Khabar Dabali २२ मंसिर २०८१ शनिबार | 7th December, 2024 Sat
Investment bank

पहिरोकाे कारण बेनी–जोमसोम सडक अवरुद्ध

खबरडबली संवाददाता

म्याग्दी । म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक आज साँझदेखि अवरुद्ध भएको छ । 

म्याग्दीको रघुगङ्गा गाउँपालिकाको बैसरी र अन्नपूर्ण गाउँपालिकाको महभीरमा पहिरो खसेका कारण सडक अवरुद्ध बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख प्रहरी राजकुमार केसीले आज दिउँसोदेखिको वर्षातका कारण सडकमा पहिरो खसेर सवारी साधन आवत–जावत रोकिएको जानकारी दिए । 

वर्षा नरोकिएको, रात परिससकेको र निरन्तर पहिरो खसिरहेकाले रातको समयमा बेनी–जोमसोम सडकमा यात्रा नगर्न उनले आग्रह गरे । बेनी–जोमसोम–कोरला सडक आयोजनासँग समन्वय गरेर मङ्गलबार बिहानैदेखि पहिरो पन्छाएर सडक सञ्चालन गराउन पहल गरिने ट्राफिक प्रहरी कार्यालयका प्रमुख केसीले बताए । 

सडक अवरुद्ध हुँदा म्याग्दीको रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङका बासिन्दाका साथै घुम्न आएका पर्यटकहरू बिचबाटोमै रोकिएका छन् । मुस्ताङतर्फ जाने सवारी साधनहरू बेनी र म्याग्दीतर्फ आउने सवारी साधनहरू भुरुङ्ग–तातोपानीतर्फ फर्किएका छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कञ्चनजङ्घा गोल्डकपकाे उपाधि गोधुली फुटबल क्लबकाे पाेल्टामा

ताप्लेजुङ । सुनसरी धरानको गोधुली फुटबल क्लबले अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो कञ्चनजङ्घा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबर भएको फाइनल...

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी १० जनाको मृत्यु

काठमाडौं । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा कम्तीमा १० जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ ।  नवलपरासी पश्चिम, रामग्राम नगर...

कांग्रेसले हडबढाएर संशोधन गर्दैन्: गगन थापा

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एक्कासि र उत्तेजनामा संविधान संशोधन हुन नसक्ने बताएका छन् । कोशी प्रदेश समितिले शनिबार विरा...

शासकीय स्वरूप र निर्वाचन प्रणाली बदल्नु पर्छ: प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शासकीय स्वरूप र निर्वाचन प्रणाली बदल्नु पर्ने वेला आएकाे बताएका छन् ।  उनले राज...

जनमत पार्टीका अध्यक्ष राउत चीनबाट फर्के

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.सिके राउत चीनको एक साता लामो भ्रमण सकाएर आज स्वदेश फर्केका छन् । चीनको कुनमिङ हुँदै युनान पुगेका अध्यक्ष राउत एउटा...

सुनसरीमा टिप्परको ठक्करबाट एकको मृत्यु

सुनसरी । सुनसरीको हरिनगर गाउँपालिका –४ हरिनगरा बजारमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ । शनिबार को १ ह ६४३१ नम्बरको टिप्परको ठक्करबाट देवानगञ्...

यो गठबन्धन पूरा समयसम्म रहन्छ: सभापति देउवा

माेरङ । नेपाली काङ्ग्रेसका सभापति एवम पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले अब सरकारले बैदेशिक ऋणभन्दा अनुदानलाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।  ...

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा बागेश्वरी मन्दिरको दर्शन

बाँके । नेपालगन्जलाई बेस बनाएर पश्चिम नेपालको भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले शनिबार परिवारका साथ बागेश्वरी मन्दिरको दर्शन गरेका छन् ।  ग...

कोलम्बियामा बाँध फुट्दा १२ जना घाइते, धेरै बालबालिका बेपत्ता

बोगोटा । कोलम्बियाको ग्रामीण दक्षिणपश्चिम विभाग काउकामा बाँध भत्किँदा कम्तीमा एक दर्जन व्यक्ति घाइते हुनुका साथै धेरै बालबालिका बेपत्ता भएका छन् ।  ...

सिरियामा दुई लाख ८० हजार भन्दा बढी मानिस विस्थापित : राष्ट्रसङ्घ

जेनेभा । सिरियाको उत्तरपश्चिम हयात तहरीर अल-शाम (एचटीएस) को नेतृत्वमा रहेको क्षेत्रमा आक्रमणपछि दुई लाख ८० हजार भन्दा बढी मानिस विस्थापित भएका छन् ।  ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy