अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या दुई पुगेको छ । दुर्घटनामा परेर १८ जना घाइते भएका छन् ।
भुमिकास्थान नगरपालिका वडा नम्बर ५ र ६ को सिमाना जयठाटीमा आज बेलुका अन्दाजी ५ बजे देउसी भैलो नाचिरहेको ठाउँमा ना ३ ख २४७१ नम्बरको बसको ब्रेक फेल भएपछि दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डीएसपी चक्रबहादुर मल्लले बताए ।
भैलो खेल्न आएको बसको एक्कासी ब्रेक फेल भई बाटोमा भैलो खेलिरहेका ग्रुपलाई ठक्कर दिएको प्रहरीको भनाइ छ । घटनास्थलमै एक जना महिलाको ज्यान गएकाे र उपचारको क्रममा २२ वर्षिय तारा श्रेष्ठको अर्घाखाँची अस्पतालमा ज्यान गएको डीएसपी मल्लको भनाइ छ । घाइतेलाई अर्घाखाँची अस्पतालमा उपचारका लागि पठाइएको छ ।
प्रहरी र स्थानीयले घटनास्थलमा उद्धार गरेका छन् । घटनाको अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २२ गते, २०८१ - १९:४४
गलकोट । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले स्थानीय स्रोत र साधनको अधिक उपयोग गरी देशलाई आर्थिक समृद्धिको मार्गमा ...
मंसिर २२ गते, २०८१ - १९:२७
ताप्लेजुङ । सुनसरी धरानको गोधुली फुटबल क्लबले अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो कञ्चनजङ्घा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबर भएको फाइनल...
मंसिर २२ गते, २०८१ - १९:२२
काठमाडौं । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा कम्तीमा १० जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ । नवलपरासी पश्चिम, रामग्राम नगर...
मंसिर २२ गते, २०८१ - १९:१७
विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एक्कासि र उत्तेजनामा संविधान संशोधन हुन नसक्ने बताएका छन् । कोशी प्रदेश समितिले शनिबार विरा...
मंसिर २२ गते, २०८१ - १९:११
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शासकीय स्वरूप र निर्वाचन प्रणाली बदल्नु पर्ने वेला आएकाे बताएका छन् । उनले राज...
मंसिर २२ गते, २०८१ - १९:०२
काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.सिके राउत चीनको एक साता लामो भ्रमण सकाएर आज स्वदेश फर्केका छन् । चीनको कुनमिङ हुँदै युनान पुगेका अध्यक्ष राउत एउटा...
मंसिर २२ गते, २०८१ - १८:५८
सुनसरी । सुनसरीको हरिनगर गाउँपालिका –४ हरिनगरा बजारमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ । शनिबार को १ ह ६४३१ नम्बरको टिप्परको ठक्करबाट देवानगञ्...
मंसिर २२ गते, २०८१ - १८:४८
माेरङ । नेपाली काङ्ग्रेसका सभापति एवम पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले अब सरकारले बैदेशिक ऋणभन्दा अनुदानलाई प्राथमिकता दिनुपर्ने बताएका छन् । ...
मंसिर २२ गते, २०८१ - १८:४४
बाँके । नेपालगन्जलाई बेस बनाएर पश्चिम नेपालको भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले शनिबार परिवारका साथ बागेश्वरी मन्दिरको दर्शन गरेका छन् । ग...
मंसिर २२ गते, २०८१ - १८:१२
बोगोटा । कोलम्बियाको ग्रामीण दक्षिणपश्चिम विभाग काउकामा बाँध भत्किँदा कम्तीमा एक दर्जन व्यक्ति घाइते हुनुका साथै धेरै बालबालिका बेपत्ता भएका छन् । ...
प्रतिकृया लेख्नुहोस्: