Khabar Dabali ९ असार २०८३ मंगलवार | 23rd June, 2026 Tue
Investment bank

जापानिज इन्सेफ्लाइटिस सङ्क्रमितमध्ये २९ प्रतिशतको मृत्यु

खबरडबली संवाददाता

काठमाडौं । जापानिज इन्सेफलाइटिसको सङ्क्रमितमध्ये करिब २९ प्रतिशत सङ्क्रमितको मृत्यु भएको छ ।

परिवार कल्याण महाशाखाको तथ्याङ्क अनुसार ३० जिल्लाबाट ८० जनामा जापानीज इन्सेफलाइटिस पुष्टि भएका मध्ये २८.७५ प्रतिशत अर्थात् २३ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कैलाली चार जनाको मृत्यु भएको छ । कपिलवस्तु, रौतहट, सिराहा, सुनसरी र झापामा दुई÷दुई जनाको मृत्यु भएको तथ्याङ्कमा उल्लेख छ । त्यसैगरी, रुपन्देही, पाल्पा, चितवन, काठमाडौँ, पर्सा, सर्लाही, नवलपरासी, सिन्धुली र धनुषामा एक÷एक जनाको मृत्यु भएको छ ।

सङ्क्रमितमध्ये अधिकांश १५ वर्ष मुनिका बालबालिका रहेको महाशाखाले जनाएको छ । मृत्यु भएकामध्ये यो विरुद्धको खोप नलगाउका,ज्येष्ठ नागरिक तथा दीर्घरोगी भएको महाशाखाले जनाएको छ । 

खोपले नियन्त्रण गरेको जापनिज इन्सेफलाइटिस बढ्नु चिन्ताको विषय भएको सरुवारोग विशेषज्ञ डा.शेरबहादुर पुनलेे  बताए  । महाशाखाका अनुसार सन् २०२३ मा १०७ जनामा जापानीज इन्सेफलाइटिसको सङ्क्रमण पुष्टि हुनुका साथै सात जनाको मृत्यु भएको थियो ।

सन् २०२२ मा ६६,सन् २०२१ मा २८ जना र सन् २०२० मा २२ जनामा जापानीज इन्सेफलाइटिस पुष्टि भएको थियो । नेपालमा जापनिज इन्सेफलाइटिसका बिरामीहरू प्रत्येक वर्ष अगस्ट र सेप्टेम्बर महिनामा उच्च हुने गरेका छन् ।

जापानीज इन्सेफलाइटिस कस्तो रोग हो ?
सरुवारोग विशेषज्ञ डा पुनका अनुसार जापानीज इन्सेफलाइटिस मस्तिष्कमा सङ्क्रमण हुने लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको गम्भीर रोग हो ।

यो रोग जुन सुकै उमेरका मानिसाई लाग्न सक्छ, तर १५ वर्ष मुनिका बालबालिका बढी प्रभावित हुने डा.  पुनले बताए  ।

उनले  भने, “जापानीज इन्सेफलाइटिसस लामाखुट्टेको टोइबाट हुने गम्भीर प्रकारको सङ्क्रामक रोग हो । यो रोगले स्नायुमा असर पुर्‍याइ जीवभर अङ्गभङ बनाउनुका साथै बिरामीको मृत्यु समेत हुने गर्छ ।”

सङ्क्रमित हाँस, कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बङ्गुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे सङ्क्रमित भई सङ्क्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्ने डा. पुनले बताए । तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन ।

लक्षण

डा पुनका अनुसार बेस्सरी टाउको दुख्ने, उच्च ज्वरो आउने, घाँटीमा गाह्रो हुने, बेहोस हुनेक, कमपन हुन, पक्षाघात हुने यसको प्रमुख लक्षण हुन । रोगको समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्ने डा.पुनको भनाइ छ । 

बच्ने उपाय

चिकित्सकका अनुसार लामखुट्टेको टोकाइबाट बच्नु नै यस रोगबाट बच्ने प्रमुख उपाय हो । यो रोगबाट बच्न झुल भित्र मात्र सुत्न उनको अनुरोध छ । 

हाँस, कुखुरा, सुँगुर, बङ्गुर, जस्ता घरपालुवा चरा चुरुङ्गी तथा जनावरहरूलाई व्यवस्थित ढङ्गले घरदेखि टाढा खोरमा राखेर सुरक्षित रहन उनको सुझाव छ ।

उनले घर बाहिर निस्कँदा, खेत बारीमा काम गर्दा पूरा बाहुला भएका लुगा लगाउन डा।पुनले अनुरोध गरे । यो रोगबाट बच्न घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकाले घर वरिपरि पानी जम्ने खाल्डाखुल्डी पूरी दिने, लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गर्नुपर्छ” उनले भने  ।

सरकारले राष्ट्रिय खोप कार्यक्रममा समावेश गरी १२ महिना पुगेका बालबालिकालाई जेई विरुद्धको खोप निःशुल्क लगाउँदै आएको छ । खोप लगाउन छुटेका बालबालिकालाई नजिकको स्वास्थ्य संस्थामा गएर खोप लगाउन डा. पुनको आग्रह छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कृषिबाली जोगाउन विशेष कार्यक्रम, किसानको घरदैलोमै प्राविधिक सेवा पनि पुग्ने

खोटाङ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले कृषिबालीमा बाँदरलगायत वन्यजन्तुले पुर्‍याउँदै आएको क्षति न्यूनीकरण गर्न आगामी आर्थिक वर्षका लागि ...

गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा, होटललाई ३ लाख रुपैयाँ जरिबाना

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले चितवनस्थित एक होटलमा खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि सम्बन्धित होटललाई ३ लाख रुपैयाँ जरिबाना गरिएको छ। राष्...

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन् । असार ७ गतेदेखि चितवनमा जारी पहिलो महाधिवेशनबाट ला...

भिरबाट टेम्पो खसाएको घटनामा वन कार्यालयले पीडितलाई दियो ५ लाख क्षतिपूर्ति

काठमाडौं । कैलालीमा डिभिजन वन कार्यालयका कर्मचारीले सडक छेउबाट टेम्पो खसालेको घटनामा पीडित पक्षले पाँच लाख रुपैयाँ क्षतिपूर्ति पाएको छ । वन कर्मचारी र...

काठमाडौं उपत्यका र काभ्रेका केही क्षेत्रमा अझै जोखिम, उच्च सतर्कता अपनाउन विभागको आग्रह

काठमाडौं उपत्यका र काभ्रेका केही क्षेत्रमा अझै जोखिम, उच्च सतर्कता अपनाउन विभागको आग्रह

तस्बिर सार्वजनिक भएपछि उठ्यो सरकारी कर्मचारीको राजनीतिक संलग्नताको प्रश्न

श्रेष्ठको दाबी– सदस्य वा प्रतिनिधि होइन, ‘हेर्न मात्रै गएको हुँ’

गुन्डुमा एमाले सचिवालय बैठक, विष्णु पौडेल पक्राउ प्रकरणदेखि समसामयिक राजनीतिक घटनाक्रमसम्म छलफल

यातना दिएर पक्राउ गरियो यो प्रतिशोध हो, गैरकानुनी हो

बीवाईडीसम्बन्धी समाचार हटाउन अदालतको आदेश, पत्रकार महासंघको कडा आपत्ति

‘समाचारको सत्यता परीक्षण नगरी हटाउन लगाउनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप’

डाक्टरले चलाएको ईभी कारको ठक्करबाट प्रहरीको मृत्यु, श्रीमती घाइते

हुलाकी राजमार्गमा भएको दुर्घटनापछि चालक डा. राजेन्द्र चौधरी प्रहरी नियन्त्रणमा

रास्वपाको नयाँ वैचारिक मोड : ‘संवैधानिक समाजवाद’ छाडेर ‘सामाजिक लोकतन्त्र’ अंगीकार गर्ने प्रस्ताव

रवि लामिछानेको राजनीतिक प्रतिवेदनमा प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक निर्वाचन र प्रदेश संरचना पुनर्संरचनाको एजेन्डा

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending