Ntc summer Offer
Khabar Dabali ११ पुष २०८१ बिहीबार | 26th December, 2024 Thu
Investment bank

राजस्व संकलनमा थप मेहनत गर्न अर्थमन्त्रीको निर्देशन

खबरडबली संवाददाता

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्व संकलनमा थप मेहनत गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् । 

अर्थ मन्त्रालयका सचिव र विभागीय प्रमुखहरुको बैठकमा अर्थमन्त्री पौडेलले औषत भन्दा माथि उठेर काम गर्न र  मातहतका कर्मचारीहरुलाई काममा लगाउन निर्देशन दिएका हुन् । सामान्य अवस्थाको कामले नतिजा पनि सामान्य आउने उल्लेख गर्दै अर्थमन्त्री पौडेलले गत सालको यही अवधिको तुलनामा १३ प्रतिशत राजस्व वृद्धिमा चित्त बुझाएर बस्ने अवस्था नरहेको बताए । 

संविधान र राष्ट्रको हितलाई ध्यान दिइ कानुन अनुसार करदातासँग राजस्व संकलन संकलन गर्नुपर्ने धारणा व्यक्त गर्दै अर्थमन्त्री पौडेलले समस्याहरुलाई तत्काल सम्बोधन गर्न पनि निर्देशन दिए । राजस्व चुहावट नियन्त्रणका लागि सुरक्षाकर्मी लगायत अन्तर निकायहरुबीच समन्वय गरी काम गर्न पनि निर्देशन दिए । उनले राजस्व संकलनमा कमजोरी गर्नेलाई छुट नदिन र ठाउँका ठाउँ एक्सन लिन पनि निर्देशन दिएका छन् ।

अर्थमन्त्री पौडेलले राजस्व संकलनका लागि नीतिगत, संरचनागत र प्रकृयागत सुधारका लागि नेतृत्वले साथ दिने बताए । बैठकमा अर्थ सचिव, राजस्व सचिव, राजस्व महाशाखा प्रमुख, भन्सार विभागका महानिर्देशक, आन्तरिक राजस्व विभागका महानिर्देशक लगायतको उपस्थिति थियो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेसको सय दिने विशेष अभियानको समयवाधि एक महिना थपियाे

काठमाडाैं । नेपाली कांग्रेसले ‘एक सय दिने विशेष अभियान’को समयवाधि थप गरेको छ । १६ पुससम्मका लागि निर्धारण गरिएको अभियान १६ माघमा समापन गर्ने गरी समयाव...

माओवादीसँग एकता गर्न नचाहेको हल्ला सत्य होइन: विप्लव

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेकपा माओवादीसँग एकता गर्न नचाहेको हल्ला सत्य नभएको बताएका छन् । माओ दिवसको अ...

गुल्मीमा बालिका बलात्कार आराेपी जेल चलान

गुल्मी । गुल्मी तम्घासमा दुई बालिकालाई होटलमा लगेर  बलात्कार गर्ने युवा पुर्पक्षका लागि जेल चलान भएका छन् । बलात्कारको आरोपमा प्रहरीले मालिका गाउँपालि...

रुपन्देहीमा बालिका बलात्कार आराेपमा दुईजना पक्राउ

रुपन्देही । रुपन्देहीको सैनामैना नगरपालिकामा एक बालिका बलात्कृत भएकी छिन् । १४ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्रा...

दक्षिण कोरियाले आगामी वर्ष २ लाख ७ हजार विदेशी कामदार भित्र्याउने

काठमाडौं । दक्षिण कोरियाले आगामी वर्ष २ लाख ७ हजार विदेशी कामदार रोजगारीमा भित्र्याउने भएको छ । यस वर्षका लागि कोरियाले दुई लाख २० हजार कोटा छुट्याएको...

बागमती सरकारले निर्माणधीन गौतम बुद्ध रंगशालालाई १० करोड दिने

मकवानपुर । बागमती प्रदेश सरकारले चितवनमा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि १० करोड रुपैयाँ बजेट निकासा गर्ने निर्णय गरेक...

निर्वाचन क्षेत्रका जनताको घरदैलोमा पुग्दै शेखर कोइराला

माेरङ । नेपाली कांग्रेस नेता डा. शेखर कोइराला जनताको घरदैलोमै पुगेर समस्या र सुझाव संकलनको कामलाई तीव्रता दिएका छन् । निर्वाचित भएर गएपछि जनतालाई बेवा...

सङ्खुवासभामा ३४ करोड बढीको सुन्तला बिक्री

किमाथाङ्का । जिल्लामा यो वर्ष  ३४ करोड बढीको सुन्तला बिक्री भएको छ । सुन्तला उत्पादन बढेसँगै कारोबारमा पनि वृद्धि भएको हो । यो वर्षको हालसम्म रु ३४ कर...

निजामती कर्मचारीका पार्टीगत ट्रेड युनियन हटाउन सत्तारुढ दुई दल सहमत

काठमाडौं । निजामती कर्मचारीका पार्टीगत ट्रेड युनियन हटाउन सत्तारुढ दुई दल काँग्रेस र नेकपा (एमाले) सहमत भएका छन् । बिहीवार राज्य व्यवस्था समितिको बैठक...

सरकारको हरेक गलत कदमको खबरदारी गर्छौँ: वर्षमान पुन

राेल्पा । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले बिचौलियाको डिजाइनअनुसार सरकारले नयाँ स्टक एक्सचेन्ज खोल्ने अनुमति दि...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy