Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

प्रदेश सभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

खबरडबली संवाददाता

मकवानपुर। बागमती प्रदेश सभाका विपक्षी दलहरुले बागमती प्रदेश सभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग गरेका छन् । जनताका आवाज उठाउने थलो प्रदेश सभालाई बन्द गरेर सरकार बसेको भन्दै विपक्षी दलहरुले बागमती प्रदेश सरकारलाई प्रदेशसभा अधिवेशनका लागि प्रदेशसभा नियमावली अनुसार प्रतिपक्ष दल अगाडि बढ्ने चेतवानी दिएका छन् । 

प्रदेश सभाका विपक्षी दलहरु नेपाली कम्युनिष्ट पार्टी र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै यस्तो चेतावनी दिएका छन् । गत भदौ २३ र २४ गतेको जेन्जी विद्रोहपछि देश ठुलो संकटबाट गुज्रिरहेको भन्दै  नेपाली कांग्रेस र नेकपा एमालेकै गठबन्धनबाट चलिरहेको बागमती प्रदेश सरकार देशले यति धेरै मानवीय र भौतिक क्षति व्यहोर्दा समेत प्रदेश सरकार गम्भिर नबनेको विपक्षी दलको आरोप छ ।

दुई दलिय गठबन्धन सरकारबाट आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम र बजेट आएको, यस बीचमा सरकारको नेतृत्व र मन्त्री मात्र फेरबदल भएको भन्दै ज्ञापनपत्रमा भनिएको छ विद्यमान सरकार पुरानो गठबन्धनकै निरन्तरता हो । तसर्थ सरकार आर्थिक वर्षका विनियोजित बजेट तथा कार्यक्रम कार्यान्वयन गर्ने दायित्वबाट पन्छिन पाउँदैन ।

मुख्यमन्त्री बानियाँलाई बुझाइएको ज्ञापनपत्रमा प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल आव्हान गर्नुपर्ने, आर्थिक वर्ष २०८२/०८३ को वार्षिक कार्यक्रम तथा बजेट कटौती नगरी हुबहु कार्यान्वयन गर्नुपर्ने र प्रदेश सभामा टेवल भई पारित भएका थप योजना शिर्षकमा बजेट व्यवस्था गरी कार्यान्वयन गर्नुपर्ने उल्लेख छ ।

प्रदेश सभाको संसदीय दल नेपाली कम्युनिष्ट पार्टी नेता एवं पूर्व मुख्यमन्त्री शालिकराम जम्कट्टेल, नेपाली कम्युनिष्ट पार्टीकै वसन्त मानन्धर र हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्यले हस्ताक्षर गर्नुभएको ज्ञापनपत्रमा दोस्रो त्रैमासिक सकिँदासम्म बजेट कार्यान्वयनमा सरकार अलमलमा परिरहेको जनाउँदै मन्त्रालय अनुसार फरक फरक निर्देशन दिने र पचास प्रतिशतसम्म विनियोजित कार्यक्रमको बजेट कटौती गरिएको भनिएको छ ।

नेता जम्कट्टेलले प्रदेश सभाबाट पारित बजेट कटौती गर्दा प्रतिपक्ष दलहरुसँग समन्वय र परामर्श नगरेको भन्दै सरकार एकल र स्वेच्छाचारी ढंगले चल्नुले हामीलाई गम्भिर बनाएको बताए। 

उहाँले जेन्जी विद्रोहपछि प्रदेश सभाको बैठक बस्न सकिरहेको छैन भन्दै चालु वर्खे ९बजेट० अधिवेशन हठात अन्त्य गर्नुले सरकार प्रदेश सभा र प्रदेशबासी जनताप्रति उत्तरदायी र जवाफदेही छैन भन्ने देखिएको बताए। 

प्रदेशले बेहोर्नु परेको क्षति र जनताका आवाज उठाउने थलो प्रदेश सभालाई बन्द गरेर सरकार कानमा तेल हालेर बसेको विपक्षी दुई दलको आरोप छ । 

यस्तै लामो समयसम्म प्रदेश सभाले सभामुख पाउन नसक्दा प्रदेश सभा सचिवालय, नेता जम्कट्टेलले समिति र अन्य गतिविधि ठप्प भएको भन्दै हिउँदे अधिवेशन तत्काल बोलाउन सरकारसँग माग गरिएको बताए। उहाँले सरकारले मागप्रति सुनुवाई नगरेमा प्रदेशसभा अधिवेशनका लागि प्रदेशसभा नियमावली अनुसार प्रतिपक्ष दल अगाडि बढ्ने जानकारी दिए। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपालमा पनि टी–२० विश्वकप ट्रफी टुर हुने

काठमाडौँ। भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म आयोजना हुने आइसिसी टी–२० विश्वकपको ट्रफी नेपालमा पनिा ल्याइने भएको छ । अन्तर्...

राष्ट्र संघको सहयोगको कदर गर्छौं : प्रधानमन्त्री कार्की

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले संयुक्त राष्ट्र संघको सहयोगको नेपालले कदर गर्ने बताएको छिन्।  संयुक्त राष्ट्र संघसँग नेपालको साझेदारीको ७० ...

जेनजी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थपिँदै, यहि साता ओली र लेखकको बयान लिइने

काठमाडौं । जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते भएका घटनाबारे जाँचबुझ गर्न गठित आयोगले आफ्नो कार्य सम्पन्न गर्न एक महिना म्याद थप गर्न सरकारसँग आ...

झापा राजस्व कार्यालयमा पाँच महिनामा एक अर्ब १४ करोड राजस्व सङ्कलन

झापा। आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा रु। एक अर्ब १४ करोड ९९ लाख ६३ हजार राजस्व सङ्कलन गरेको छ ।  ...

जेन–जी आन्दोलन जाँचबुझ आयोगले अर्काे सातादेखि राजनीतिक नेताको बयान लिने

काठमाडौं । जेन–जेड आन्दोलनसम्बन्धी घटनाबारे छानबिन गरिरहेको जाँचबुझ आयोगले आगामी सातादेखि राजनीतिक तहका नेताहरूलाई बयानका लागि बोलाउने तयारी गरेको छ। ...

सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्: प्रधानमन्त्री कार्की

ललितपुर। प्रधानमन्त्री सुशीला कार्कीले सरकार अहिले सुशासन र निर्वाचन दुई मुख्य एजेन्डामा केन्द्रित रहेर काम गरिरहेको बताएको छिन् । आज ललितपुर महानग...

मधेशका मुख्यमन्त्री यादवले पुस ४ गते विश्वासको मत लिदै

जनकपुरधाम। मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी शुक्रबार प्रदेश सभाबाट विश्वासको मत लिने भएको छन् । नेपालको संविधानको धारा १६८ को...

उद्योगको डिमान्ड शुल्क घटाउने मागसहित मन्त्री घिसिङलाई ज्ञापनपत्र

कञ्चनपुर। कञ्चनपुरका उद्योगी व्यवसायीहरूले उद्योगहरूको डिमान्ड शुल्क घटाउनुपर्ने लगायतका माग राख्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यात...

एमाले महाधिवेशन निर्वाचनमा साढे दुईसम्म ५५५ मत खस्यो

काठमाडौँ । नेकपा(एमाले) को ११ औँ महाधिवेशन अन्तर्गत भइरहेको निर्वाचनमा ५५५ मत खसेको छ। राजधानीको भृकुटीमण्डपमा जारी निर्वाचन प्रक्रियामा दिउँसो २स्३० ...

एसियाली विकास बैंकले नेपाललाई १० करोड डलर ऋण दिने

काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले नेपालको सार्वजनिक वित्त व्यवस्थापन सुदृढ गर्न १० करोड अमेरिकी डलर ९करिब १४ अर्ब ५९ करोड ५० लाख रुपैयाँ० बराबर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending