म्याग्दी । हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनी बजारमा आज छठ पर्व मनाइएको छ । म्याग्दीमा बसोबास गर्ने तराइबासी नेपाली र भारतीय नागरिकले छठ पर्व मनाएका हुन् ।
बेनी नगरपालिका–८ स्थित कालीगण्डकी नदी किनारमा मिथिलाञ्चलबासीले बिहीबार साँझ छठी देवीको पूजाआजा र नदीमा गएर अस्ताउँदो सूर्यलाई अर्घ्य दिए । प्रत्येक वर्ष कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्वले धार्मिक र सामाजिक सद्भावको सन्देश दिएको छ । उनीहरुले भोलि उदाउँदो सूर्यलाई अर्घ्य दिनेछन् ।
नुहाइ धुवाई शुद्ध बस्त्र लगाएर व्रत बस्ने गरिएको बेनीमा व्यवसाय गर्दै आएका सञ्जय ठाकुरले बताए । नाङ्लो, कनसुप्ती, ढकना, सरबालगायतका प्रसाद लिएर नदी किनारमा उभिएका उनीहरुले सूर्यलाई अर्घ्य चढाएका थिए ।
उनीहरुले ठकुआ, भुसवा, केरा, नरिवल, उखु, सुन्तला, कागती, फर्सी, सिंगारा, पान, सुपारी, धूप, दीप, अरतक, पात, चना आदीको प्रसाद बनाएर चढाएका थिए । छठ मनाउन जम्मा भएका मिथिलाञ्चलबासीलाई बेनीमा बसोबास गर्ने अन्य समुदायले शुभकामना दिएका थिए । म्याग्दीमा विस २०७७ देखि छठ मनाउन सुरु गरिएको हो । सरकारले २०७६ साल फागुनमा म्याग्दीलाई हिमाली जिल्लामा सूचीकृत गरेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २० गते, २०८१ - १८:१२
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले ग्रामीण दूरसञ्चार विकास कोष (आरटिडिएफ) कार्यान्वयन गर्न नेपाल दूरसञ्चार प्राविधिकरणल...
मंसिर २० गते, २०८१ - १८:०४
कास्की । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले सरकार आशा र भरोसा लाग्दो शिक्षा बनाउने गृहकार्यमा सक्रिय रहेको बताएकी छिन् । पोखरा ...
मंसिर २० गते, २०८१ - १७:५९
जुरिच । प्राकृतिक प्रकोपका कारण यस वर्ष विश्वभर अनुमानित तीन खर्ब १० अर्ब अमेरिकी डलरको आर्थिक क्षति भएको पुनर्बीमा कम्पनी स्विस रेले बिहीबार जनाएको छ...
मंसिर १९ गते, २०८१ - २०:५१
काठमाडौं । काठमाडौं महानगरपालिका–१४ खसिबजारस्थित सडकमा मंगलबार राती भएको दुर्घटनामा पैदलयात्रुको मृत्यु भएको छ । बा.प्र.०२–०२९ प १२७८ नम्बरको मोटर...
मंसिर १९ गते, २०८१ - २०:४०
नुवाकोट । नुवाकोटबाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विदुर नगरपालिका-२ का २३ वर्षीय सन्दीप पाण्डे र विदुर-१२ का २६ वर्...
मंसिर १९ गते, २०८१ - २०:१५
काठमाडौं । गायक प्रताप दास र गायिका रोजिना बस्नेतको मस्त जवानी बोलको गीतको म्युजिक भिडियो रिलिज गरिएको छ । समाजसेवी भोला नाथ पाठकको शब्द सिर्जना रहेको...
मंसिर १९ गते, २०८१ - १९:३४
काठमाडाैं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ४० देखि ५० वर्षका लागि प्रभावकारी हुने शिक्षा नीति तय गर्नुपर्नेमा जोड द...
मंसिर १९ गते, २०८१ - १९:२९
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले यस वर्ष ५०औँ वर्ष अर्थात स्वर्ण दीक्षान्त समारोह मनाउँदै छ । समारोह आगामी पुस १३ गते त्रिपुरेश्वरस्थित दशरथ रङ्गशा...
मंसिर १९ गते, २०८१ - १९:२३
काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देल चार दिने भारत भ्रमणमा जाने भएका छन् । उनी मंसिर २६ गतेदेखि २९ गतेसम्म भारत भ्रमणमा जाने भएका हुन् । भारतका...
मंसिर १९ गते, २०८१ - १९:१८
पेरिस । इरानी नोबेल शान्ति पुरस्कार विजेता नर्गिस मोहम्मदीको चिकित्सा आधारमा तेहरानको जेलबाट तीन हप्ताका लागि अस्थायी रिहाइ अपर्याप्त रहेको उनको परिवा...
प्रतिकृया लेख्नुहोस्: