काठमाडौँ । बलिवुड फिल्म निर्माता नितेश तिवारीको बहुप्रतिक्षित चलचित्र रामायणको औपचारिक घोषणा भएको छ ।
फिल्म दुई भागमा रिलिज हुने घोषणा गरिएको छ । पहिलो भाग २०२६ मा र दोस्रो भाग २०२७ मा दीपावलीको अवसरमा रिलीज हुनेछ ।
यस फिल्ममा रणवीर कपुरलाई भगवान रामको भूमिकामा र दक्षिण भारतीय अभिनेत्री साई पल्लवी सीताको भूमिकामा रहेकी छन् । त्यस्तै केजीएफ फेम अभिनेता यश फिल्ममा रावणको भूमिकामा देखिनेछन् ।
फिल्मको पहिलो पोस्टर सेयर गर्दै निर्माता नमिल मल्होत्राले लेखेका छन्– 'मैले यो महाकाव्यलाई ठूलो पर्दामा ल्याउनको लागि ठूलो खोज सुरु गरेको छु । जसले ५००० वर्षभन्दा बढी समयदेखि अरबौं हृदयहरूमा शासन गरेको छ । म यसलाई सुन्दर ढंगले आकार दिइरहेको देखेर उत्साहित छु । हाम्रो टोलीको एउटै उद्देश्य छ, हाम्रो इतिहासको सबैभन्दा प्रामाणिक, पवित्र रूप, हाम्रो सत्य र हाम्रो संस्कृति हाम्रो रामायण संसारभरका मानिसहरूलाई प्रस्तुत गर्ने ।'
यो फिल्म ५ सय करोडभन्दा बढीको बजेटमा बनाइने बताइएको छ । फिल्मलाई मधु मन्टेना, अल्लु अरविन्द र नमित मल्होत्राले संयुक्त रुपमा निर्माण गर्नेछन् ।
फिल्मलाई अन्तर्राष्ट्रिय स्तरमा रिलिज गर्न निर्माता नमित मल्होत्राले अन्तर्राष्ट्रिय कम्पनी वार्नर ब्रदर्ससँग सम्झौता गर्ने प्रयास गरिरहेको बताइएको छ ।
फिल्ममा हान्स जिम्मर र एआर रहमान जस्ता ओस्कर विजेता कलाकारहरू संगीत र पृष्ठभूमि स्कोरमा काम गरिरहेको जानकारी दिइएको छ ।
ओस्कार विजेता कम्पनी डिनेग फिल्मको भिएफएक्समा काम गर्ने भएको छ । यो फिल्म हिन्दी, तमिल र तेलुगु लगायत धेरै भाषामा रिलिज हुने बताइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २६ गते, २०८३ - १७:५०
काठमाडौं । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश सरकार गठन र मन्त्रालय बाँडफाँटलाई व्यवस्थित गर्न नयाँ मोडेल तय गरेका छन्। एमाले ...
श्रावण २६ गते, २०८३ - १७:३६
कञ्चनपुर। प्रहरीले कञ्चनपुरको महेन्द्रनगरबाट कटुवा पेस्तोल सहित चार युवकलाई नियन्त्रणमा लिएको छ । महेन्द्रनगर बजारको दक्षिण तर्फ रहेको सालघारी क्षेत्र...
श्रावण २६ गते, २०८३ - १७:२२
काठमाडौं । व्यवसायी शेखर गोल्छासँग सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा विशेष अदालतले एक करोड रुपैयाँ धरौटी माग गरेको छ। मंगलबार विशेष अदालतमा भएको ...
श्रावण २६ गते, २०८३ - १६:५७
काठमाडौं । सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका पाँच प्रमुख निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले मन्त...
श्रावण २६ गते, २०८३ - १६:५०
काठमाडौं । सरकारले सुनसरी र सिरहाका घटनामा ज्यान गुमाएका चार जनालाई शहीद घोषणा गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले सुनसरीका ...
श्रावण २६ गते, २०८३ - १६:३५
काठमाडौं । सिरियाको अदालतले अपदस्थ पूर्वराष्ट्रपति बशर अल असदलाई युद्ध अपराध र मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको फैसला सुनाएको छ। ...
श्रावण २६ गते, २०८३ - १६:१०
काठमाडौँ। सरकारले विराटनगर जुट मिल पुन: सञ्चालनका लागि अध्ययन गर्न एक कार्यदल गठन गरेको छ। उद्योगको विद्यमान आर्थिक, प्राविधिक तथा कानुनी अवस्था अध्यय...
श्रावण २६ गते, २०८३ - १५:५९
रौतहट। रौतहटको लालबकैया नदीमा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता भएका छन्। देवाही गोनाही नगरपालिका–२, लक्ष्मीनियास्थित लालबकैया नदीमा मंगलबार दिउ...
श्रावण २६ गते, २०८३ - १५:४८
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला आगामी श्रावण २९ गते आयोजना हुने विशेष भेलामा सहभागी हुने भएका छन्। डा। कोइरालाले भेलाको उद्घाटन ...
श्रावण २६ गते, २०८३ - १५:४१
नारायणगढ। चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। पश्चिम चितवनको मेघौलीमा रहेको हरियाली सामुदायिक वनम...



प्रतिकृया लेख्नुहोस्: