Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

रविराजको 'दउरा घाटे के लेजाई', जसले छठको धुनमा झुमाउँदैछ सिंगो मधेश

खबरडबली संवाददाता

जनकपुरधाम । मधेश अब दीपावली सकिएसँगै लोक आस्थाको महापर्व छठको रंगमा रंगिन थालेको छ । घरघरमा छठका गीत बज्न सुरु भइसकेका छन् । छठको रंगमा रंगिन थालेका सर्वसाधारणलाई थप झुमाइरहेको छ, रविराज शाहको गीतले ।

मधेशका घरघरमा जहाँ-जहाँ छठको गीत बज्छ, त्यहाँ शाहको हालै सार्वजनिक भएको 'दउरा घाटे के लेजाई' बोलको गीत बजेकै सुनिन्छ । यो गीत मधेशमा यति असाध्यै मन पराइनुको कारण छ - गीत मौलिक शैली र पारम्परिक लयमा निर्माण गरिएको छ । छठ पर्व सन्तान प्राप्ति र सन्तानको दिर्घायूका लागि गर्ने गरिन्छ । गीतमार्फत् सोही विषयवस्तुलाई यति गहिरो ढंगले दर्शाइएको छ कि यो गीत सुन्नेलाई अन्तरआत्मा अनि मनमस्तिष्कमा छठ पर्वको महत्त्व आभाष गराउँछ, अनि भावुक बनाउँछ ।

शाहका अनुसार, गीतमा खासगरी एउटा निसन्तान आमाको पीडा र बेदना देखाइएको छ । मधेश तथा भारतको बिहार, यूपीलगायतका क्षेत्रमा निसन्तान महिलालाई बाँझिन भनेर कसरी सामाजिक तथा मानसिक प्रताडणा दिइन्छ भन्ने कुरालाई गीतमार्फत् दर्शाउने प्रयास गरिएको शाहले बताए । यस्तै, गीतको अन्त्यमा छठी मातामाथि विश्वास गर्ने र पूजा गर्नेलाई सन्तान प्राप्ति भएको देखाइएको र यसले छठको महत्त्व बुझाउने गायक शाहको भनाइ छ । अत्यधिक लोकप्रिय बनिरहेका यस गीतका लेखक उमालाल यादव हुन् । 

यसैगरी, संगित रौशन सिंहले भरेका छन् भने भिडयो निर्देशन राजिव समर र भिडियो सम्पादन देवेन्द्र कुशवाहाले गरेका छन् । गीतको म्यूजिक भिडियोमा अभिनय भने गायक शाहसहित सिमा शर्मा, ममता मण्डल, बीबीशा लगायतको छ । नेपाल टेलिकम प्रायोजक रहेको यो गीत र यसको म्यूजिक भिडियो गायक शाहको सबैजसो गीत सार्वजनिक हुने गरेको आफ्नै आधिकारिक युट्युब च्यानल 'रविराज शाह अफिसियल'बाट सार्वजनिक गरिएको छ । 

नेपालको चर्चित रियालिटी शो 'नेपाल लोकस्टार'बाट चर्चामा आएका शाह हिन्दी, नेपाली, भोजपुरी, मैथिलीलगायतका भाषामा लोभलाग्दो शैलीमा गीत गाउँछन् । उनले यसअघि विभिन्न भाषामा गाएका गीतहरू पनि निकै चर्चित छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: