काठमाडौं। नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीभित्र केही नेताहरू व्यक्तिगत स्वार्थ र पदको लोभमा दक्षिणपन्थी शक्तिहरूसँग ‘अपवित्र साँठगाँठ’ गर्ने प्रवृत्ति बढ्न सक्ने भन्दै त्यसप्रति गम्भीर सावधानी अपनाउन आग्रह गरेका छन्।
आइतबार जारी प्रेस विज्ञप्तिमार्फत खनालले मुलुक जटिल राजनीतिक, आर्थिक तथा सामाजिक अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै यस्तो बेला सम्पूर्ण देशभक्त, लोकतान्त्रिक, वामपन्थी, समाजवादी र प्रगतिशील शक्तिहरूबीच एकता अपरिहार्य रहेको बताएका छन्।
उनले वर्तमान सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाउँदै राष्ट्रियता, राष्ट्रिय स्वतन्त्रता, जनजीविका, जनताको सूचनाको हक, छिमेकी मुलुकसँगको सम्बन्ध तथा राज्यका विभिन्न अंगहरूबीचको समन्वय कमजोर बन्दै गएको दाबी गरेका छन्।
विज्ञप्तिमा खनालले आर्थिक संकटका कारण श्रमजीवी नागरिकहरू गम्भीर समस्यामा परेको उल्लेख गर्दै देशमा बढ्दो विदेशी हस्तक्षेप र आन्तरिक अस्तव्यस्तताविरुद्ध व्यापक राष्ट्रिय एकताको आवश्यकता औँल्याएका छन्।
उनले विगतमा नीतिहीन, वर्गीय दृष्टिकोणविहीन तथा गुटगत स्वार्थका आधारमा दक्षिणपन्थी शक्तिहरूसँग गरिएको सहकार्यले कम्युनिस्ट आन्दोलनलाई क्षति पुगेको उल्लेख गर्दै त्यही गल्ती दोहोरिन नदिन नेतृत्वलाई सचेत गराएका छन्।
विशेषगरी प्रदेश सरकार गठनका विषयमा भइरहेका राजनीतिक छलफलप्रति संकेत गर्दै खनालले कुनै पनि नयाँ राजनीतिक समीकरण अघि बढाउनुअघि पार्टीको केन्द्रीय संयोजन समितिको बैठक बोलाई विस्तृत छलफल गर्नुपर्ने माग गरेका छन्।
‘कुनै पनि नयाँ राजनीतिक समीकरणबारे निर्णय गर्नुअघि कम्तीमा केन्द्रीय संयोजन समितिको बैठक बोलाइयोस्। आजको आवश्यकताबारे गम्भीर समीक्षा गरियोस्। क्रान्तिकारी उद्देश्य र वर्गीय दृष्टिकोणलाई केन्द्रमा राखेर मात्रै प्रदेश सरकार गठनसम्बन्धी नीति तय गरियोस् र पार्टीलाई दक्षिणपन्थी वर्ग सम्झौतावादको दलदलमा फस्नबाट संस्थागत रूपमा जोगाइयोस्,’ विज्ञप्तिमा उल्लेख छ।
खनालले केही नेताहरूको व्यक्तिगत स्वार्थ र कुर्सी मोहका कारण हुने सम्झौतावादी प्रवृत्ति रोक्न आग्रह गर्दै अहिलेको आवश्यकता पदका लागि शक्ति–समीकरण बनाउने नभई सही राजनीतिक कार्यदिशाका आधारमा पार्टीको पुनर्गठन र रूपान्तरण गर्नुपर्ने बताएका छन्।
उनले वामपन्थी शक्तिहरूलाई आपसी आग्रह, पूर्वाग्रह, दम्भ र घमण्ड त्यागेर व्यापक एकताको पहल गर्न पनि आह्वान गरेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २४ गते, २०८३ - १७:५३
काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको सोमबार बस्ने बैठकमा चारवटा विधेयक प्रस्तुत हुने भएका छन्। बैठकमा दुई मन्त्रीसँग सांसदको मन्त्रालयगत प्रश्नोत्तर...
श्रावण २४ गते, २०८३ - १७:३९
काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विशेष महाधिवेशनका कारण पार्टी कमजोर बनेको र अहिले फुटको अवस्थामा पुगेको बताएका छन्। आ...
श्रावण २४ गते, २०८३ - १६:५८
काभ्रेपलाञ्चोक । काभ्रेको भुम्लु गाउँपालिका–८ दोलालघाटबाट बुधबार साँझ बेपत्ता भएकी ६७ वर्षीया तिलकुमारी पराजुलीको शव ओखलढुंगास्थित सुनकोशी नदीमा फेला ...
श्रावण २४ गते, २०८३ - १६:५१
चितवन । चितवन राष्ट्रिय निकुञ्जको आठ किलोमिटर क्षेत्रमा विद्युतीय तार भूमिगतको काम अघि बढेको छ । नेपाल विद्युत् प्राधिकरण बागमती प्रदेश डिभिजन कार्याल...
श्रावण २४ गते, २०८३ - १६:३३
काठमाडौँ । खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार अनुगमन तीव्र ...
श्रावण २४ गते, २०८३ - १६:०७
रूपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रूपन्देहीले शनिबार भैरहवामा विभिन्न कार्यक्रम आयोजना गर्दै पार्टी संगठन विस्तार र आगामी निर्वाचनको तय...
श्रावण २४ गते, २०८३ - १५:४९
दाङ। तुलसीपुर उपमहानगरपालिकाको एम्बुलेन्स दुर्घटना हुँदा डेढ महिने शिशुको मृत्यु भएको छ । शनिबार राति करिब ९ बजे तुलसीपुर–११ उरहरीमा हलवार स्वास्थ्...
श्रावण २४ गते, २०८३ - १५:४४
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले चुनावअघि पार्टीको नेतृत्व परिवर्तन गरे कांग्रेसले आमनिर्वाचनमा जित हासिल गर्दै सरकार गठन गर्ने भन्ने...
श्रावण २४ गते, २०८३ - १५:२७
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको वैधानिकता र विशेष महाधिवेशनबारे सर्वोच्च अदालतले पुनरवलोकनको अनुमति दिएको विषयलाई सहज रूपमा लि...
श्रावण २४ गते, २०८३ - १५:२०
पश्चिम नवलपरासी। तीनतर्फबाट भारत र एकतर्फबाट उर्लंदो नारायणी नदी। सुस्ताको भूगोल जति संवेदनशील छ, यहाँका बासिन्दाको दिनचर्या उस्तै जोखिमपूर्ण छ। बर्से...



प्रतिकृया लेख्नुहोस्: