काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आसन्न स्थानीय तहको उपनिर्वाचनमा एक्लै लड्ने तयारी गरेको छ । राप्रपाले सांसददेखि पदाधिकारीसम्मका नेताहरुलाई उपनिर्वाचनको जिमेवारी दिएको छ ।
राप्रपाले भक्ति सिटौला, प्रल्हाद साह, राजेन्द्र गुरूङ, समृद्धि राणा, भरत गिरी, रोशन झा, सहकोषाध्यक्ष सोभित उप्रेती, राजन खतिवडा, ज्ञानबहादुर शाही, प्रकाश रिमाल, उद्धव थापा, झनक प्याकुरेल, दीपकबहादुर सिंह, राजराज कोइराला, प्रदीप उदय, कुन्तीकुमारी शाही, दिपबहादुर शाही, शौरेन्द्रबहादुर शाह, अंगद बुढा, धवलशम्शेर जबरा, प्रेम बलायर र धर्मराज जोशीलाई चुनावी कमान्डर बनाइएको छ ।
राप्रपाले काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयरमा ध्रूब महर्जनलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ भने अन्य ठाउका उम्मेदवार केहि दिनमै तय गर्ने बताएको छ । आगामी मंसिर १६ गते देशका विभिन्न ४४ स्थानमा उपनिर्वाचन हुँदैछ । जिल्ला समन्वय समितिका प्रमुख दुई, नगरपालिका प्रमुख एक, उपमेयर एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष तीन,र ३५ वटा वडामा वडाध्यक्ष पद रिक्त रहेको छ ।
उपनिर्वाचन हुने स्थनीय तहमध्ये सबै भन्दा धेरै नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि छन् । कांग्रेसबाट निर्वाचित पालिका प्रमुख तीन जना, जिल्ला समन्वय समिति प्रमुख २ जना उपप्रमुख,उपाध्यक्ष तीन जना र वडाअध्यक्ष १६ जना छन् भने नेकपा एमालेबाट निर्वाचित ७ जना वडाअध्यक्ष छन् ।
माओवादीबाट निर्वाचित २ जना उपाध्यक्ष र ६ जना वडा अध्यक्षको निधन भएको छ । जसपाबाट निर्वाचित एक जना र स्वतन्त्रबाट निर्वाचित एक जना वडा अध्यक्षको निधन भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक २२ गते, २०८१ - २०:१०
बारा । बारामा मोटरसाइकल दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा थप दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा वीरगंज महानगरपालिका–१९ बिन्...
कार्तिक २२ गते, २०८१ - १९:३५
काठमाडौं । डाँकाचोरीको घटनामा संलग्न आरोपमा काठमाडौंबाट नेपाल प्रहरीका असई र जवान पक्राउ परेका छन् । पक्राउ पर्नेमा उपत्यका अपराध अनुसन्धान कार्यालयको...
कार्तिक २२ गते, २०८१ - १९:२८
म्याग्दी । हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनी बजारमा आज छठ पर्व मनाइएको छ । म्याग्दीमा बसोबास गर्ने तराइबासी नेपाली र भारतीय नागरिकले छठ पर्व मनाए...
कार्तिक २२ गते, २०८१ - १९:२२
काठमाडाैं । रूपन्देही, देवदह नगरपालिका-९ घोडाहाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम र नगद २६ हजार १ सय रूपैयाँ सहित ३ जनालाई बुधबार...
कार्तिक २२ गते, २०८१ - १९:०८
विराटनगर । मोरङको धनपालथान गाउँपालिका–४ कर्सिया बजारमा रहेको उमागौरी कृषि सहकारी संस्थामा भएको अनियमिताको विषयलाई लिएर प्रहरीले अध्यक्ष शम्भु रौनियारस...
कार्तिक २२ गते, २०८१ - १८:५४
काठमाडौं । सरकारले सडक बालबालिकामुक्त बनाउने अभियानलाई तीव्रता दिएको छ । गत असार ३१ गतेको मन्त्रिपरिषद्को बैठकले विसं २०८२ असार मसान्तभित्र नेपाललाई ...
कार्तिक २२ गते, २०८१ - १८:४८
काठमाडौं । चाँदीको जस्तो देखिने नक्कली नोटको कारोबारमा संलग्न रहेको अभियोगमा भक्तपुर सूर्यविनायक नगरपालिका-८ सिपाडोलस्थित ईन्द्र ज्वेलर्स सुनचाँदी पसल...
कार्तिक २२ गते, २०८१ - १८:४६
काठमाडौं । दिगो शान्ति र विश्वकल्याणको कामना गर्दै ‘अतिरुद्र विश्वकल्याण विराट महायज्ञ–२०८१’ आजदेखि सुरु भएको छ । नेपाल महर्षि वैदिक फाउन्डेसनद्वारा आ...
कार्तिक २२ गते, २०८१ - १८:२०
काठमाडौं । हिन्दु महिलाको पवित्र पर्व छठ अस्ताउँदो सूर्यलाई अर्घ दिँदै मनाइएको छ । छठ पर्वको मुख्य दिन बिहीबार साँझ अस्ताउँदो सूर्यलाई पूजा–आराधना गरी...
कार्तिक २२ गते, २०८१ - १८:१५
जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँपालिकाले छात्रवृत्तिमा एमबीबीएस पढाउन थालेको छ । पालिकाले कार्यविधि बनाएर छात्रवृत्तिमा एमबीबीएस पढ्ने विद्यार्थीला...
प्रतिकृया लेख्नुहोस्: