पोखरा । पोखरा बसपार्क क्षेत्रमा वर्षौंदेखि बसोबास गर्दै आएका परिवारको छानबिनमा चकित पार्ने तथ्य बाहिर आएको छ। महानगरपालिकाले गठन गरेको अध्ययन समितिको प्रतिवेदनअनुसार बसपार्कको जग्गामा बसोबास गरिरहेका ५७३ परिवारमध्ये २२० परिवारसँग अन्यत्रै घरजग्गा रहेको पाइएको छ। २९९ परिवार मात्र वास्तविक भूमिहीन सुकुम्बासी रहेको प्रतिवेदनले देखाएको हो।
पोखरा महानगरपालिकाले सुकुम्बासी, भूमिहीन र अव्यवस्थित बसोबासीको अवस्था अध्ययन गर्न गठन गरेको समितिले शनिबार प्रतिवेदन सार्वजनिक गरेको हो। समिति संयोजक तथा महानगरका सूचना अधिकारी कृष्ण तिवारीका अनुसार प्रारम्भिक अध्ययनमा २३३ परिवारको अन्यत्र पनि घरजग्गा रहेको देखिएको थियो। थप छानबिनपछि १३ परिवार वास्तविक सुकुम्बासी भएको पुष्टि भएपछि अन्ततः २२० परिवारसँग अन्यत्र सम्पत्ति रहेको निष्कर्ष निकालिएको हो।
प्रतिवेदनअनुसार ५५ परिवारले सुकुम्बासीको निवेदन दिए पनि उनीहरू बसपार्क क्षेत्रमा नै जग्गा वा पसल सञ्चालन गरिरहेको भेटिएको छ। कुल ५७४ निवेदन परे पनि एउटा विवरण अपूर्ण भएकाले ५७३ परिवारको अध्ययन गरिएको तिवारीले जानकारी दिए।
अन्यत्र घरजग्गा भएका परिवारको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा अझै निर्णय भइनसकेको महानगरले जनाएको छ। वास्तविक भूमिहीन सुकुम्बासीका लागि भने अर्को समितिमार्फत उपयुक्त सरकारी जग्गा पहिचान गरी व्यवस्थापन प्रक्रिया अघि बढाइनेछ। त्यसपछि वडा, महानगर र राष्ट्रिय भूमि आयोगको सिफारिसमार्फत मालपोत कार्यालयबाट लालपुर्जा उपलब्ध गराइने प्रक्रिया अगाडि बढ्नेछ।
पोखरा उपत्यका नगर विकास समितिले २०३१ सालमा बसपार्क निर्माणका लागि २०५ रोपनी जग्गा अधिग्रहण गरेको थियो। तर समयक्रममा सडक मापदण्ड, बिक्री, सट्टापट्टा र अनधिकृत बसोबासका कारण अहिले बसपार्कको क्षेत्रफल घटेर २६ रोपनीमा सीमित भएको छ।
महानगरले बसपार्क निर्माणलाई प्राथमिकतामा राख्दै लालपुर्जाभित्र बनेका व्यापारिक संरचना हटाउने अभियान पनि जारी राखेको छ। हालसम्म ५२० वटा संरचना हटाइसकिएको महानगरले जनाएको छ।
महानगरले प्रतिवेदन सार्वजनिक गर्दै ७ दिनभित्र दाबी–विरोध पेश गर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ। बसपार्कको जग्गा, सुकुम्बासी व्यवस्थापन र विगतमा भएको जग्गा कारोबारबारे सत्यतथ्य पत्ता लगाउन महानगरले तीन वटा छुट्टाछुट्टै समिति गठन गरेको थियो।
मेयर धनराज आचार्यले वास्तविक सुकुम्बासीलाई न्याय दिलाउँदै सबै पक्षको सहमतिमा आधुनिक बसपार्क निर्माण गर्ने लक्ष्यका साथ प्रक्रिया अघि बढाइएको बताएका छन्। साथै, बसपार्कको जग्गामा विगतमा भएको चलखेल र अनियमितताबारे छानबिन प्रतिवेदनसमेत प्राप्त भइसकेको र त्यसका आधारमा आवश्यक निर्णय गरिने महानगरले जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ३ गते, २०८३ - ०९:५९
रसुवा । नेपाल–चीन व्यापारको मुख्य प्रवेशद्वार मानिने स्याफ्रुबेसी–रसुवागढी सडक अहिले चीन सरकारको सहयोगमा स्तरोन्नति भइरहेको छ। गत वर्ष ल्हेन्दे खोलामा...
श्रावण ३ गते, २०८३ - ०९:५३
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको अधिकतम थोक मूल्यसूची सार्वजनिक गरेको छ। समितिका अनुसार आज गोलभेँडा, आलु, ...
श्रावण ३ गते, २०८३ - ०९:४७
पोखरा । पोखरा बसपार्क क्षेत्रमा वर्षौंदेखि बसोबास गर्दै आएका परिवारको छानबिनमा चकित पार्ने तथ्य बाहिर आएको छ। महानगरपालिकाले गठन गरेको अध्ययन समितिको ...
श्रावण ३ गते, २०८३ - ०९:४०
काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी, पहिरो र ढुंगा खस्ने घटनाले देशका विभिन्न राजमार्ग प्रभावित भएका छन्। केही सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भन...
श्रावण ३ गते, २०८३ - ०९:३६
सर्लाही । सर्लाहीको मलंगवामा प्रेमिकासँग विवाह गराइदिनुपर्ने माग राख्दै नेपाल टेलिकमको ८० मिटर अग्लो टावरमा चढेका एक युवकलाई सुरक्षाकर्मीले सकुशल उद्ध...
श्रावण ३ गते, २०८३ - ०९:३२
चितवन । चितवनको इच्छाकामना गाउँपालिका-६ जलबिरे नजिक मुग्लिङ–नारायणगढ सडकखण्डमा तीन सवारीसाधन एकापसमा ठोक्किँदा करिब २५-२६ जना यात्रु घाइते भएका छन् । ...
श्रावण ३ गते, २०८३ - ०९:२१
नारायणगढ–मुग्लिन सडक अवरुद्ध, नारायणगढ–मुग्लिन सडक अवरुद्ध
श्रावण २ गते, २०८३ - २०:४६
काठमाडौं । राइड सेयरिङ सेवा प्रयोग गर्ने चालक (राइडर/क्याप्टेन) माथि सरकारले नयाँ कर व्यवस्था लागू गरेको छ। शुक्रबारदेखि लागू भएको व्यवस्थाअनुसार १०० ...
श्रावण २ गते, २०८३ - २०:४०
तेह्रथुम । बढ्दो बसाइँसराइ, घट्दो जन्मदर र रित्तिँदै गएका पहाडी गाउँहरूलाई पुनर्जीवित गर्ने उद्देश्यसहित तेह्रथुमको छथर गाउँपालिकाले नयाँ सामाजिक सुरक...
श्रावण २ गते, २०८३ - २०:२९
सिरहा । तराई–मधेसको ‘लाइफ लाइन’ मानिने हुलाकी सडक र कमला नदीमाथिको पुल निर्माणमा भइरहेको ढिलाइप्रति सरकारको ध्यानाकर्षण गराउन सिरहामा शनिबार राष्ट्रिय...



प्रतिकृया लेख्नुहोस्: