चितवन । भरतपुर महानगरपालिका–१ स्थित योगी नरहरिनाथ गौँ संरक्षण केन्द्रमा स्थानीय जातका गाईको संरक्षण गर्न रु एक करोड एक लाखको अक्षयकोष स्थापना भएको छ ।
केन्द्रका संयोजक नवराज ढकालका अनुसार २०३९ सालदेखि केन्द्रमा गाई संरक्षण थालिएको हो । योगी नरहरिननाथबाट गौँ संरक्षण सुरु भएको भन्दै उनले त्यसलाई निरन्तरता दिइएको बताए । अक्षयकोषका लागि रु ११ हजार एक सयको आजीवन सदस्य र रु एक लाख एक हजारको संरक्षक सदस्य बनाइएको छ ।
पैतालिस जना संरक्षक सदस्य र तीन सय २५ जना आजीवन सदस्य छन् । विसं २०७४ बाट कोष स्थापना गरी रकम सङ्कलन गर्न थालिएको हो । कोषमा रु १० करोड जम्मा गर्ने लक्ष्य छ । यो तिहारमा रु १८ लाखभन्दा बढी सङ्कलन भएको उनले बताए ।
गौँ संरक्षण केन्द्रले दुई सय ५० भन्दा बढी स्थानीय जातका गाई पालेको छ । ती गाई पाल्न कोष स्थापना गरिएको हो । केन्द्रका पूर्वसंयोजक टङ्कनाथ पौडेलले दीर्घकालसम्म गाईको संरक्षण गर्न सकियोस् भनेर कोषको अवधारणा ल्याइएको बताए । दाताले पराल, चोकरलगायत सहयोग गर्दै आएका छन् ।
योगी नरहरिनाथले स्थानीय जातका श्री गाई लोप नहुन् भन्ने भावनाका साथ गाईको वंश संरक्षण गर्ने उद्देश्यले केन्द्र स्थापना गरेका हुन् । केन्द्रमा उत्पादित गोबर र गहुँत बिक्री पनि हुने गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २० गते, २०८१ - १८:१२
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले ग्रामीण दूरसञ्चार विकास कोष (आरटिडिएफ) कार्यान्वयन गर्न नेपाल दूरसञ्चार प्राविधिकरणल...
मंसिर २० गते, २०८१ - १८:०४
कास्की । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले सरकार आशा र भरोसा लाग्दो शिक्षा बनाउने गृहकार्यमा सक्रिय रहेको बताएकी छिन् । पोखरा ...
मंसिर २० गते, २०८१ - १७:५९
जुरिच । प्राकृतिक प्रकोपका कारण यस वर्ष विश्वभर अनुमानित तीन खर्ब १० अर्ब अमेरिकी डलरको आर्थिक क्षति भएको पुनर्बीमा कम्पनी स्विस रेले बिहीबार जनाएको छ...
मंसिर १९ गते, २०८१ - २०:५१
काठमाडौं । काठमाडौं महानगरपालिका–१४ खसिबजारस्थित सडकमा मंगलबार राती भएको दुर्घटनामा पैदलयात्रुको मृत्यु भएको छ । बा.प्र.०२–०२९ प १२७८ नम्बरको मोटर...
मंसिर १९ गते, २०८१ - २०:४०
नुवाकोट । नुवाकोटबाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विदुर नगरपालिका-२ का २३ वर्षीय सन्दीप पाण्डे र विदुर-१२ का २६ वर्...
मंसिर १९ गते, २०८१ - २०:१५
काठमाडौं । गायक प्रताप दास र गायिका रोजिना बस्नेतको मस्त जवानी बोलको गीतको म्युजिक भिडियो रिलिज गरिएको छ । समाजसेवी भोला नाथ पाठकको शब्द सिर्जना रहेको...
मंसिर १९ गते, २०८१ - १९:३४
काठमाडाैं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ४० देखि ५० वर्षका लागि प्रभावकारी हुने शिक्षा नीति तय गर्नुपर्नेमा जोड द...
मंसिर १९ गते, २०८१ - १९:२९
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले यस वर्ष ५०औँ वर्ष अर्थात स्वर्ण दीक्षान्त समारोह मनाउँदै छ । समारोह आगामी पुस १३ गते त्रिपुरेश्वरस्थित दशरथ रङ्गशा...
मंसिर १९ गते, २०८१ - १९:२३
काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देल चार दिने भारत भ्रमणमा जाने भएका छन् । उनी मंसिर २६ गतेदेखि २९ गतेसम्म भारत भ्रमणमा जाने भएका हुन् । भारतका...
मंसिर १९ गते, २०८१ - १९:१८
पेरिस । इरानी नोबेल शान्ति पुरस्कार विजेता नर्गिस मोहम्मदीको चिकित्सा आधारमा तेहरानको जेलबाट तीन हप्ताका लागि अस्थायी रिहाइ अपर्याप्त रहेको उनको परिवा...
प्रतिकृया लेख्नुहोस्: