जनकपुरधाम। छठ पर्वको मुख्य दिन आज जनकपुरधामका विभिन्न छठ घाटमा छठका सामग्री राखिएका छन् । आज छठ व्रतालुले साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिन छठ सामग्री घाटमा राखिएका हुन् ।
श्रद्धा र आस्थाका साथ सूर्य देवताको उपासनामा समर्पित छठ व्रतालुहरूले सूर्यको उपासनासँगै अस्ताउँदो सूर्यलाई सन्ध्यामा अर्घ दिई छठ मनाउने गर्छन् । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व मङ्गलबारदेखि सुरु भएको उक्त पर्वमा विशेष व्रतालुहरूले साँझ अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गर्दै सूर्य देवको पूजा गर्नेछन् ।
छठ पर्व विशेष गरी स्वच्छता, अनुशासन र निष्ठाको पर्व मानिन्छ, जहाँ श्रद्धालुहरूले कठोर व्रत, उपवास र नदी तथा तालमा स्नान गरी सूर्य देवताप्रति आस्था प्रकट गर्छन् । शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि यो पर्वको समापन गरिनेछ । यो पर्व विशेष गरी मिथिला, तराई–मधेश क्षेत्रमा व्यापक रूपले मनाइन्छ ।
छठ पर्वको अवसरमा जनकपुरधाम लगायत छठ पर्व मनाइने विभिन्न स्थानका नदी, तलाउ र पोखरीमा विशेष सजावट गरिएको छ भने सुरक्षा व्यवस्था कडा बनाइएको छ । चार दिनसम्म विधिपूर्वक मनाइने नहाय खायदेखि छठ सुरु भएको मानिन्छ, दोस्रो दिन खरना, तेस्रो दिन छठ पर्वको मुख्य दिन जहाँ अस्ताउँदो सूर्यलाई अर्घ दिइन्छ । चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व समापन हुन्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २९ गते, २०८२ - १७:०३
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन पेस भएको छ । प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद् अध्यक्ष सुश...
मंसिर २९ गते, २०८२ - १६:५८
काठमाडौं । प्रधानमन्त्री तथा आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका अध्यक्ष सुशीला कार्कीले देशको समावेशी विकासमा सरकारले काम गरिरहेको बताएको छि...
मंसिर २९ गते, २०८२ - १६:४९
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभाका सांसद सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर भएको छ। ...
मंसिर २९ गते, २०८२ - १६:३७
काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार जेनजी आन्दोलनमा मारिनुभएका प्रहरी हवल्दार अमृत गुरुङको परिवारसँग भेट गरेको छन् । कास्कीको रुपा गाउँप...
मंसिर २९ गते, २०८२ - १६:२१
काठमाडौँ। नेकपा (एमाले)का पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले पार्टीको ११ औँ महाधिवेशनले एकताबद्ध एमाले बनाउने बताएको छन्। आइतबार पार्टीको ११ औँ महा...
मंसिर २९ गते, २०८२ - १५:५२
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कले घटेको छ। आज नेप्से परिसूचक १२ दशमलव ५० अङ्कले घटेर दुई हजार ५९४ दशमलव ८७ को बिन्दुमा क...
मंसिर २९ गते, २०८२ - १५:२०
काठमाडौँ। नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको छ। केन्द्रीय कमिटीको बैठक लम्बिदा बन्द सत्रको समय पटक–...
मंसिर २९ गते, २०८२ - १५:१०
नेपालगन्ज। जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौवस्ता बाल सुधार गृहबाट भागेका ३८ जना बालबन्दीलाई पक्राउ गरिएको छ । नौबस्स्ता...
मंसिर २९ गते, २०८२ - १५:०३
काठमाडौँ। नेकपा (एमाले)का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवारी नदिने घोषणा ...
मंसिर २९ गते, २०८२ - १४:५२
काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ । पार्टी कार्यालय सानेपामा सोमबार बिहान ९ बजेका लागि बोलाइएको पूर्वकेन्द्रीय तथा...




प्रतिकृया लेख्नुहोस्: