मकवानपुर । मदन भण्डारी लोकमार्गअन्तर्गत मकवानपुरको बागमती गाउँपालिका–४ हरामिटोलस्थित सडकमा आज साँझ स्कुटरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।
हेटौंडाबाट सिन्धुलीतर्फ जाँदै गरेको बा.प्र. ०३–००४ प ७२७६ नम्बरको स्कुटरको ठक्करबाट मकवानपुरको बागमती गाउँपालिका–४ निवासी ४८ वर्षीया गङ्गा पहरीको मृत्यु भएको हो । सोही स्कुटरको ठक्करबाट पहरीका ५ वर्षीय अनुप पहरी घाइते भएका छन् ।
ठक्करबाट गम्भीर घाइते गङ्गा पहरीलाई उपचारको लागि हेटौंडास्थित चुरेहिल अस्पताल भर्ना गरिएकामा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । घाइते अनुपको सोही अस्पतालमा उपचार भइरहेको जनाएको छ ।
ठक्कर दिने स्कुटर र चालक हेटौंडा उपमहानगरपालिका ६ चौघडा निवासी २६ वर्षीय अनुपकुमार क्षेत्रीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक अर्यालले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २० गते, २०८१ - १९:५५
ललितपुर । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ललितपुर महानगरले स्वास्थ्य क्षेत्रमा सबैले सिक्न योग्य हुनेगरी काम गर्नुपर्नेमा जोड दिएका छन...
मंसिर २० गते, २०८१ - १९:५०
भैरहवा । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कानुन संशोधन गरेर भए पनि सरकारले लगानीको वातावरण बनाउने बताएका छन् । भैरहवामा आजदेखि सुरु भ...
मंसिर २० गते, २०८१ - १९:४३
काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले सातै प्रदेशमा सरकारविरुद्ध खवरदारी गर्ने भएकाे छ । माओवादी केन्द्रले आगामी केन्द्रीय समिति बैठ...
मंसिर २० गते, २०८१ - १९:०७
पाँचथर । ११औँ संस्करणको फाल्गुनन्द गोल्डकपको पुरस्कार राशि दोब्बरभन्दा बढीले वृद्धि भएको छ । आयोजक फिदिम रिपोर्टिङ क्लबले सदरमुकाम फिदिममा पत्रकार सम्...
मंसिर २० गते, २०८१ - १९:०३
माल्टा । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले बिहीबार रुसका विदेशमन्त्री सर्गेई लाभरोभलाई ‘गलत सूचनाको सुनामी’ फैलाएको आरोप लगाउँदै युक्रेनमा युद्...
मंसिर २० गते, २०८१ - १८:५९
चितवन । भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम ७० प्रतिशत सम्पन्न भएको छ । नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर ...
मंसिर २० गते, २०८१ - १८:५३
काठमाडाैं । स्थायी अध्यापन अनुमतिपत्र (टिचिङ लाइसेन्स) नक्कली भेटिएपछि विशेष अदालतले एकजनालाई सजाय सुनाएको छ । ब्रह्मदेव यादवको हकमा विशेषले ६ महिना क...
मंसिर २० गते, २०८१ - १८:४८
बागलुङ । ‘एक निर्वाचन क्षेत्र एक रणनीतिक सडक’अन्तर्गत बागलुङ क्षेत्र नं. १ मा पर्ने बोक्से–सिगानाखण्डको स्तरोन्नति सकिएको छ । उक्त सडक स्तरोन्नतिसँगै ...
मंसिर २० गते, २०८१ - १८:४२
नवलपुर । नवलपुरमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार बिहीबार नव...
मंसिर २० गते, २०८१ - १८:३९
काठमाडौं । कंगोमा फ्लूको जस्तो लक्षणहरू देखिने अज्ञात रोगबाट कम्तीमा ७९ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा अधिक...
प्रतिकृया लेख्नुहोस्: