मकवानपुर। बागमती प्रदेश सभाका विपक्षी दलहरुले बागमती प्रदेश सभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग गरेका छन् । जनताका आवाज उठाउने थलो प्रदेश सभालाई बन्द गरेर सरकार बसेको भन्दै विपक्षी दलहरुले बागमती प्रदेश सरकारलाई प्रदेशसभा अधिवेशनका लागि प्रदेशसभा नियमावली अनुसार प्रतिपक्ष दल अगाडि बढ्ने चेतवानी दिएका छन् ।
प्रदेश सभाका विपक्षी दलहरु नेपाली कम्युनिष्ट पार्टी र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै यस्तो चेतावनी दिएका छन् । गत भदौ २३ र २४ गतेको जेन्जी विद्रोहपछि देश ठुलो संकटबाट गुज्रिरहेको भन्दै नेपाली कांग्रेस र नेकपा एमालेकै गठबन्धनबाट चलिरहेको बागमती प्रदेश सरकार देशले यति धेरै मानवीय र भौतिक क्षति व्यहोर्दा समेत प्रदेश सरकार गम्भिर नबनेको विपक्षी दलको आरोप छ ।
दुई दलिय गठबन्धन सरकारबाट आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम र बजेट आएको, यस बीचमा सरकारको नेतृत्व र मन्त्री मात्र फेरबदल भएको भन्दै ज्ञापनपत्रमा भनिएको छ विद्यमान सरकार पुरानो गठबन्धनकै निरन्तरता हो । तसर्थ सरकार आर्थिक वर्षका विनियोजित बजेट तथा कार्यक्रम कार्यान्वयन गर्ने दायित्वबाट पन्छिन पाउँदैन ।
मुख्यमन्त्री बानियाँलाई बुझाइएको ज्ञापनपत्रमा प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल आव्हान गर्नुपर्ने, आर्थिक वर्ष २०८२/०८३ को वार्षिक कार्यक्रम तथा बजेट कटौती नगरी हुबहु कार्यान्वयन गर्नुपर्ने र प्रदेश सभामा टेवल भई पारित भएका थप योजना शिर्षकमा बजेट व्यवस्था गरी कार्यान्वयन गर्नुपर्ने उल्लेख छ ।
प्रदेश सभाको संसदीय दल नेपाली कम्युनिष्ट पार्टी नेता एवं पूर्व मुख्यमन्त्री शालिकराम जम्कट्टेल, नेपाली कम्युनिष्ट पार्टीकै वसन्त मानन्धर र हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्यले हस्ताक्षर गर्नुभएको ज्ञापनपत्रमा दोस्रो त्रैमासिक सकिँदासम्म बजेट कार्यान्वयनमा सरकार अलमलमा परिरहेको जनाउँदै मन्त्रालय अनुसार फरक फरक निर्देशन दिने र पचास प्रतिशतसम्म विनियोजित कार्यक्रमको बजेट कटौती गरिएको भनिएको छ ।
नेता जम्कट्टेलले प्रदेश सभाबाट पारित बजेट कटौती गर्दा प्रतिपक्ष दलहरुसँग समन्वय र परामर्श नगरेको भन्दै सरकार एकल र स्वेच्छाचारी ढंगले चल्नुले हामीलाई गम्भिर बनाएको बताए।
उहाँले जेन्जी विद्रोहपछि प्रदेश सभाको बैठक बस्न सकिरहेको छैन भन्दै चालु वर्खे ९बजेट० अधिवेशन हठात अन्त्य गर्नुले सरकार प्रदेश सभा र प्रदेशबासी जनताप्रति उत्तरदायी र जवाफदेही छैन भन्ने देखिएको बताए।
प्रदेशले बेहोर्नु परेको क्षति र जनताका आवाज उठाउने थलो प्रदेश सभालाई बन्द गरेर सरकार कानमा तेल हालेर बसेको विपक्षी दुई दलको आरोप छ ।
यस्तै लामो समयसम्म प्रदेश सभाले सभामुख पाउन नसक्दा प्रदेश सभा सचिवालय, नेता जम्कट्टेलले समिति र अन्य गतिविधि ठप्प भएको भन्दै हिउँदे अधिवेशन तत्काल बोलाउन सरकारसँग माग गरिएको बताए। उहाँले सरकारले मागप्रति सुनुवाई नगरेमा प्रदेशसभा अधिवेशनका लागि प्रदेशसभा नियमावली अनुसार प्रतिपक्ष दल अगाडि बढ्ने जानकारी दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २६ गते, २०८३ - १५:१६
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसदलाई राखेको प्रशिक्षण कार्यक्रममा सांसदको उपस्थिति न्युन देखिएको छ । रास्वपाले शनिवार राखेको स...
बैशाख २६ गते, २०८३ - १४:५८
काठमाडौँ। सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरेकोे छ । ‘सहकारी ऐन २०७४’ तथा ‘प्र...
बैशाख २६ गते, २०८३ - १४:४९
झापा । गौरादह नगरपालिका-५ स्थित स्कुलचौन बजारमा आज यात्रुबाहक बस र ढुङ्गागिट्टी बोक्ने टिपर एकापसमा ठोक्किँदा १० जना घाइते भएका छन् । जिल्ला प्रहरी...
बैशाख २६ गते, २०८३ - १४:४०
बारा। बाराको निजगढ नगरपालिका–९ स्थित गुरुङ होटलमा आज एक युवती मृत अवस्थामा फेला परेपछि प्रहरीले हत्या आशङ्कामा तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अ...
बैशाख २६ गते, २०८३ - १४:१३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदहरूका लागि दुईदिने प्रशिक्षण कार्यक्रम सुरु गरेको छ। ललितपुरको स्टाफ कलेज मा आयोजना गरिए...
बैशाख २६ गते, २०८३ - १३:४५
काठमाडौँ। बितेका २४ घण्टामा दुई हजार ३४ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २२ लाख १२ हजार राजस्व दाखिला भएको ...
बैशाख २६ गते, २०८३ - १३:३५
कपिलवस्तु। जिल्लाको महाराजगंज नगरपालिका १ बगाहिया नाजिक खरेन्द्रपुर सडकअन्तर्गत ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिल्ला ट्राफिक कार्य...
बैशाख २६ गते, २०८३ - १२:५७
सर्लाही । लालबन्दी नगरपालिका–१४, नारायणखोलाका वडाध्यक्ष छेनामसिंह घिसिङ आफ्नो वडामा सडक स्तरोन्नतिका लागि विनियोजित योजनाको चिठ्ठी लिन शुक्रबार सदरमुक...
बैशाख २६ गते, २०८३ - १२:३६
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रका उद्योगी–व्यवसायीमाथि धरपकड गरिने भन्ने हल्लाको पछि नलाग्न आग्रह गर्नुभएको छ । शुक्रबार साँझ...
बैशाख २६ गते, २०८३ - ११:२५
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले समाजका वरिष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्नेमा जोड दिएको छन् । मनमोहन स्मृति प्रतिष्ठ...


प्रतिकृया लेख्नुहोस्: