कैलाली । कात्तिक १७ गते कर्णाली नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका बिशाल चौधरी अझै भेटिएका छैनन् । टीकापुर नगरपालिका–७ सत्तीका २२ वर्षिय चौधरी चार जना साथीहरुसहित नदीमा नुहाउन गएका थिए ।
पौडी खेलेर तीन जना फर्के पनि बिशाल भने नफर्किएको प्रहरी चौकी सत्तीका इञ्चार्ज प्रहरी वरिष्ठ नायव निरीक्षक टेकबहादुर चन्दले जानकारी दिए । एक वर्ष भारतमा बसेर हप्तादिन अघि भारतबाट भाइटीका लगाउन नेपाल आएका चौधरी भाइटीकाको अघिल्लो दिनमै नदीमा डुबेर बेपत्ता भएका हुन् ।
चौधरी बेपत्ता भएपछि प्रहरी चौकी सत्ती, प्रहरी चौकी बालाकुण्डा, सशस्त्र प्रहरी बल खक्रौला, सशस्त्र प्रहरी बल कुसुमघाटबाट प्रहरी टोलीले खोजी कार्य जारी राखेको छ । हराएको तीन दिन भैसक्दा पनि कर्णाली नदीमा डुबेका चौधरीको कुनै अत्तोपत्तो छैन ।
सोमबार दिनभरी र्याफ्टको सहायताले खोजीकार्य गर्दा पत्ता नलागेको र मङ्गलबार सशस्त्र प्रहरीको बैद्यनाथ वाहिनी अत्तरियाबाट गोताखोर मगाएर खोजी गरिने वडाध्यक्ष यज्ञप्रसाद न्यौपानेले जानकारी दिए । बिशाल बेपत्ता भए पछि एघार जनाको चौधरी परिवार शोकमग्न छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक १९ गते, २०८१ - २१:०८
कैलाली । कैलाली जिल्लाको भजनी बजार जिल्लाको पुरानो सदरमुकामको रूपमा रहेको इतिहास धेरै भएको छैन । हरेक सम्भावनाले भरिएको भजनीलाई कैलाली जिल्लाको सदरमुक...
कार्तिक १९ गते, २०८१ - २०:४६
सुनसरी । सुनसरी हरिनगर गाउँपालिका–२ का मरिक समुदाय छठ पर्व नजिकिएसँगै बाँसका सामग्री बनाउन व्यस्त छन् । आस्था र लोकपर्वका रूपमा रहेको छठ पर्व आउन केही...
कार्तिक १९ गते, २०८१ - २०:१८
काठमाडौं । राष्ट्रिय सूचना आयोगको प्रमुख सूचना आयुक्तमा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष डा. सुरेश आचार्यको नाम सिफारिस भएको छ । सदस्यहरूमा नेकपा ए...
कार्तिक १९ गते, २०८१ - २०:१०
मकवानपुर । मदन भण्डारी लोकमार्गअन्तर्गत मकवानपुरको बागमती गाउँपालिका–४ हरामिटोलस्थित सडकमा आज साँझ स्कुटरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । हे...
कार्तिक १९ गते, २०८१ - २०:०४
काठमाडौं । अमेरिकाले डाइभर्सिटी भिसाको २०२६ को लागि आवेदन दिने समय दुई दिन थप गरेको छ । यसअघि ५ नोभेम्बर २०२४ सम्म कायम गरिएको समयावधि दुई दिन थपेर ७ ...
कार्तिक १९ गते, २०८१ - १९:५६
म्याग्दी । म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक आज साँझदेखि अवरुद्ध भएको छ । म्याग्दीको रघुगङ्ग...
कार्तिक १९ गते, २०८१ - १९:५१
महोत्तरी । छठ पर्व मनाउन तीन दिनमात्रै बाँकी रहँदा महोत्तरीसहित सम्पूर्ण मिथिलाञ्चलका गाउँगाउँमा छठपूजाका छठ घाट दुलहीझैँ सजाउने काम भइरहेको छ । यह...
कार्तिक १९ गते, २०८१ - १९:४५
काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा नेपाली चिया तथा कफीको माग बढ्दै गएको छ । चिया तथा कफी विकास बोर्डको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७९/०८० मा ७७ मेट कफ...
कार्तिक १९ गते, २०८१ - १९:३९
काठमाडौं । यस वर्ष धान उत्पादन कम हुने अनुमान गरिएको छ । किसानले धान पाकेर भित्र्याउने बेलामा नै मौसम अनुकूल हुन नसक्दा धान उत्पादनमा पनि कमी हुने अनु...
कार्तिक १९ गते, २०८१ - १९:२८
अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या दुई पुगेको छ । दुर्घटनामा परेर १८ जना घाइते भएका छन् । ...
प्रतिकृया लेख्नुहोस्: