Khabar Dabali ५ श्रावण २०८३ मंगलवार | 21st July, 2026 Tue
Investment bank

पर्यटकको रोजाइ बनेको अन्तुमा बेथिति : रातभर डिजे, मनपरी शुल्क र प्रहरी–व्यवसायी विवादले पर्यटन संकटमा

खबरडबली संवाददाता

इलाम । पूर्वी नेपालको चर्चित पर्यटकीय गन्तव्य अन्तु पछिल्ला दिनमा अव्यवस्थित र विवादित बन्दै गएको छ। पर्यटकको बढ्दो आकर्षणसँगै होटल, होमस्टे र कटेजको संख्या बढे पनि प्रभावकारी नियमन नहुँदा रात्रिकालीन गतिविधि, मनपरी शुल्क र प्रहरी–व्यवसायी विवादले अन्तुको पर्यटन व्यवसाय नै प्रश्नको घेरामा परेको छ।

स्थानीयका अनुसार अन्तुमा सञ्चालित होटल, होमस्टे र कटेजमा राति अबेरसम्म ठूलो आवाजमा डिजे बजाउने, मदिरा सेवनपछि होहल्ला गर्ने तथा रातभर व्यवसाय सञ्चालन गर्ने प्रवृत्ति बढ्दै गएको छ। यसले स्थानीय बासिन्दाको दैनिक जीवन मात्र होइन, विद्यार्थीको अध्ययन र वृद्धवृद्धाको स्वास्थ्यसमेत प्रभावित भएको गुनासो बढेको छ।

स्थानीय पर्यटन व्यवसायीहरूकै पहलमा यसअघि राति ११ बजेपछि डिजे बन्द गर्ने, ध्वनि प्रदूषण नियन्त्रण गर्ने र पर्यटकको परिचय खुल्ने कागजात अनिवार्य राख्ने सहमति भए पनि त्यसको कार्यान्वयन हुन नसकेपछि प्रहरीले कडाइ सुरु गरेको हो।

केही दिनअघि प्रहरीले राति अबेरसम्म सञ्चालन भइरहेका व्यवसायबाट डिजे सिस्टम नियन्त्रणमा लिएपछि विवाद चर्किएको छ। व्यवसायीहरूले प्रहरीले सुरक्षाको बहानामा अनावश्यक दुःख दिएको, होटलभित्रै प्रवेश गरेर पर्यटकसँग दुर्व्यवहार गरेको तथा जरिबानाको नाममा रसिदबिनै रकम उठाएको आरोप लगाएका छन्।

छिरुवा प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक गुणराज पोख्रेलले भने शान्ति–सुरक्षा कायम गर्न नियम उल्लंघन गर्ने व्यवसायीमाथि कारबाही गरिएको स्वीकार गरेका छन्। व्यक्तिगत खातामा रकम जम्मा गराउन लगाइएको विषयलाई भने उनले आफ्नो कमजोरी रहेको बताएका छन्।

घटनापछि सूर्योदय होटल व्यवसायी सङ्घले विज्ञप्ति जारी गर्दै प्रहरीको कार्यशैलीप्रति आपत्ति जनाएको छ। सङ्घले नगरपालिकामा ज्ञापनपत्र बुझाउँदै व्यवसायीमाथिको कथित ज्यादती र अवैध रकम असुलीको छानबिन गर्न माग गरेको छ।

जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले आधिकारिक उजुरी र प्रमाण आए कानुनअनुसार आवश्यक कारबाही गरिने बताएका छन्।

यता, पर्यटकहरूले पनि अन्तुको सेवा प्रणालीप्रति असन्तुष्टि जनाएका छन्। धेरै होटल तथा होमस्टेमा कोठा र खानाको दररेट सार्वजनिक नगर्ने, पर्यटकको चाप बढेपछि मनपरी शुल्क असुल्ने र आगन्तुकको अभिलेखसमेत नराख्ने प्रवृत्ति बढेको गुनासो छ। कतिपय पर्यटक राति अबेर पुगेपछि महँगो शुल्क तिर्न बाध्य भएको अनुभव सुनाउँछन्।

सूर्योदय नगरपालिकाका कार्यवाहक नगरप्रमुख दुर्गाकुमार बरालले अन्तुबाट बढ्दो गुनासो आइरहेको स्वीकार गर्दै छिट्टै अनुगमन गरी नियम उल्लंघन गर्ने व्यवसायीमाथि कानुनी कारबाही गरिने बताएका छन्।

भारतको दार्जिलिङ, मिरिक, सिलिगुडी, सिक्किमसहित नेपालका विभिन्न स्थानबाट दैनिक हजारौँ पर्यटक पुग्ने अन्तुमा हाल ६४ भन्दा बढी होमस्टे र ५० भन्दा बढी होटल तथा कटेज सञ्चालनमा छन्। झुल्केघाम अवलोकनका लागि प्रसिद्ध यस गन्तव्यमा बढ्दो बेथितिले पर्यटनको छविमै असर पर्ने चिन्ता स्थानीय सरोकारवालाले व्यक्त गरेका छन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हुम्लामा बढ्दै सम्बन्धविच्छेदका मुद्दा, बालविवाह र सामाजिक सञ्जाल मुख्य कारण

हुम्ला । जिल्ला अदालत हुम्लामा सम्बन्धविच्छेदका मुद्दा वर्षेनि बढ्दै गएका छन्। कम उमेरमा विवाह हुने परम्परा, दाम्पत्य जीवनमा बढ्दो असमझदारी र सामाजिक ...

संघर्षका ती साहसी महिला, आज जीवनकै कठिन मोडमा

काठमाडौं । नेपालको लोकतान्त्रिक आन्दोलन र महिला राजनीतिक चेतनाको इतिहास लेख्दा केही महिलाका नाम अनिवार्य रूपमा स्मरण गर्नुपर्ने हुन्छ। समाजले महिलालाई...

७ वर्षको सम्बन्ध, करोडौँ रुपैयाँ र बाउन्स चेक : प्रेमदेखि प्रहरीसम्म पुगेको विवाद

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले आफू र आफ्ना श्रीमान्लाई करोडौँ रुपैयाँ ठगी गरिएको दाबी गर्दै प्रहरीमा उजुरी दिएक...

मन्त्रालय घटेपछि नयाँ कर्मचारी भर्नामा कडाइ, फाजिल व्यवस्थापनअघि लोकसेवामा माग नपठाइने

काठमाडौं । सरकारले मन्त्रालयको संख्या २२ बाट घटाएर १८ मा झारेपछि कर्मचारी व्यवस्थापनमा नयाँ नीति लागू गरेको छ। अब मन्त्रालय पुनःसंरचनाबाट फाजिल (दरबन्...

बाजुरामा जिप दुर्घटना : उपचारकै क्रममा दुई जनाको मृत्यु, सात घाइते

बाजुरा । बाजुराको हिमाली गाउँपालिका–५ अन्तर्गत कवाडी–क्युडी भित्री कच्ची सडकखण्डमा सोमबार भएको जिप दुर्घटनामा घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्...

जापानमा सांसदको जुहारी : मर्यादाभन्दा माथि पुग्यो राजनीतिक कटाक्ष

काठमाडौं । जापान भ्रमणमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाही र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का स...

नास्टमा ‘खुला प्रतिस्पर्धा’ बेवास्ता ? उपकुलपति नियुक्तिमाथि वैज्ञानिकहरूको प्रश्न

काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को उपकुलपति नियुक्ति प्रक्रियामाथि वैज्ञानिक समुदायले गम्भीर प्रश्न उठाएको छ। सरकारले ...

विराटनगरसम्म कार्गो रेल सेवा सुरु, कोलकाताबाट पहिलो रेल आइपुग्यो

विराटनगर । भारतको कोलकाताबाट औद्योगिक कच्चा पदार्थ बोकेको पहिलो कार्गो रेल विराटनगरस्थित एकीकृत जाँच चौकी (आईसीपी) आइपुगेको छ। यससँगै विराटनगरसम्म सिध...

विश्वकपमा चम्किएका स्टार : कसले जिते कुन अवार्ड ?

काठमाडौं । स्पेनले दोस्रो पटक विश्वकप फुटबलको उपाधि उचालेसँगै अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले प्रतियोगिताका उत्कृष्ट खेलाडी र टोलीलाई प्रदान गर...

मृत्युका खाल्डा : मधेशमा बर्सेनि सयौँ बालबालिका किन गुमाइरहेका छन् ज्यान ?

जनकपुरधाम । मधेशका गाउँबस्तीमा वर्षा सुरु भएसँगै बालबालिकाका लागि अर्को अदृश्य खतरा पनि सक्रिय हुन्छ—पानीले भरिएका खाल्डाखुल्डी। इँटा उद्योगले माटो नि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending