण हवाई यातायात नियन्त्रकहरूले बार्सिलोनाको विमानस्थलमा सञ्चालन भइरहेका १५ उडानको मार्ग परिवर्तन गर्नुपरेको जानकारी दिए । विमानस्थल शहरको दक्षिणी भागमा अवस्थित छ । बाढीका कारण धेरै राजमार्गहरू बन्द गरिएका छन् । बार्सिलोना र भ्यालेन्सियाको बीचमा पर्ने दक्षिणी क्याटालोनियाको टारागोना शहरमा वर्षाको रातो चेतावनी जारी गरिएपछि कक्षाहरू रद्द गरिएका छन् ।
यसैबीच भ्यालेन्सियामा घरभित्र र हजारौँ क्षतिग्रस्त कारभित्र शवहरूको खोजी जारी छ । गत हप्ताको बाढी बस्ती भएका क्षेत्रहरूमा पुग्दा कारहरू सडक, राजमार्ग र नहरहरूमा छरिएका छन् । नागरिक, स्वयंसेवक र हजारौँ सैनिक तथा प्रहरी अधिकारीले हिलो र भग्नावशेष सफा गर्ने विशाल अभियानमा सहयोग गरिरहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ११ गते, २०८१ - २०:५६
काठमाडाैं । नेपाली कांग्रेसले ‘एक सय दिने विशेष अभियान’को समयवाधि थप गरेको छ । १६ पुससम्मका लागि निर्धारण गरिएको अभियान १६ माघमा समापन गर्ने गरी समयाव...
पौष ११ गते, २०८१ - २०:४६
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेकपा माओवादीसँग एकता गर्न नचाहेको हल्ला सत्य नभएको बताएका छन् । माओ दिवसको अ...
पौष ११ गते, २०८१ - २०:४०
गुल्मी । गुल्मी तम्घासमा दुई बालिकालाई होटलमा लगेर बलात्कार गर्ने युवा पुर्पक्षका लागि जेल चलान भएका छन् । बलात्कारको आरोपमा प्रहरीले मालिका गाउँपालि...
पौष ११ गते, २०८१ - २०:३६
रुपन्देही । रुपन्देहीको सैनामैना नगरपालिकामा एक बालिका बलात्कृत भएकी छिन् । १४ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्रा...
पौष ११ गते, २०८१ - २०:३४
काठमाडौं । दक्षिण कोरियाले आगामी वर्ष २ लाख ७ हजार विदेशी कामदार रोजगारीमा भित्र्याउने भएको छ । यस वर्षका लागि कोरियाले दुई लाख २० हजार कोटा छुट्याएको...
पौष ११ गते, २०८१ - २०:२५
मकवानपुर । बागमती प्रदेश सरकारले चितवनमा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि १० करोड रुपैयाँ बजेट निकासा गर्ने निर्णय गरेक...
पौष ११ गते, २०८१ - २०:१३
माेरङ । नेपाली कांग्रेस नेता डा. शेखर कोइराला जनताको घरदैलोमै पुगेर समस्या र सुझाव संकलनको कामलाई तीव्रता दिएका छन् । निर्वाचित भएर गएपछि जनतालाई बेवा...
पौष ११ गते, २०८१ - २०:०७
किमाथाङ्का । जिल्लामा यो वर्ष ३४ करोड बढीको सुन्तला बिक्री भएको छ । सुन्तला उत्पादन बढेसँगै कारोबारमा पनि वृद्धि भएको हो । यो वर्षको हालसम्म रु ३४ कर...
पौष ११ गते, २०८१ - १९:५४
काठमाडौं । निजामती कर्मचारीका पार्टीगत ट्रेड युनियन हटाउन सत्तारुढ दुई दल काँग्रेस र नेकपा (एमाले) सहमत भएका छन् । बिहीवार राज्य व्यवस्था समितिको बैठक...
पौष ११ गते, २०८१ - १९:४८
राेल्पा । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले बिचौलियाको डिजाइनअनुसार सरकारले नयाँ स्टक एक्सचेन्ज खोल्ने अनुमति दि...
प्रतिकृया लेख्नुहोस्: