Ntc summer Offer
Khabar Dabali ११ पुष २०८१ बिहीबार | 26th December, 2024 Thu
Investment bank

युक्रेनी अपार्टमेन्टमा भएको रूसी आक्रमणमा परी २५ जना घाइते

खबरडबली संवाददाता

युक्रेन । युक्रेनी सहर खार्किभको एउटा अपार्टमेन्टमा भएको रूसी क्षेप्यास्त्र प्रहारबाट कम्तीमा २५ जना घाइते भएका छन् ।

मेयर टेरेखोभले टेलिग्राममा जनाए अनुसार १२ तले आवासीय भवनमा भएको रूसी आक्रमणले पहिलो र तेस्रो तलालाई आंशिक रूपमा क्षतिग्रस्त बनाएको र यसबाट कम्तीमा २५ जना घाइते भएका खार्किभका मेयर इगोर टेरेखोभले शुक्रबार बताए । आक्रमणमा फसेकाहरूको उद्धार कार्य जारी रहेको तथा घाइतेको सङ्ख्या अझै बढ्न सक्ने जनाउँदै हालसम्म २५ जना घाइतेको पुष्टि भएको जनाए । 

युक्रेनी राष्ट्रपतिको चिफ अफ स्टाफ एन्ड्री यरमाकले रूसले जानाजानी अपार्टमेन्टमा प्रहार गरेको आरोप लगाउँदै रूसीहरूले साना तथा ठूला मिसाइलले किएभमा आक्रमण गरिरहेको जनाए । किएभको सैन्य कार्यालयले राजधानीमा क्षेप्यास्त्र आक्रमणलाई विफल पार्न मिसाइल प्रतिरोधी प्रणालीको प्रयोग भइरहेको जनाएको छ । 

यस क्षेत्रका गभर्नर ओलेग किपरले ड्रोनले देशको दक्षिणमा रहेको ओडेसा र यसको उपनगरहरूमा पनि प्रहार भएको  र आक्रमणबाट कम्तीमा दुई जना घाइते भएको बताए । युक्रेनी अधिकारीहरूका अनुसार बिहीबार किएभलाई लक्षित गरी गरिएको अर्को रूसी ड्रोन आक्रमणले दुई जना घाइते हुनुका साथै भवनहरू क्षतिग्रस्त भएका थिए भने धेरै जिल्लामा आगो लागेको थियो । रूसले सन् २०२४ फेब्रुअरीदेखि नै ड्रोन र मिसाइलले  युक्रेनको राजधानीलाई लक्षित गरी आक्रमण गरेको छ । 

पछिल्लो समयमा युक्रेनी अधिकारीहरूले रूसी हवाई आक्रमणहरू रोक्नका लागि आफ्ना सहयोगीहरूबाट हवाई रक्षा प्रणालीलगायतका सहयोगको अपेक्षा गरिरहेका छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलालीमा सुनचाँदीका गहनासहित दुई जना पक्राउ

कैलाली । कैलालीमा सुनचाँदीका गहनासहित दुई जना पक्राउ परेका छन् । बाजुरा बुढीगंगा नगरपालिका १० बस्ने २५ वर्षीय सुजन शाही र कैलालीको लम्कीचुहा नगरपालिका...

पर्साकाे एक मुसहर बस्तीमा न्यानो कपडा वितरण

पर्सा । पर्साको सखुवाप्रसौनी गाउँपालिका -३, कौवाबन र कटैया गाउँका मुसहरबस्तीमा न्यानो कपडा वितरण गरिएको छ । अमर क्षेत्री फाउन्डेसनले मुसहरवस्तीमा कम्ब...

लम्बियो कांग्रेसको सय दिने विशेष अभियान

काठमाडौं । नेपाली कांग्रेसले सय दिने विशेष अभियानको समयावधि थप्ने भएको छ । बाढी पहिरो, चाडपर्व, उपनिर्वाचन लगायत कारणले कार्यसम्पादन हुन नसेकका जिल्ला...

शुक्लाफाँटा निकुञ्जको नौ सय बिघा जग्गा भारतीयकाे कब्जामा

कञ्चनपुर । कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सयौँ बिघा जमीन तीन दशकदेखि भारतीयको कब्जामा परेकाे छ ।शुक्लाफाँटा निकुञ्जको नौ सय बिघा जमीन भ...

सहकारीले सदस्यलाई एम्बुलेन्स सेवामा ५० प्रतिशत छुट दिने

मुगु । मुगुको छायानाथ बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना सदस्यहरूलाई एम्बुलेन्स सेवामा ५० प्रतिशत छुट दिने भएको छ । मंगलबार आयोजित १०औं साधारण स...

भव्यताका साथ मनाइयो ‘क्रिसमस डे’

काठमाडौं । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज क्रिश्चियन समुदायले क्रिसमस डे भव्यताका साथ मनाएका छन् । विभिन्न चर्च र मण्...

नेपाललाई ब्याडमिन्टनमा एक कांस्य

काठमाडौं । योनेक्स सनराईज नेपाल इन्टरनेशनल ब्याडमिन्टन च्यालेन्ज–२०२४ मा नेपालको यात्रा एक कांस्यमा सिमित भएको छ । राष्ट्रिय खेलकुद परिषद्को कभर्ड ...

व्यावसायिक पशुपालनबाट वार्षिक १२ लाख आम्दानी

रामपुर । रामपुर नगरपालिका–५ सानीअमराईका पुरुषोत्तम ढुङ्गानाले पशुपालन व्यवसायबाट वार्षिक रु १२ लाख आम्दानी गर्दै आएका छन् । उनले गाउँमा कृषि कर्मबाट स...

अहिलेकाे सरकारलाई असफल हुने छुट छैनः स्वास्थ्यमन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले मुलुकका दुई ठुला पार्टी मिलेर बनेको सरकारलाई असफल हुने छुट नभएको बताएका छन् । बुधबार काठमाडौं...

एमालेबाट भीम रावल आउट, विन्दा र उषाकिरण ६ महिनाकाे लागि निलम्बन

काठमाडाैं । नेकपा एमालेले पूर्व उपाध्यक्ष भीम रावललाई पार्टीकाे पार्टी सदस्यबाट हटाउने निर्णय गरेकाे छ । एमालेकाे बुधबार बसेको सचिवालय बैठकले रावललाई ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy