Khabar Dabali १३ फाल्गुन २०८२ बुधबार | 25th February, 2026 Wed
Investment bank

ह्वाइट हाउसको ‘चिफ अफ स्टाफ’ मा विल्सको चयनसँगै ट्रम्पको पहिलो नियुक्ति

खबरडबली संवाददाता

वासिङ्टन । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतिमा निर्णायक विजय हासिल गरेपछि बिहीबार मन्त्रिमण्डलका पहिलो सदस्यको नियुक्तिको घोषणा गरेका छन् । 

उनले रूसी नेता भ्लादिमिर पुटिनसँग कुरा गरेर निवर्तमान प्रशासनको नीतिलाई तोड्ने आफ्नो मनसाय रहेको सङ्केत गरेका छन् । अमेरिकी राष्ट्रपति निर्वाचित ट्रम्पले आफ्नो चुनावी अभियानका व्यवस्थापक सुसी विल्सलाई ह्वाइट हाउसको ‘चिफ अफ स्टाफ’को रूपमा काम गर्नेगरी जिम्मेवारी तोकेका छन् । ट्रम्पले पहिलो नियुक्तिमा उच्च ओहोदाको जिम्मेवारीमा महिला सहयोगी छान्दै आफूलाई महिलामैत्री प्रमाणित गर्न खोजेका छन् । 

डेमोक्र्याटिक नेता तथा अमेरिकी वर्तमान उपराष्ट्रपति कमला ह्यारिसलाई  पराजित गर्ने ट्रम्पको विजयले चुनावको दुई दिनमा नै र ह्वाइट हाउस फर्कनुभन्दा साढे दुई महिना अघि नै अमेरिकी र विश्व राजनीतिमा तरङ्ग पैदा गरेको छ । रूसी राष्ट्रपति पुटिनले गत जुलाईमा एक र्‍यालीमा हत्याको प्रयासपछि ट्रम्पले आफूलाई सम्हाल्ने तरिकाका लागि ’साहसी’ भएको भन्दै प्रशंसा गरेका थिए । अरबपति ट्रम्पले पछि एनबीसी न्यूजसँग भनेका थिए, “मैले मलाई वर्षौंदेखि बारम्बार प्रशंसा गर्दै आएका पुटिनसँग ऐलेसम्म कुरा गरेकाे छैन । “मलाई लाग्छ हामी कुरा गर्नेछौँ ।”

सन् २०२२ मा रूसले युक्रेनमाथि आक्रमण गरेयता बाइडेन र पुटिनबीच कायम रहेको चिसो सम्बन्धबाट यो भूकम्पीय परिवर्तन हो र ट्रम्पले किएभलाई अमेरिकी समर्थनको आलोचना गरेको छ । राष्ट्रपति ट्रम्पले यसअघि उक्त द्वन्द्वमा शान्ति सम्झौता गर्ने बताएका थिए तर युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार ट्रम्पसँग कुरा गर्दै युद्धविरामको आह्वान ’खतरनाक’ भएको बताएका थिए । 

चिनियाँ राष्ट्रपति सी चिनफिङ यसअघि ट्रम्पलाई बधाई दिने विदेशी नेताहरूको सूचीमा सामेल भइसकेका छन् । ह्यारिसले चुनाव अभियानका क्रममा तानाशाहसँग धेरै मित्रवत् व्यवहार गरेको भन्दै आलोचना गरेकी थिइन । ट्रम्पले कागजातविहीन आप्रवासीलाई सामूहिक रूपमा देशनिकाला गर्ने आफ्नो योजनालाई दोब्बर बनाउँदै यसको ‘कुनै विकल्प नभएको’ र ‘कुनै मूल्य ट्याग’ हुन नसक्ने एनबीसीसँग बताए । ट्रम्पले फ्लोरिडास्थित आफ्नो रिसोर्टमा आफ्नो ट्रान्जिसन टिममा काम गर्न थालेपछि बाइडेनले शान्तिपूर्ण र ‘व्यवस्थित’ तरिकाले सत्ता हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएका थिए । 

सन् २०२० को चुनावमा ट्रम्पले आफ्नो पराजय स्वीकार्न इन्कार गरेको भए पनि यसको विपरीत ८१ वर्षीय अमेरिकी राष्ट्रपति बाइडेनले अमेरिकीहरूलाई ‘तापक्रम घटाउन’ आग्रह गरेका थिए । डेमोक्र्याट नेताले ट्रम्पलाई ह्वाइट हाउसमा वार्ताका लागि निमन्त्रणा गरेका थिए । तर बाइडेनका प्रवक्ताले भने ट्रम्पको टोलीले कानुनी सङ्क्रमण प्रक्रिया सुरु गर्न अनुमति दिने महत्त्वपूर्ण दस्तावेजमा हस्ताक्षर नगरेको बताए । 

ह्वाइट हाउसको रोज गार्डेनबाट सम्बोधन गर्दै बाइडेनले डेमोक्र्याटहरूलाई आशा नगुमाउन आग्रह गर्दै एकताका लागि आह्वान गर्दै भने, “नबिर्सनुहोस्, हारको अर्थ हामी पराजित हुनु होइन ।” यद्यपि बाइडेनले आफ्नो उमेरको बावजुद दोस्रो कार्यकालका लागि चुनाव लड्ने प्रारम्भिक निर्णय, जुलाईमा अन्तिम समयमा पद छोड्नुअघि र उपराष्ट्रपति ह्यारिसलाई बागडोर सुम्पिनुभन्दा पहिले नै पार्टीमा औंला उठिसकेको छ । 

ह्वाइट हाउसले बाइडेनलाई कुनै पछुतो नभएको बताएको छ । प्रेस सचिव करिन जीन पियरेले भने, “उहाँले त्यो समयमा यो सही निर्णय हो भन्ने विश्वास गर्नुभएको थियो ।” धाँधली, दुई महाभियोग र ७८ वर्षको उमेरमा सबैभन्दा बढी उमेरका निर्वाचित राष्ट्रपति भएको तथ्यका बाबजुद ट्रम्पको निर्वाचनले बाइडेनको कार्यकालबाट परिवर्तनको लागि मतदाताहरूको चाहनालाई प्रतिबिम्बित गर्दछ । 

अर्थतन्त्र र आप्रवासी समस्यालाई लिएर व्यक्त भएका मतदाताको चिन्ताले ट्रम्पको जितलाई प्रेरित गरेको छ । ट्रम्पको पहिलो क्याबिनेट चयन वाइल्सलाई उनको टोलीमा व्यापक समर्थन प्राप्त छ र बुधबार बिहान उनको विजय भाषणको क्रममा विशेष गरी स्टेजमा बोलाइएको थियो । ट्रम्पले फ्लोरिडाका ६७ वर्षीय स्टिलीवासी सुसीबारे भने, “सुसी कडा, स्मार्ट, नयाँ हुनुहुन्छ, विश्वव्यापी रूपमा उहाँलाई प्रशंसा र सम्मान छ । सुसीले अमेरिकालाई फेरि महान् बनाउन अथक प्रयास जारी राख्नुहुनेछ ।”

ट्रम्प २.० प्रशासनमा स्थानका लागि अन्य अग्रगामीहरूले यसले लिने विघटनकारी आकारलाई प्रतिबिम्बित गर्दछ । ट्रम्पले स्वास्थ्य सेवामा ‘ठूलो भूमिका’ निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ र खोप विरोधी आन्दोलनका एक प्रमुख व्यक्ति रोबर्ट एफ केनेडी जुनियरले बुधबार एनबीसी न्यूजसँग भने, “म कसैको खोप लगाउने अधिकार खोस्ने छैन ।”

तर पूर्व स्वतन्त्र उम्मेदवारले ट्रम्प प्रशासनले सार्वजनिक पानीको आपूर्तिमा फ्लोराइडको मात्रा नियन्त्रणका लागि सिफारिस गर्ने दोहोर्‍याए । दक्षिणपन्थी स्पेसएक्स, टेस्ला र एक्सका प्रमुखले उत्साहपूर्वक ट्रम्पलाई समर्थन गरेपछि विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्क पनि सरकारी फोहोरको लेखापरीक्षण गर्ने काममा सहमत हुनसक्ने बताइएको छ । ट्रम्पले बाइडेनद्वारा हस्ताक्षरित धेरै नीतिहरूलाई उल्ट्याउने अपेक्षा गरिएको छ । रासस/एएफपी

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE