Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

जापानिज इन्सेफ्लाइटिस सङ्क्रमितमध्ये २९ प्रतिशतको मृत्यु

खबरडबली संवाददाता

काठमाडौं । जापानिज इन्सेफलाइटिसको सङ्क्रमितमध्ये करिब २९ प्रतिशत सङ्क्रमितको मृत्यु भएको छ ।

परिवार कल्याण महाशाखाको तथ्याङ्क अनुसार ३० जिल्लाबाट ८० जनामा जापानीज इन्सेफलाइटिस पुष्टि भएका मध्ये २८.७५ प्रतिशत अर्थात् २३ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कैलाली चार जनाको मृत्यु भएको छ । कपिलवस्तु, रौतहट, सिराहा, सुनसरी र झापामा दुई÷दुई जनाको मृत्यु भएको तथ्याङ्कमा उल्लेख छ । त्यसैगरी, रुपन्देही, पाल्पा, चितवन, काठमाडौँ, पर्सा, सर्लाही, नवलपरासी, सिन्धुली र धनुषामा एक÷एक जनाको मृत्यु भएको छ ।

सङ्क्रमितमध्ये अधिकांश १५ वर्ष मुनिका बालबालिका रहेको महाशाखाले जनाएको छ । मृत्यु भएकामध्ये यो विरुद्धको खोप नलगाउका,ज्येष्ठ नागरिक तथा दीर्घरोगी भएको महाशाखाले जनाएको छ । 

खोपले नियन्त्रण गरेको जापनिज इन्सेफलाइटिस बढ्नु चिन्ताको विषय भएको सरुवारोग विशेषज्ञ डा.शेरबहादुर पुनलेे  बताए  । महाशाखाका अनुसार सन् २०२३ मा १०७ जनामा जापानीज इन्सेफलाइटिसको सङ्क्रमण पुष्टि हुनुका साथै सात जनाको मृत्यु भएको थियो ।

सन् २०२२ मा ६६,सन् २०२१ मा २८ जना र सन् २०२० मा २२ जनामा जापानीज इन्सेफलाइटिस पुष्टि भएको थियो । नेपालमा जापनिज इन्सेफलाइटिसका बिरामीहरू प्रत्येक वर्ष अगस्ट र सेप्टेम्बर महिनामा उच्च हुने गरेका छन् ।

जापानीज इन्सेफलाइटिस कस्तो रोग हो ?
सरुवारोग विशेषज्ञ डा पुनका अनुसार जापानीज इन्सेफलाइटिस मस्तिष्कमा सङ्क्रमण हुने लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको गम्भीर रोग हो ।

यो रोग जुन सुकै उमेरका मानिसाई लाग्न सक्छ, तर १५ वर्ष मुनिका बालबालिका बढी प्रभावित हुने डा.  पुनले बताए  ।

उनले  भने, “जापानीज इन्सेफलाइटिसस लामाखुट्टेको टोइबाट हुने गम्भीर प्रकारको सङ्क्रामक रोग हो । यो रोगले स्नायुमा असर पुर्‍याइ जीवभर अङ्गभङ बनाउनुका साथै बिरामीको मृत्यु समेत हुने गर्छ ।”

सङ्क्रमित हाँस, कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बङ्गुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे सङ्क्रमित भई सङ्क्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्ने डा. पुनले बताए । तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन ।

लक्षण

डा पुनका अनुसार बेस्सरी टाउको दुख्ने, उच्च ज्वरो आउने, घाँटीमा गाह्रो हुने, बेहोस हुनेक, कमपन हुन, पक्षाघात हुने यसको प्रमुख लक्षण हुन । रोगको समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्ने डा.पुनको भनाइ छ । 

बच्ने उपाय

चिकित्सकका अनुसार लामखुट्टेको टोकाइबाट बच्नु नै यस रोगबाट बच्ने प्रमुख उपाय हो । यो रोगबाट बच्न झुल भित्र मात्र सुत्न उनको अनुरोध छ । 

हाँस, कुखुरा, सुँगुर, बङ्गुर, जस्ता घरपालुवा चरा चुरुङ्गी तथा जनावरहरूलाई व्यवस्थित ढङ्गले घरदेखि टाढा खोरमा राखेर सुरक्षित रहन उनको सुझाव छ ।

उनले घर बाहिर निस्कँदा, खेत बारीमा काम गर्दा पूरा बाहुला भएका लुगा लगाउन डा।पुनले अनुरोध गरे । यो रोगबाट बच्न घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकाले घर वरिपरि पानी जम्ने खाल्डाखुल्डी पूरी दिने, लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गर्नुपर्छ” उनले भने  ।

सरकारले राष्ट्रिय खोप कार्यक्रममा समावेश गरी १२ महिना पुगेका बालबालिकालाई जेई विरुद्धको खोप निःशुल्क लगाउँदै आएको छ । खोप लगाउन छुटेका बालबालिकालाई नजिकको स्वास्थ्य संस्थामा गएर खोप लगाउन डा. पुनको आग्रह छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपा नेता काशी महतोको निधन, पार्टी र समाजमा अपूरणीय क्षति

काठमाडौँ । महोत्तरीका पूर्व नेकपा (माओवादी केन्द्र) जिम्मेवार नेता तथा हाल नेपाली कम्युनिस्ट पार्टीका नेता काशी महतो (करण)को  निधन भएकाे छ । महतोको नि...

जुम्लामा ‘फायर हाइड्रेन्ट’ को सफल प्रयोग, जोगियो ठूलो क्षति

जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–५, खलङ्गा बजारको एक मोबाइल पसलमा हालै भएको आगलागीलाई ‘फायर हाइड्रेन्ट’ को प्रयोग गरी नियन्त्रणमा लिइएको छ। दमकल छ...

एमाले महाधिवेशनअगाडि पोखरेलको फरक दस्तावेज, ओलीसँग छलफलको तयारी

काठमाडौँ । मंसिर २७ गतेदेखि सुरु हुने एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र राजनीतिक प्रस्तावलाई लिएर मतभेद सतहमा आएको छ । अध्यक्ष केपी शर...

४ महिनाका शिशुको हत्या आरोपमा प्रहरी असई पक्राउ

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले आफ्नै चार महिनाका छोराको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । घटना काठमाडौँको...

विप्लव, प्रभाकर र घनश्याम सँग बलदेव आक्रमक: अन्तिममा तीनैजना ओलीकै पछि लाग्छन्

रुपन्देही । नेपाली कम्युनिष्ट पार्टीका नेता चक्रपाणि खनाल ‘बलदेव’ले कम्युनिष्ट आन्दोलनभित्र देखिएका असन्तुष्ट धारहरू अन्ततः केपी शर्मा ओलीतर्फै मोडिने...

सल्यानको कोटबारामा बस दुर्घटना

सल्यान । सल्यानको बाफुखोलाबाट दाङको तुलसीपुर आइरहेको ना४ख ६२३२ नम्बरको बस सल्यानको कोटबारामा दुर्घटना भएको छ । बसमा यात्रुहरु सवार नभएको र चालकलाई ...

राष्ट्रिय बायोग्यास कार्यक्रम कागजमै सीमित, मैदानमा प्रणाली बन्द

उपेक्षा र मर्मत अभावले बायोग्यास प्रणाली धराशायी, ऊर्जा रूपान्तरणमै संकट

जेनजी आन्दोलनपछिको चुनौतीबीच पनि तनहुँ प्रशासनको सेवा निरन्तर

तनहुँ  । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण केही समय अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय तनहुँले कठिन अवस्थाबीच पनि सेवा प्रवाहलाई निरन्तर...

नेपाल बैंक र क्यूरा हेल्थबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेड र क्यूरा हेल्थ प्रा. लि.बीच स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।...

मतपत्रमा १०७ चिन्ह: प्रतिनिधि सभा चुनावमा ११४ दल मैदानमा

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा यसपटक मतदाताले फरक–फरक १०७ वटा निर्वाचन चिन्हमध्ये आफ्नो रोजाइ छान्नुपर्नेछ । निर्वाचन आयोगले चु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending