Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

रविराजको 'दउरा घाटे के लेजाई', जसले छठको धुनमा झुमाउँदैछ सिंगो मधेश

खबरडबली संवाददाता

जनकपुरधाम । मधेश अब दीपावली सकिएसँगै लोक आस्थाको महापर्व छठको रंगमा रंगिन थालेको छ । घरघरमा छठका गीत बज्न सुरु भइसकेका छन् । छठको रंगमा रंगिन थालेका सर्वसाधारणलाई थप झुमाइरहेको छ, रविराज शाहको गीतले ।

मधेशका घरघरमा जहाँ-जहाँ छठको गीत बज्छ, त्यहाँ शाहको हालै सार्वजनिक भएको 'दउरा घाटे के लेजाई' बोलको गीत बजेकै सुनिन्छ । यो गीत मधेशमा यति असाध्यै मन पराइनुको कारण छ - गीत मौलिक शैली र पारम्परिक लयमा निर्माण गरिएको छ । छठ पर्व सन्तान प्राप्ति र सन्तानको दिर्घायूका लागि गर्ने गरिन्छ । गीतमार्फत् सोही विषयवस्तुलाई यति गहिरो ढंगले दर्शाइएको छ कि यो गीत सुन्नेलाई अन्तरआत्मा अनि मनमस्तिष्कमा छठ पर्वको महत्त्व आभाष गराउँछ, अनि भावुक बनाउँछ ।

शाहका अनुसार, गीतमा खासगरी एउटा निसन्तान आमाको पीडा र बेदना देखाइएको छ । मधेश तथा भारतको बिहार, यूपीलगायतका क्षेत्रमा निसन्तान महिलालाई बाँझिन भनेर कसरी सामाजिक तथा मानसिक प्रताडणा दिइन्छ भन्ने कुरालाई गीतमार्फत् दर्शाउने प्रयास गरिएको शाहले बताए । यस्तै, गीतको अन्त्यमा छठी मातामाथि विश्वास गर्ने र पूजा गर्नेलाई सन्तान प्राप्ति भएको देखाइएको र यसले छठको महत्त्व बुझाउने गायक शाहको भनाइ छ । अत्यधिक लोकप्रिय बनिरहेका यस गीतका लेखक उमालाल यादव हुन् । 

यसैगरी, संगित रौशन सिंहले भरेका छन् भने भिडयो निर्देशन राजिव समर र भिडियो सम्पादन देवेन्द्र कुशवाहाले गरेका छन् । गीतको म्यूजिक भिडियोमा अभिनय भने गायक शाहसहित सिमा शर्मा, ममता मण्डल, बीबीशा लगायतको छ । नेपाल टेलिकम प्रायोजक रहेको यो गीत र यसको म्यूजिक भिडियो गायक शाहको सबैजसो गीत सार्वजनिक हुने गरेको आफ्नै आधिकारिक युट्युब च्यानल 'रविराज शाह अफिसियल'बाट सार्वजनिक गरिएको छ । 

नेपालको चर्चित रियालिटी शो 'नेपाल लोकस्टार'बाट चर्चामा आएका शाह हिन्दी, नेपाली, भोजपुरी, मैथिलीलगायतका भाषामा लोभलाग्दो शैलीमा गीत गाउँछन् । उनले यसअघि विभिन्न भाषामा गाएका गीतहरू पनि निकै चर्चित छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले महाधिवेशन: भाेलि विहान ८ वजे मात्र मतदान हुने

काठमाडौँ । नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि भोलि(बुधबार) बिहान ८ बजे मतदान हुने भएको छ । आज हुने भनिएकाे मतदान प्राविधिक समस्याका कारण स्थगित ...

एमाले महाधिवेशन: प्रतिनिधि लाइनमा, सुरु भएन मतदान

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । नयाँ नेतृत्व(अध्यक्ष)का लागि केपी शर्मा ओली र ईश्वर पोखरेल चुनावी मैदानमा उत्रिएका...

समाजवादी क्रान्तिका लागि पार्टी एकता: नेता गजुरेल

खोटाङ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता हरिबोल गजुरेलले समाजवादी क्रान्तिका लागि शक्ति सञ्चय गर्न वामपन्थी राजनीतिक दलहरूबीच पार्टी एकता गरिएक...

श्रम, संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ

काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा (देवराज) पक्राउ परेका छन् ।  ...

छद्मभेष

दुर्गा दाहाल दानवीय र अमानवीय नर नारी दुवै हुन् रे वेश्यालयमा बालिका बेच्न नारी नै छन् रे । लैगिक हिंसा र बलत्कारी महिला नै हुनै रे  दिनमा नारा ...

५५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडौं । नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपा...

जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन् : मन्त्री घिसिङ

कैलाली । ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले जनताले चुस्तदुरुस्त पारदर्शीतासहितको भ्रष्टाचार मुक...

विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना गरेको छ ।  विभागले उद्योग तथा फर्म...

पोखरा विमानस्थल प्रमुखविरुद्ध २ करोड ५० लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाइका प्रमुख बिनेश मुनकर्मीविरुद्ध २ कर...

सशस्त्रका तीन एआईजीको सरुवा

  काठमाडौं । मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालका तीन अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ । जसअनुसार एआईजी नारायण...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending